Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

धरानमा उभौली साकेला मनाइँदै

खबरडबली संवाददाता

सुनसरी । किराँत समुदायको महान् पर्व साकेला उभौली भोलि बिहीबारदेखि सुरु हुने भएको छ । आज किराँत राई यायोक्खा सुनसरी जिल्ला समितिले यायोक्खा भवनमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । 

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिनदेखि किराँत राई समुदायले मनाउने उभौली पर्व धरान सुनसरीको सबै स्थानमा भूमेस्थानमा पूजा आराधना गरी मनाउँदै आएका छन् । किरात समुदायले अन्नबाली लगाउने र चराचुरुङ्गी तथा जनावर बेंसीदेखि लेकतिर लाग्ने समयका साथै अन्नबाली सप्रियोस, रोगव्याधि नलागोस्, प्राकृतिक विपत्ति नपरोस् भन्ने कामनाका साथ साकेला उभौली पर्व मनाउने गरेको वरिष्ठ पत्रकार हर्ष सुब्बाको भनाइ छ । 

विगतमा झैँ यसवर्ष पनि सुनसरी धरान, तरहरा, इटहरी, पकली, प्रकाशपुर, बराहक्षेत्र, भरौल, रामधुनी, चक्रघट्टीलगायतका सबै ठाउँमा बृहत् साकेला नृत्यसहित उभौली मनाइने भएको छ । साकेला उभौली–२०८१ (यलम्बर संवत्–५०८४)का अवसरमा राष्ट्रिय फुटबल खेलाडी प्रीति राईलाई नगद रु एक लाख पाँच हजार र सम्मानपत्रसहित सम्मान गरिने यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताए । 

साथै राष्ट्रिय एथलेटिक्सको कबड्डी प्रशिक्षक पार्वती राई, इन्ञ्जिनियर पारशमणि राई, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख चन्द्रकुमार राई र गोर्खा सैनिक सेवामा एमबिइ उपाधि प्राप्त सुवास राईलाई सम्मान गरिनेछ । 

कार्यक्रम यही जेठ २६ गते धरान उपमहानगरपालिका–१७ साकेला पार्कमा बृहत् साकेला नृत्यसहित समापन हुने सुनसरी किराँत राई यायोक्खाका अध्यक्ष राईले जानकारी दिए । समापनका दिन विभिन्न ठाउँबाट आएका  राईहरुको साकेला सिल्ली चण्डी नाचमध्ये उत्कृष्ट नाच्ने समूहलाई पनि नगद पुरस्कारसहित सम्मान गरिने छ । 

समापन कार्यक्रममा ७० हजारभन्दा बढीको सहभागिता रहने उनको  भनाइ छ । साकेला उभौली चाड विगतका वर्ष जस्तै  भव्यताका साथ मनाउने तयारी गरिएको छ  । जसमा रु आठ लाख ९६ हजार ८४ खर्च हुने अनुमान गरिएको छ । 

उभौली  र उधौलीमा सरकारले राष्ट्रिय बिदासमेत दिने गरेको छ । सरकारले किरात चाड घोषणा गरेपछि उभौली र उधौलीलाई विशेष उत्सवका रुपमा मनाउने गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending