कर्णाली । नेपाली कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको आज बसेको बैठक स्थगित भएको छ ।
प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको तेस्रो बैठक स्थगित भएको हो । बैठकको सुरुमै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य सुरेश अधिकारीले चालु आव २०८०/८१ का लागि सार्वभौम सदनले पारित गरेका योजना कार्यान्वयन ल्याउनभन्दा सरकारले रोकेको जनाउँदै विरोध जनाए ।
उनले भने, “रु १५ लाखका योजना जिल्लामा लगत अनुमान भई कार्यान्वयनका लागि सम्झौता गर्दासमेत रोकिएका छन् । रातो किताब आएका योजना के–कति कारणले रोकिएका हुन् ? सरकारले स्पष्ट कारणसहितको जवाफ दिनुपर्छ ।”
धेरै जसो जिल्लामा सहमति बेगर पनि रु १०–१५ लाखका सञ्चालन भएर सम्पन्न भइसकेको तर भद्र सहमति कार्यान्वयनमा नआएको भन्दै सदस्य अधिकारीले सार्वभौम सदनबाट पारित भई स्रोत सुनिश्चितता भएका र रातो किताबमा आएका योजना कार्यान्वयनमा ल्याउन सरकारलाई आग्रह गरे ।
रातो किताब आएका तर अहिले अगाडि बढ्न नदिएका योजना सञ्चालन नहुन्जेल र कांग्रेसले राखेका माग सरकारले यथाशीघ्र सम्बोधन नगरेसम्म सदनका काम कारवाही अगाडि बढ्न नदिने अडान राखेर सभा अवरुद्ध गरेपछि सभामुख नन्दा गुरुङले आजको बैठक स्थगित भएको जानकारी गराइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: