Ntc summer Offer
Khabar Dabali १ असार २०८१ शुक्रबार | 14th June, 2024 Fri
NIMB

‘धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएको छ’

खबरडबली संवाददाता

दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्र निर्माण र समृद्धिको यात्रा एमालेको सङ्कल्प भएको बताएका छन् । 

नेत्रलाल पौडेलको ४१औँ स्मृति दिवस तथा एमाले जिल्ला कमिटी दाङको १४औँ जिल्ला अधिवेशनलाई आज  सम्बोधन गर्दै  उनले विगतका कामको समीक्षा गर्दै आगामी कार्यदिशासहित पार्टी नेतृत्व अगाडि बढेको छ भने । 

उनले भने, “नेपाललाई बदल्ने हो भने धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएको छ ।” एमाले पोलिटव्युरो सदस्य शान्ता चौधरी, एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्य, पूर्वराष्ट्रियसभा सदस्य विष्णु पौडेल, लुम्बिनी प्रदेश एमाले सचिव लक्ष्मण आचार्य, नेकपा (माओवादी केन्द्र) दाङका संयोजक हरिमान पुन, एमाले रोल्पा अध्यक्ष अमित बुढालगायतले धारणा राखेका थिए । 

जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राममणि पाण्डेले स्वागत गरेका थिए । दुईदिने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोटाङको बाक्सिलामा हरेक शनिबार श्रमदान

खोटाङ । केपिलासगढी गाउँपालिका-४ बाक्सिलाका स्थानीयबासी  आफ्नो गाउँको सडक आफैँ मर्मत गर्न जुटेका छन् । प्रत्येक टोलमा निर्माण गरिएका सडकमा बाह्रै महिना...

दश जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका १० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहर...

अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी पूरा

काठमाडौं । काठमाडौंको भृकुटीमण्डमा शुक्रबारदेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय पर्यटन मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मेलाको आयोजक समिट इभेन्ट...

गिरीबन्धुमा कांग्रेसले मिथ्या प्रचार गर्यो:ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेट प्रकरणमा मिथ्या प्रचार गरिरहेको आरोप लगाएका छन् ।  बिहीबार भक्तपुरमा आयोजित एमाल...

सांसद प्रदीप पौडेल र बालेनबीच भेटघाट

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बिहीबार भेटघाट भएको छ । भेटघाटमा कांग्रेस स...

गर्मीमा रक्तदान गर्दा कुनै असर गर्दैन: चिकित्सक

नारायणगढ । जिल्लामा केही समययता रगतको अभाव देखिएको छ । भरतपुर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा प्रमोद पौडेलका अनुसार गर्मी बढेसँगै अस्पतालमा बिरामीको...

अब साउनदेखि लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र भए पुग्ने

काठमाडौं । आगामी साउन देखि सवारी चालक अनुमती पत्र लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र भए पुग्ने भएकाे छ । सर्वसाधारणले राष्ट्रिय परिचयपत्रलाई बेवास्त...

जसपाको महाधिवेशन सम्पन्न, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दि...

युक्रेनलाई ५० अर्ब डलर ऋण प्रदान गर्न जी७ इटाली शिखर सम्मेलनमा सहमति हुने

एजेन्सी । रुसी सम्पत्तिहरूबाट भएको नाफाको प्रयोग गरेर युक्रेनका लागि ५० अर्ब डलर ऋण प्रदान गर्न जी७ का नेताहरू सहमत भएका छन् । बिहीबार दक्षिणी इटालीमा...

मोदीको राष्ट्रिय सुरक्षा सल्लाहकारमा डोभल पुन: नियुक्त

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अजित डोभललाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुन: नियुक्त गरेका छन् । त्यस्तै क्याबिनेटको कमिटीले पिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies