Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्

खबरडबली संवाददाता

काठमाडौं । मुलुकका सङ्घीय अस्पतालमा आएका उपकरणमध्ये १४ प्रतिशत जडान नै नगरिएको पाइएको छ ।

स्वास्थ्य सेवा विभागले लाइफलाइन इन्टरप्राइजेजसँगको सहकार्यमा गरेको ‘नेपालका सार्वजनिक स्वास्थ्य संस्थामा बायोमेडिकल उपकरणको सर्वेक्षण’ सार्वजनिक कार्यक्रममा इन्टरप्राइजेजका अध्यक्ष अञ्जली टिवरिवालले दुई हजार छ सय ४५ स्वास्थ्य उपकरण अझै जडान नगरिएको जानकारी दिइन । 

उनका अनुसार वाग्मती, कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका ११ अस्पतालमा गरिएको सर्वेक्षणमा एक हजार आठ सय २३ उपकरण बिग्रेका छन् । गत कात्तिकदेखि चैतसम्ममा ती अस्पतालमा १९ हजार एक सय ७४ उपकरणको अवस्थाका बारेमा सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा एक हजार ७४ उपकरण राम्रा रहे पनि प्रयोगमा नआएको देखिएको पाइएको सर्वेक्षणका बायोमेडिकल इन्जिनियर भाष्कर रिजालले जानकारी दिए । 

“कोरोना भाइरसको बेला आएका उपकरण अहिले त्यत्तिकै थन्किएर रहेका छन्”, उनले भने, “पहिला कोरोनाकालमा प्रयोग भएका ती उपकरण अहिले बिरामी नभएपछि त्यत्तिकै प्रयोगमा आएका छैनन् ।” यस्तै, सर्वेक्षणमा ती अस्पतालमा रहेका तीन सिटी स्क्यान मेसिन बिग्रेर थन्किएका छन् । 

बायोमेडिकल इन्जिनियर रिजालका अनुसार वीर अस्पताल, नेपाल सशस्त्र प्रहरी वल अस्पताल र कोशी अस्पतालमा रहेका सिटी स्क्यान मेसिन बिग्रेका छन् । ती सिटी स्क्यानका अधिकांशको चार्जर बोर्ड, ब्याट्री, टेबल बिग्रेको उनले बताए । उनले कोशी अस्पतालको सिटी स्क्यान बनाउन धेरै नै खर्च लाग्ने भएकाले नबनाउन आग्रहसमेत गरिएको बताए । 

“कोशी अस्पतालको सिटी स्क्यान पुरानो र मर्मत गरेर सञ्चालन गर्न धेरै खर्च लाग्ने भएकाले नबनाउन सुझाव दिएका छौँ”, उनले भने, “वीर र नेपाल सशस्त्र प्रहरी बल अस्पतालको सिटी स्क्यान चलाएर बिरामीको उपचारमा प्रयोग गर्न सकिन्छ ।”

वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरणको मर्मत गरेर सञ्चालन गर्नका लागि बायोमेडिकल इन्जिनियर नभएको बताए । “हामीले पटक पटक बायोमेडिकल इन्जिनियर चाहियो भनेर सरकारलाई भनेको छौँ”, उनले भने, “तर सरकारले अहिलेसम्म एकजना पनि बायोमेडिकल इन्जिनियर पठाउन सकेको छैन, अहिले हामीले बायोमेडिकल प्राविधिकको सहयोगमा स्वास्थ्य उपकरणको परीक्षण गरिरहेका छौँ ।”

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता मिश्राले सरकारले स्वास्थ्य उपकरणको मर्मतका लागि कम बजेट विनियोजन गर्ने भएकाले मर्मतमा समस्या भएको बताइन । उनले सातवटा प्रदेशमा स्वास्थ्य उपकरण मर्मतका लागि केन्द्र स्थापनाको तयारी भइरहेको जानकारी दिइन । 

विभागको व्यवस्थापन शाखाका निर्देशक डा श्रवण थापाले नचलेका ठाउँका उपकरण चलाउने ठाउँमा पठाउने काम भइरहेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE