काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले समाज कल्याण परिषद्लाई डिजिटाइजेसनको प्रक्रियामा लैजान कर्मचारीलाई निर्देशन दिएकी छिन् ।
समाज कल्याण परिषद्का नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीको पदभार ग्रहण कार्यक्रममा कर्मचारीलाई निर्देशन दिदैँ उनले डिजिटाइजेसन अहिलेको आवश्यकता रहेको बताइन ।
उनले आफ्नो कार्यकालमा केही नयाँ काम गरेर देखाउन परिषद्का पदाधिकारी तथा कर्मचारीलाई आग्रह गरिन । “परिषद्लाई अझ राम्रो बनाउन मैले केही काम गर्न खोजेको छु, यहाँहरूले त्यसमा साथ दिनुपर्छ”, मन्त्री चौधरीले भनिन्, “हामीले परिषद्लाई डिजिटाइजेसनमा लैजाने भनेका छौँ । त्यसका निम्ति भेण्डर आह्वान गर्ने निर्णय गरेका छौँ, त्यसलाई अगाडि बढाउनुस् ।”
समाज कल्याण परिषद्लाई प्रादेशिक संरचनामा लैजान जरुरी रहेको उनले बताइन । कर्मचारीको वृत्तिविकास तथा कार्यसम्पादन मूल्याङ्कनमा ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो । कर्मचारीको वृत्तिविकास, कार्य सम्पादन मूल्याङ्कन गरी बढुवाका लागि प्रक्रिया अगाडि बढाउनसमेत उनले निर्देशन दिइन् ।
“कर्मचारीको वृत्तिविकास, कार्यसम्पादन मूल्याङ्कन गरी बढुवाका लागि तत्काल प्रक्रिया अगाडि बढाउनुस्”, उनले भनिन्, “कर्मचारीबीच विभेद नगर्नुस् । नयाँले पुरानालाई काम सिकाउनुपर्छ । उनीहरूलाई तालिमको व्यवस्थापन, वृत्तिविकास, कार्य सम्पादन मूल्याङ्कन गर्नुपर्छ ।”
पदीय जिम्मेवारी निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिदैँ उनले अरूले के गरे भनेर खोतल्दा आफ्नो काम, कर्तव्य र दायित्व नबिर्सन आग्रह गरिन । यसैगरी समाज कल्याण परिषद्का कोषाध्यक्ष विनय लामाले संस्थाप्रति विश्वासको वातावरण तयार गर्नुपर्ने धारणा राखिन । परिषद्का सदस्य सचिव मनोज भट्टले परिषद्ले गर्ने कामहरू निकै संवेदनशील भएकाले हाम्रो देशका निम्ति कुन उद्देश्यले कसरी पैसा आइरहेको छ भन्ने कुरालाई ध्यान दिनुपर्ने बताइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: