काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धरासयी अवस्थाबाट गुज्रिरहेका उद्योगी तथा व्यवसायीका पक्षमा नीतिगत सुधारको एक सुत्रीय अभियानमा लागेको बताएका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासङ्घद्धारा आज यहाँ आयोजित कर्पोरेट परिषद्को प्रथम भेलामा उनले उद्योग व्यवसायको नीतिगत सुधार नभएसम्म समृद्धि नआउने बताए ।
मन्त्री भण्डारीले भने, “उद्योगी व्यवसायीका लागि सरकारले नीतिगत सुधार मात्रै गरे उद्योग व्यवसाय फस्टाउँछ, नीतिगत जटिलताले देशका उद्योग कलकारखाना सञ्चालन गर्न गाह्रो छ, म एक्लै भए पनि एक सुत्रीय अभियान नै बनाएर उद्योगी व्यवसायीका पक्षमा नीतिगत सुधारका लागि लड्छु ।”
निजी क्षेत्रलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले उद्योग मन्त्रालयबाट गर्नुपर्ने कानुन सुधारका कामका लागि सुझाव दिन उद्योगी व्यवसायीसँग माग गरे । उनले भने, “उद्योगी व्यवसायीले सरकारसित धेरै ठूलो केही मागेका छैनन्, केवल नीतिको सुधारको माग छ ।”
उद्योग मन्त्रालय अहिले उद्योग व्यवसाय सञ्चालनका लागि भइरहेका जटिलता हटाउनका लागि विभिन्न ऐन संशोधनमा जुटेको उनले जानकारी गराए । रुग्ण उद्योग सञ्चालनका लागि सरकारले कार्यविधि बनाउन लागेको जानकारी गराउँदै मन्त्री भण्डारीले त्यसका लागि मन्त्रालयमा छलफल भइरहेको बताए ।
उनले खानी तथा खनिजजन्य उद्योग सञ्चालनको अनुमति लिएर सञ्चालनका प्रक्रिया नगरी ओगटेर राख्ने उद्योगलाई छिट्टै मन्त्रालयले खारेजका लागि पहल गर्ने जनाए । मन्त्री भण्डारीले भने, “खानी तथा खनिजजन्य उद्योग सञ्चालनका लागि अनुमति लिइसकेपछि निश्चित अवधि तोकेर सञ्चालनमा नल्याए खारेज गर्न विधि प्रक्रिया आवश्यक छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: