Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सूचना प्रविधिमार्फत समृद्धिको ढोका खोल्न सरकार क्रियाशीलः सञ्चारमन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि (आइटी) क्षेत्रलाई नीतिगत र संरचनागतरुपमा बलियो बनाएर समृद्धिको ढोका खोल्न सरकार क्रियाशील रहेको बताएकी छिन् । 

अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिमा महिला दिवसका अवसरमा आज मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधिलाई उच्च प्राथमिकता दिइने बताइन । 

“आगामी आवको बजेटको मुख्य विषय (मेन थेम) कृषिलाई बनाउनुपर्छ, सूचना प्रविधि ‘फ्रन्ट लाइन’मा राखेर बजेट निर्माण गर्नुपर्छ”, बजेटका प्राथमिकताबारे प्रकाश पार्दै मन्त्री शर्माले भनिन्, “आइटीलाई समृद्धिको आधार मानिएको छ, त्यहीअनुसार व्यवहार गरिएको छ आगामी बजेटमा आइटीलाई उच्च प्राथमिकता दिइनेछ ।”

सरकारले सूचना प्रविधिलाई आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा लिएको उल्लेख गर्दै मन्त्री शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता दिइने बताइन । “हामीले यसअघि कृषि, पर्यटन र ऊर्जालाई समृद्धिको प्रमुख आधार मान्दै आएका थियौँ”, मन्त्री शर्माले भनिन्, “अब सूचना प्रविधि पनि समृद्धिको आधारका रुपमा अघि आएको छ ।”

वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको नारा अघि सारेको जानकारी दिँदै मन्त्री शर्माले सुशासनको अभियानलाई अघि बढाउन पनि सूचना प्रविधिको विकास अत्यावश्यक भएको बताइन । “सूचना प्रविधिको प्रयोगबाट मात्रै सुशासन कायम गर्न सकिन्छ”, उनले भनिन । 

सूचना प्रविधि क्षेत्रमा महिलाको अनिवार्य सहभागिता मात्रै नभई नेतृत्वदायी भूमिका हुनुपर्छ भनेर आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नीति तथा कार्यक्रम र बजेटमा विशेष योजना अघि सारेको बताइन । 

सूचना प्रविधिको विकासमा सरकारले नीतिगत तथा संरचनागत व्यवस्था गरेको जनाउँदै उनले सूचना प्रविधि क्षेत्रबाट रोजगारी सिर्जनाका साथै सेवा निर्यात गरेर विदेशी मुद्रा पनि आर्जन भएको बताइन । “प्रत्येक वर्ष १० हजार युवा जनशक्ति सूचना प्रविधि क्षेत्रमा उत्पादन हुने गरेको छ, अनौपचारिक तथ्याङ्कअनुसार सूचना प्रविधिसम्बन्धी सेवा निर्यातबाट वार्षिक करिब रु ६६ अर्ब विदेशी मुद्रा भित्रिएको छ”, मन्त्री शर्माले भनिन । 

सूचना प्रविधिका क्षेत्रमा आइपर्ने चुनौती समाधान गर्न सरकारले हालै मात्र साइबर सुरक्षा केन्द्र स्थापना गरेको जानकारी दिँदै यससम्बन्धी केही कानुन निर्माण भइ कार्यान्वयनमा आएको र केही तर्जुमाका क्रममा रहेको बताइन । मन्त्री शर्माले भनिन्, “सूचना प्रविधिको विकासका निम्ति नीतिगत र संरचनागत व्यवस्थामा सरकारको ध्यान गएको छ, यसबीचमा केही ऐन कानुन र पूर्वाधार निर्माण भएका छन् ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हतियार राख्ने ‘वैध अधिकार’ रहेको हमासको दावी

काठमडाैँ । हमास लडाकु समूहसँग हतियार राख्ने ‘वैध अधिकार’ रहेको समूहको गाजा प्रमुख खलील अल–ह्याले आइतबार बताएका छन् । गाजा युद्धविरामको अर्को चरणको ...

सङ्खुवासभामा आगलागीमा परेर एक वृद्धको मृत्यु

सङ्खुवासभा । चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुस...

‘नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना छ’

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा 'ठुल्दाइ'का उपनामले परिचित अभिनेता शिव श्रेष्ठले नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना रहेको बताएका छन...

पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित

रसुवा । हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित भएको छ । सम्बद्ध व्यावसायीहरूका अनुसार जिल्लाको म...

एमाले विधान विवाद: विधि कि व्यक्ति ?

बहुमतको आडमा विधान संशोधन र पार्टी लोकतन्त्रको प्रश्न

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending