भक्तपुर । भक्तपुर अस्पतालले १० दिनमा २१ जनाको निःशुल्क पाठेघरको शल्यक्रिया गरेको छ । पाठेघर खस्ने समस्या भएका तर उपचारको पहुँचसम्म नआएका महिलालाई लक्षित गर्दै अस्पतालले निःशुल्क उपचार एवम् शल्यक्रिया सुरू गरेको अस्पतालका निर्देशक डा सुमित्रा गौतमले जानकारी दिइन ।
निःशुल्क उपचार गरिएकामध्ये १८ जना सिन्धुपाल्चोक र बाँकी सिन्धुली, काभ्रेपलाञ्चोकलगायत जिल्लाका रहेका उनले जानकारी दिइन । भक्तपुरका ग्रामीण भेग र अन्य जिल्लाबाट पनि बिरामी आउनेक्रम जारी रहेको जानकारी दिँदै उनले महिलालाई रोग लुकाएर नबस्न र उपचारका लागि आउन आह्वान गरिन । डा गौतमले भनिन्, “पाठेघर खस्ने समस्या लिएर आएका महिलामा धेरै पीडा लुकेको पाइँयो, केहीले रोग भन्न नसकेर बसे पनि धेरैले आर्थिक अभावका कारण शल्यक्रिया गर्न नसकेको गुनासो गर्ने गरेको छन् । अब पैसा नभएकै कारण उपचार रोकिँदैन, हामी निःशुल्क उपचार गर्छौँ । यहाँ आएका जुनसुकै क्षेत्रका महिलाले निःशुल्क उपचार एवम् शल्यक्रिया सेवा पाउँछन् ।”
अस्पतालले बिरामीको पाठेघरको परीक्षण, ल्याब परीक्षण, शल्यक्रिया, अस्पतालमा रहेसम्म बिरामी र एकजना कुरुवालाई निःशुल्क खाना र बस्ने व्यवस्था गर्नुका साथै घर फर्कदा यातायात खर्चबापत रु एक हजार दिएर पठाउने गरेको छ ।
सङ्घीय सरकारबाट प्रदेश सरकार स्वास्थ्य निर्देशनालयमार्फत आउने बजेटबाट खर्च समायोजन गर्ने गरी पाठेघरको निःशुल्क उपचार एवम् शल्यक्रिया अभियान सुरू गरिएको जनाइएको छ । यो भियान असार मसान्तसम्म चल्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: