Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

हात्ती धपाउन झापामा अत्याधुनिक ‘ड्रोन’को प्रयोग

खबरडबली संवाददाता

काठमाडौं । मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरी वन क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले साइरनजडित अत्याधुनिक ड्रोनको प्रयोग गर्ने भएको छ ।

रू १० लाख खर्च गरेर ड्रोन खरिद गरिएको कार्यालयका वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए । उनका अनुसार दुई किलोमिटर वरपरको दृश्य कैद गर्नसक्ने गरी उक्त ड्रोनमा शक्तिशाली क्यामेरा जडान गरिएको छ । ड्रोनको तौल साढे सात किलोग्राम रहेको छ ।

ड्रोनको प्रयोगले जङ्गली हात्तीको अवस्था अनुगमन गर्न र गाउँ पसेको स्थितिमा हात्तीलाई सुरक्षितरूपले जङ्गलतर्फ फर्काउन महत्वपूर्ण सघाउ पुग्ने उप्रेतीले बताए । जङ्गल क्षेत्रमा बढिरहेको वन्यजन्तु चोरी तस्करी नियन्त्रणमा ड्रोन उपयोगी हुने वन कार्यालयको आशा छ ।

ड्रोनलाई मोडिफाइ (परिमार्जन गरेर नाइटभिजन (रातिकोदृश्य) बत्ती र साइरन जडान गरिएको छ । यसलाई रात्रिकालीन अवस्थामा पनि प्रयोग गर्न सकिने बनाइएको उनले जानकारी दिए । उनका अनुसार ड्रोनले बजाउने साइरनको आवाज सुनेर जङ्गली हात्ती धपाउन सजिलो हुनेछ ।

यसअघि कार्यालयले हात्ती धपाउन साइरन जडान गरिएका दुई वटा सवारीसाधनलाई प्रयोगमा ल्याउने गरेको थियो । झापामा हात्तीबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि विद्युतीय घेराबेरा, सुरूङ, टुङ, पटाकालगायत विभिन्न उपाय प्रयोग भइसकेका छन् ।

ती उपायमध्ये विद्युतीय घेराबेरा सबैभन्दा प्रभावकारी देखिएको छ । जिल्लाको उपल्लो बाहुनडाँगीदेखि तल्लो भू–भाग कचनकबलसम्म पछिल्लो समय विद्युतीय घेराबेरा विस्तार भइरहेको छ ।

‘हामीले पहिल्यै ड्रोनको प्रयोग गरेर हात्ती धपाउन औपचारिक परीक्षण गरिसकेका छौँ”, वन डिभिजन कार्यालयका वन अधिकृत उप्रेतीले भने, ‘मेचीनगर नगरपालिका–१४ स्थित दुहागढीमा गाउँ प्रवेश गरेका हात्ती ड्रोनको आवाज सुन्नेबित्तिकै जङ्गलतर्फ भागेका थिए ।’

भद्रपुर नगरपालिका–१ निवासी अनिल प्रधानले बनाएको साइरनजडित ड्रोनले चार वर्षअघि हात्ती धपाइएको थियो । जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर ड्रोन परीक्षण लागि वन कर्मचारीलाई तालिम दिइएको छ ।

ड्रोनमार्फत मानव–हात्ती द्वन्द्व न्यूनीकरण प्रभावकारी सावित भएमा आगामी वर्ष प्रविधियुक्त अर्को ड्रोन खरिद गर्ने कार्यालयको योजना रहेको उप्रेतीले जानकारी दिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छपाइ ९७ प्रतिशत पूरा

काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्‍याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...

हिमाली तथा पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...

पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...

नेपाली गोलभेँडाको मूल्य घट्दा भारतीयको स्थिरता, किसान मारमा

काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...

बागलुङमा ९ महिनामा १८ क्षयरोगीको मृत्यु

बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ।  प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...

थरमा अपमानित भए फेर्न सकिन्छ’

काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...

५० जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...

नेपालमा समानुपातिक प्रणाली स्थापनामा माओवादी जनयुद्धको भूमिका

नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...

जेनजी आन्दोलन प्रकरण : ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान सिफारिस

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: