कैलाली । विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी गरिएको छ ।
अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा घोडाघोडीमा तस्बिर प्रदर्शनी गरिएको पन्छी संरक्षण सङ्घका फिल्ड सहजकर्ता हिरुलाल डगौराले जानकारी दिए । डिभिजन वन कार्यालय पहलमानपुरको आयोजना तथा पन्छी संरक्षण सङ्घको व्यवस्थापनमा गरिएको तस्बिर प्रदर्शनीमा घोडाघोडी क्षेत्रमा पाइने ६५ प्रजातिका चराको तस्बिर प्रदर्शनी गरिएको उनले बताए ।
नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुरी) घोषणा गरिएको घोडाघोडीमा तीन सय ६० प्रजातिका चरा पाइन्छन् । चराहरुको फोटो प्रदर्शनी गर्दा निकै सुुन्दर देखिएको घोडाघोडी नगरपालिकाका नगर प्रमुुख खडक रावतले बताए ।
उनले भने, “चराहरु फोटोमा जति सुुन्दर देखिएका छन् यिनको संरक्षण गरे वास्तविकरुपमा नै हेर्न पाइने छ । फोटो प्रदर्शनीले घोडाघोडीमा रहेका चराको संरक्षण र पर्यटन विकासका लागि टेवा पुुग्ने विश्वास लिइएको छ ।”
चरा संरक्षणप्रति जनचेतना जगाउने फोटो प्रदर्शनी गरिएको डिभिजन वन कार्यालय पहलमानपुुरका डिभिजनल वन अधिकृत राम बिचारी ठाकुुरले बताए । केही समय पहिले पनि घोडाघोडी तालको मिचाह प्रजाति हटाउने कार्य गरेको बताउँदै उनले भने, “घोडाघोडीको संरक्षणमा जनचेतना जगाउनका लागि अन्य कार्यहरु पनि गरिरहेका छौँ ।”
उनले फोटो प्रदर्शनीले आगामी दिनमा चराहरुको संरक्षण गर्नका लागि स्थानीयहरुमा जनचेतना जाग्ने विश्वाससमेत व्यक्त गरे । घोडाघोडी क्षेत्रको जैविक विविधतामा असर नपुुग्ने गरी विकासको ढाँचा ल्याउनुपर्ने प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ धनगढीका निमित्त प्रमुख डबलबहादुुर बोहोराको भनाइ छ । वन ऐनअनुुसार सिमसार क्षेत्र व्यवस्थापनको अधिकार सङ्घीय सरकारलाई रहेको बताउँदै उनले भने, “तीन वटै तहका सरकार मिलेर व्यवस्थापनमा समन्वय गर्नुपर्छ ।”
कार्यक्रममा वन विभागका निर्वतमान सहसचिव श्रीप्रसाद बराल, वसन्ता वन परिषद्का अध्यक्ष पुुष्कलबहादुुर बम, डल्फिन संरक्षण केन्द्रका विजयराज श्रेष्ठ, चरा संरक्षण सञ्जाल कैलालीका अध्यक्ष दयाराम चौधरी, घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चका अध्यक्ष हेम बमले जैविक विविधता र संरक्षणबारे धारणा राखे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: