काठमाडौं । भारतको हरियाणामा गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।
कुंडली-मानेसर-पलवल हाइवेको नूंह भन्ने स्थानमा शनिबार बिहान बसमा आगो लागेको पीटीआईले जनाएको छ । ८ जनाको बसभित्रै जलेर मृत्यु भएको भारतीय प्रहरीको भनाई छ । स्थानीयले बसमा आगो लागेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बसमा करिब ६० जना सवार रहेको बताईएको छ । बसका ड्राइभर भागेका छन् । आगो कसरी लागेको भन्ने स्पष्ट भएको छैन ।
प्रतिकृया लेख्नुहोस्: