Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

विकासको पहिलो पूर्वाधार अझै सडक नै हो: मुख्यमन्त्री कँडेल

खबरडबली संवाददाता

सुर्खेत । राष्ट्रिय राजमार्गले छुन नसकेको कर्णालीमा विकासको पहिलो पूर्वाधार सडक नै भएको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताएका छन् । 

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आज मन्त्रालयमा गरेको कार्यक्रममा  उनले कर्णाली र भेरी करिडोर निर्माणाधीन रहेको जानकारी दिए । कर्णाली प्रदेश सरकारको मुख्य प्राथमिकता सडक नै रहेको उनले स्पष्ट पारे । 

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतका सबै जिल्लाका कार्यालय प्रमुख तथा अधिकारीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले होटलबाट योजना वितरण भन्ने समाचार आगामी दिन सुन्न नपरोस् भन्दै सचेत गराए । कर्णालीका जनताले सहज र ढुक्कसँग यात्रा गर्न नपाएकाले अब त्यस्ता समस्या पार गर्नुपर्ने उनको भनाइ छ ।

सबै निर्माण व्यवसायीको आचरण खराब नभएको बताउँदै बजेट निर्माणमा ध्यान नदिँदा विकास निर्माणका काम अलपत्र परेको उनको जिकिर थियो । अहिले बजेट सुनिश्चित भएका योजनामा निर्माण व्यवसायी र कार्यालय प्रमुखले सहकार्य गरेर निकास निकाली काम गर्न निर्देशन दिए । 

जनताले निवेदन बोकेर मन्त्रालय धाउने परिस्थितिको अन्त्य गर्न उनको निर्देशन छ । बजेट कम खर्च गरी बजेट बचाएर कर्णालीको विकास नहुने भौतिक पूर्वधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले बताए । 

उनले कार्यालय प्रमुखले जिल्लामा गएर सर्वदलीय सर्वपक्षीय छलफल गरी जनताले बुझ्ने गरी योजनाका बारे जानकारी गराउनुपर्ने र योजना सम्पन्न गर्न आग्रह गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रहरी प्रधान कार्यालय स्थित विशेष ब्यूरोका डीआईजी डा.केसीको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालय स्थित विशेष ब्यूरोका डीआईजी डा.मनोज केसीलाई सरुवा गरिएको छ । डा.केसीलाई ब्यूरोबाट हटाएर राष्ट्रिय प्रहरी प्रशिक्षण प...

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन संविधान संशोधन: नेता निधि

भक्तपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन आमसहमतिका आधारमा संविधान संशोधन गरिने बताए । बयालिसौ...

योजना सञ्चालनमा ढिलाइ नगर्न मधेसका मुख्यमन्त्रीको निर्देशन

महेन्द्रनगर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकार सञ्चालन भइरहँदा विगतमा भएका त्रुटि तथा कमी कमजोरीबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताएका छ...

पार्टीलाई बलियो बनाउन वैचारिक शक्ति एक हुन आवश्यक छ : आचार्य

चितवन । नेपाली कांग्रेसका नेता महेश आचार्यले कांग्रेसभित्र गुट–उपगुट हाबी हुँदा पार्टी अहिलेको अवस्थामा आएको बताएका छन् । प्रजातान्त्रिक विचार समाज चि...

स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित

काठमाडौं । जारी पेरिस ओलम्पिकमा नेपालका टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित भएका छन् । श्रेष्ठ पहिलो चरणको खेलमा सेनेगलका इ...

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन

कास्की । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण तथा प्रविधिसहितको दन्त उपचार सेवा सञ्चालनमा आएको छ । दन्त विभागमा अस्थायी–स्थायी रूपमा ...

फोहोरबाट आम्दानी गर्ने योजना बनाउँदै व्यास नगरपालिका

तनहुँ । तनहुँको व्यास नगरपालिकाले खेर गइरहेको फोहोर व्यवस्थापनबाट आम्दानी गर्ने योजना अघि बढाएको छ । पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित...

फ्रान्समा रेल सेवा प्रभावित, आक्रमणकारीको खोजी जारी

काठमाडौं । शुक्रबार फ्रान्सेली रेल नेटवर्कमा भएको आक्रमणका कारण फ्रान्समा रहेका १० मध्ये ३ उच्च गतिको रेल शनिबार पनि प्रभावित भएका छन् ।  फ्रान्सको...

केराबारीमा त्रिशुलीमा हराइरहेको बस फेला परेको आशंका, सुरक्षाकर्मी पुग्दै

चितवन । चितवनको केराबारीमा त्रिशुलीमा हराइरहेको बस फेला परेको आशंका गरिएको छ । स्थानीयले रातो रंगको बस देखेको भन्दै प्रहरीलाई खबर गरेपछि अहिले सशस्त्र...

२०५० सम्ममा इटालीको जनसंख्या चार मिलियनले घट्ने

एजेन्सी । इटालीको कुल जनसङ्ख्या २०५० सम्म करिब ४० लाखले घटेर पाँच करोड ४० लाख पुग्ने स्ट्याटले जनाएको छ । देशको राष्ट्रिय तथ्याङ्क संस्थान (स्ट्याट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy