Khabar Dabali २४ जेष्ठ २०८३ आईतवार | 7th June, 2026 Sun
Investment bank

पर्सामा आइतबारदेखि पोलियोविरुद्धको खोप लगाइने

खबरडबली संवाददाता
वीरगञ्ज । जिल्लामा आइतबारदेखि पहिलो चरणअन्तर्गत पोलियोविरुद्धको (आइपिभी) खोप अभियान सञ्चालन हुँदैछ । जिल्लास्तरीय खोप समन्वय समिति सचिवालयले तीन चरणमा गरी जिल्लाका ३१ हजार आठ सय १२ जना बालबालिकालाई आइपिभी खोप लगाउने तयारी भएको जनाएको छ ।
 
आइपिभी खोपको विश्वव्यापी अभाव हुँदा विसं २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिका सो खोपबाट बञ्चित हुनुपरेको थियो । सो अवधिमा जन्मिएर खोप लगाउन छुटेका बालबालिकामा पोलियो लाग्ने जोखिम रहने भएकाले उनीहरुलाई लक्षित गरी अभियान देशव्यापीरुपमा अघि बढाउन लागिएको हो । 
 
जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण श्रेष्ठले २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएर आइभिपी खोप लगाउन बञ्चित रहेका बालबालिकालाई लक्षित गरेर अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । “तत्कालीन समयमा विश्वव्यापीरुपमा आइभिपी खोपको अभाव भएकाले धेरै मुलुकका बालबालिका खोपबाट बञ्चित हुनुप¥यो”, उनले भने, “सो अवधिमा जन्मिएका, खोप लगाउन छुटेका बालबालिकालाई अभियानमा सहभागी गराउन अभिभावकलाई अनुरोध गर्दछौँ ।”
 
कार्यालयका जनस्वास्थ्य अधिकृत मोदप्रसाद ठाकुरले आइपिभी विशेष गरेर बालबालिकाको दायाँ पाखुराको माथिल्लो भागमा मासुभित्र शून्य दशमलव पाँच मिलिलिटरको मात्रा दिनुपर्ने जानकारी दिए। “आइपिभी खोप ढुवानी तथा भण्डारण दुई डिग्री सेल्सियसदेखि आठ डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ”, उनले भने, “पोलियोविरुद्धको खोप दुई प्रकारका छन् । मुखबाट खुवाइने ९ओपिभी० र सुईबाट दिइने आइपिभी हुन् ।”
 
जनस्वास्थ्य अधिकृत ठाकुरले पर्सामा खोप अभियान तीन चरणमासञ्चालन गरिने बताए। “खोप लगाउन छुटेका उमेरसमूहका बालबालिकालाई तीन चरणको अभियानमा सहभागी गराउने गरी तयारी गरेका छौँ”, उनले भने।
 
खोप समन्वय समिति सचिवालयका अनुसार पहिलो चरणमा जेठ १३ गतेदेखि १६ गतेसम्म वीरगञ्ज महानगरपालिका–१ देखि वडा नं १६ सम्म, बहुदरमाई नगरपलिकाका साथै विन्ध्वासिनी, पकहामैनपुर, छिपहरमाई, कालिकामाई, धोविनी र ठोरी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिनेछ । 
 
दोस्रो चरणमा पोखरिया र पर्सागढी नगरपालिका तथा जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकामा अभियान सञ्चालन हुनेछ । तेस्रो चरणमा जेठ २३ गतेदेखि २६ गतेसम्म वीरगञ्ज–१७ देखि ३२ नं वडा क्षेत्रमा खोप लगाइने जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार तीनै चरणमा भवानी अस्पताल लिङ्करोड र वीरगञ्ज हेल्थ केयर अस्पताल बहुअरीमा खोप लगाइनेछ । 
 
खोप अभियानमा सात सय आठ जना खोप कार्यकर्ता, स्वयंसेवक एक हजार चार सय १६ जना खटिनेछन् । त्यसैगरी एइएफआई एक सय १२ जना स्वास्थ्यकर्मीका साथै नारायणी अस्पतालका तीन जना चिकित्सक पनि तयारी अवस्थामा रहने ठाकुरले बताए।
 
जिल्ला खोप समन्वय समितिका अध्यक्ष नीरञ्जनप्रसाद सोनारले खोप अभियानमा कुनै पनि प्रकारको त्रुटि र कमजोरी नगर्न स्वास्थ्यकर्मी, खोप कार्यकर्ता, स्वयंसेवकलाई अनुरोध गरे। “सचिवालयले अभियानको सुक्ष्मरुपमा अनुगमन गर्नेछ । अनुगमनका क्रममा कुनै त्रुटि वा कमजोरी भेटिएमा तत्कालै कारबाहीको सिफारिस सङ्घीय तथा प्रदेश मन्त्रालयमा पठाइनेछ”, उनले भने।
 
अभियानलाई स्वच्छ, सुरक्षित र भरपर्दो ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिँदै अध्यक्ष सोनारले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा लगी खोप लगाउने कार्यमा सहयोग गर्न अभिभावकलाई अनुरोध गरे। मधेस प्रदेशमा दुई लाख ९२ हजार नौ सय ५९ जनालाई सो खोप लगाउने लक्ष्य राखिएको छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईश्वरी भुजेल मृत्यु प्रकरण : ‘नेपाली ब्रो’सहित थप तीन जना पक्राउ

काठमाडौं । नेपाली सेनामा कार्यरत ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। यसअघि उनका श्रीम...

अत्यधिक गर्मीमा पनि टिनको छानामुनि पढ्न बाध्य बालबालिका

नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै का...

रास्वपाको जिल्ला अधिवेशन आजदेखि, ६६ जिल्लामा संगठन विस्तार अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...

एसीसी महिला प्रिमियर कपमा आज नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...

आज डलर कति पुग्यो? यस्तो छ विदेशी मुद्राको नयाँ दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...

पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’को सम्पादकमा नियुक्त

काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...

समानुपातिक सूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अनिवार्य गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...

काेशीमा ४ करोड र २ करोडको बजेट सीमा, किन बन्यो विवादको केन्द्र?

विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...

एमालेमा पराजयपछि बढ्दो असहमति : नेतृत्व, पुनर्गठन र यथार्थबीचको टकराव

काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...

बीपी राजमार्गमा सवारी सञ्चालनको समय हेरफेर

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending