Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

कञ्चन क्याम्पसका विद्यार्थीलाई दुनाटपरी बनाउने तालिम

खबरडबली संवाददाता

कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ गुलरीयामा रहेको कञ्चन बहुमुखी क्याम्पसका विद्यार्थीहरु दुनाटपरी बनाउने कार्यमा निपुण भएका छन् । विद्यार्थीहरुले दुई दिने तालिम लिएर दुनाटपरी बनाउने सीप सिकेका हुन् । 

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सामुदायिक वन समन्वय समितिले विद्यार्थीलाई दुनाटपरी बनाउने तालिम प्रदान गरेको छ । बुधबार र बिहीबार गरी दुई दिन जीवन उपयोगी शिक्षाका लागि तालिम प्रदान गरिएको सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताए । 

“प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गरी वातावरण संरक्षणमा टेवा पुर्‍याउनका लागि विद्यार्थीलाई सीप सिकाएका छौँ”, उनले भने, “तालिममा सहभागी ६० बढी विद्यार्थीले दुनापटरी बनाउने सीप सिकेका छन् ।”

तालिमका क्रममा सिकेको सीपलाई व्यवहारमा उतारी आयआर्जन गर्ने योजना रहेको तालिममा सहभागी विद्यार्थी सङ्गीता चौधरीले बताइन । “दुनाटपरीको प्रयोगले वातावरणलाई बिगार्दैन” उनले भनिन्, “वन क्षेत्रमा निःशुल्क रुपमा सालाका पात पाइने गरेका छन, खेर गइरहेका पातहरुको प्रयोग गरी दुनाटपरी निर्माण गरी बिक्री गरेर आएको पैशाले क्याम्पसको खर्च धान्न सकिन्छ, अभिभावकसँग सधैं पकेट मनी, शैक्षिक सामग्री खरिदका लागि पैशा माग्न हात थाप्नु पर्दैन ।”

सुदूरपश्चिम प्रदेश सभाका पूर्वसदस्य रहेका जोशी स्थानीयस्तरमै निर्माण हुने दुनाटपरीको बजार प्रवर्द्धनमा जुटेका छन् । “दुनाटपरीको प्रयोग सुदूरपश्चिममा वर्षौदेखि हुँदै आएको छ”, उनले भने, “यसलाई व्यवसायीकरण गर्न नसक्दा स्थानय बासिन्दाको आयस्तरमाथि उठाउन सकिएको छैन ।” विवाह, ब्रतबन्ध, भोजभतेर, धार्मिक अनुष्ठानलगायत कार्यमा दुनाटपरीको प्रयोग हुँदै आएको छ ।”

वन क्षेत्रम खेर जाने र डढेलो लागेर जलेर वर्षेनी नष्ट हुने सालका पातलाई सदुपयोग गरी आयआर्जनको माध्यमबाट जीविका धान्ने साधन बनाउनका लागि कार्य अगाडि बढाइएको पूर्वप्रदेशसभा सदस्य जोशीको भनाइ छ । सामुदायिक वनमा आबद्ध महिला दुनाटपरी बनाउने कार्यमा संलग्न रहेको उल्लेख गर्दै उनले विद्यार्थीलाई दुनापटरीको महत्व दर्शाउने कार्यसँगै सीप सिकाएर दक्ष पारिएको बताए । 

“दुनाटपरीको प्रयोगले प्लाष्टिक जस्तो प्रदूषण गर्दैन, कुहेर जान्छ”, उनले भने, “बोक्न पनि सजिलो छ, सस्तो छ, वातावरण संरक्षणमा टेवा पुग्छ ।” “गाउँमा उत्पादन भएका दुनाटपरीलगायत सामग्री सहर बजारमा पुर्‍याएर बेच्नका लागि सहर गाउँ जोड्न चाहान्छौंँ, त्यसैले बजारको खोजतलास गर्दै काठमाडौं, पोखरासम्म दुनाटपरीको महत्व बुझाउँदै पुगेका छौंँ”, उनले भने । 

सामुदायिक वनका दुई सय बढी महिलालाई दुनाटपरी उद्योगमा संलग्न गराइ रोजगारी दिने लक्ष्य रहेको उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending