गोरखा । नेपालको प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि सवा लाख रोट महोत्सव सुरु भएको छ ।
विश्व शान्तिको कामनासहित सिद्धाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित २१औँ सवा लाख रोट महोत्सव सुरु भएको हो । रोटलाई गुरु गोरखानाथको मनपर्ने खाद्यपरिकारको रुपमा लिइन्छ । ११ दिनसम्म चल्ने महोत्सवको उद्घाटन कार्यक्रमको अवसरमा सदरमुकामको हरमटारी चोकदेखि गोरखा दरबारस्थित गोरखानाथ गुफासम्म कलश तथा रथयात्रा निकालिएको सिद्धाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले जानकारी दिए ।
त्यस्तै स्थानीय कला, संस्कृति र पहिचान झल्कने खालका झाँकीसहितको र्याली समेत निकालिएको उनको भनाइ छ । ‘‘गोरखानाथको मन्दिरमा रोट दैनिक रुपमा चढाउने प्रचलन रहेपनि गएको २१ वर्षदेखि यसलाई महोत्सवको रुपमा अगाडि बढाउन थालिएको छ, उनले भने, ‘‘महोत्सव अवधिभर गोरखनाथलाई सवा लाख रोट चढाउने गरिन्छ ।’’
गोरखनाथ पृथ्वीमा पहिलोपटक गोरखाको पवित्रस्थल गोरखानाथ गुफामा प्रकट भएको विश्वास रहेकाले गोरखाको गोरखनाथ मन्दिरमा रोट चढाउने प्रचलन रहदै आएको छ । ‘‘चामलको पिठो, नरिवल, ल्वाङ, अलैँची, चिनी लगायतका ५२ प्रकारका मसला ध्यूमा मिसाएर ध्यूमा पकाइन्छ, संयोजक अकेलाले भने, ‘‘सानो आकारमा तयार गरिने रोट नाथ प्रजातीका व्यक्तिले शुद्ध भएर मन्त्र जप गरी बिचको भागमा उठाएर बनाइएको हुन्छ ।’’
तत्कालीन नेपाल एकीकरणका समयमा पृथ्वीनारायण शाहले आफ्ना सेनालाई प्रसादको रुपमा एउटा रोट र एकमाना पानी खुवाएपछि भोक नलागेको र लामो समय लडाइ लड्न सकेको भन्ने भनाइ छ ।
त्यसैले रोटलाई शक्ति प्रवर्द्धन खाद्य परिकारको रुपमा लिइन्छ । महोत्सवमा आउने धार्मिक पर्यटकका लागि आयोजकले नै खाने, बस्ने व्यवस्था मिलाएको उनले बताए । यसपटक करिब ४० हजारभन्दा बढी धार्मिक पर्यटक महोत्सवमा सहभागी हुने अनुमान गरिएको छ । महोत्सव सम्पन्न गर्न रु २१ लाख खर्च लाग्ने संयोजक अकेलाले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: