कञ्चनपुर । प्रहरीले कञ्चनपुरमा लागूऔषधको कारोबार तथा दुव्र्यसनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ । खैरो हिरोइन, चरेशलगायतका लागूऔषधसहित कञ्चनपुर प्रहरीले तीन महिनायता उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आठ महिलासमेत छन् ।
पक्राउ परेका सबैलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । प्रहरीले फागुनमा लागूऔषध मुद्दामा ३०, चैतमा २४ र वैशाखमा २३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट प्रहरीले ६ सय ८० ग्राम चरेस र ९३ ग्राम खैरोहिरोइनसमेत बरामद गरेको छ ।
“कञ्चनपुर कारागारमा ३५ प्रतिशतभन्दा कैदीबन्दी लागूऔषध मुद्दाका छन्”, प्रहरी उपरीक्षक जोशीले भने । प्रहरीले विभिन्न मुद्दामा अदालत र प्रशासनबाट कैद/जरिवाना भएर फरार रहेका एक सय १३ अभियुक्तलाई समेत पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । प्रहरीले फागुनमा ४३, चैतमा २९ र वैशाखमा ४१ फरार अभियुक्तलाई पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर प्रहरीले तीन महिनायता नेपाल–भारत सीमानाकाबाट ४९ जनाको उद्धार गरेको छ । हराएका ९७ जनामध्ये ६२ जना फेला परेका प्रहरी उपरीक्षक जोशीले बताए । “सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत बाल विवाह न्युनीकरण, लागूऔषध दुव्र्यसन, आत्महत्या न्युनीकरणलगायतका कार्यक्रम जारी छन्”, उनले भने ।
यसैगरी कञ्चनपुर प्रहरीले तीन महिनाको अवधीमा भारतबाट भन्सार छली गरी नेपाल ल्याएको रु एक करोड ५९ लाख मूल्यको सामान बरामद गरी भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: