Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

सर्बियामा चिनियाँ राष्ट्रपति सीलाई ‘सम्मान र प्रेम’ का साथ स्वागत

खबरडबली संवाददाता

एजेन्सी । सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले बुधबार ताइवानमा चीनको सार्वभौमसत्ताका लागि आफ्नो बलियो समर्थनको पुनः पुष्टि गर्दै युरोपका मित्र राष्ट्रहरूसँग राजनीतिक र आर्थिक सम्बन्धलाई गहिरो बनाउन खोजिरहेका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भव्य स्वागत गरिएकाे छ । 

चीनले सर्बिया र छिमेकी बाल्कन मुलुकहरूमा विशेषरूपमा खानी र निर्माण क्षेत्रमा अर्बौं डलर लगानी गरेको छ । गत वर्ष बेइजिङ र बेलग्रेडले स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए । सी र उनकी श्रीमती पेङ लियुआनलाई बुधबार बेलग्रेडमा मुख्य सरकारी कार्यालयहरू बाहिर रातो कार्पेटमा भुकिकले स्वागत गरे । 

प्रधानमन्त्री र नेसनल बैंक अफ सर्बियाका गभर्नरसहित अधिकारीहरूसँग हात मिलाउनुअघि चिनियाँ नेतालाई तोपको सलामी र चिनियाँ राष्ट्रगानले स्वागत गरिएको थियो । दुवै नेताले बालकनीबाट बाहिर प्रतीक्षा गरिरहेका हजारौँ मानिसतर्फ हात हल्लाए । तीमध्ये केहीले चिनियाँ झण्डा फहराइरहेका थिए । 

भुकिकले सीलाई ‘सर्बियाको मित्र’ भने । “सर्बियामा जस्तो सम्मान र प्रेम उहाँले अन्य कहीँ पाउनुहुन्न”, उनले भने, “चिनियाँ क्षेत्रीय अखण्डताका सम्बन्धमा हाम्रो अडान स्पष्ट र सरल छ, ताइवान चीनको हो ।”

बेइजिङले स्वशासित ताइवानमाथि आफ्नो दाबी गर्दै ताइवानलाई चिनियाँ नियन्त्रणमा ल्याउन बल प्रयोगलाई अस्वीकार नगर्ने बताएको छ । दुई नेता बैठकमा बस्ता सीले प्रारम्भिक टिप्पणीमा भुकिकसँग भने, “हाम्रो दुवै मुलुकबीचको मित्रताको भावना बलियो थियो ।”

चिनियाँ राष्ट्रपति सी फ्रान्सको राजकीय भ्रमणपछि मङ्गलबार साँझ बेलग्रेड पुगेका हुन् । फ्रान्समा युक्रेन युद्धका बाबजुद व्यापार र चीनको रुससँग घनिष्ठ सम्बन्धलाई लिएर फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग सीको मजबुत आदानप्रदान भएको थियो । 

सन् २०१९ पछि सीको युरोपको पहिलो भ्रमणका लागि छनोट भएका अन्य दुई मुलुकमा सर्बियापछि अर्को हङ्गेरी रहेको छ । सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेको रुसप्रति सबैभन्दा धेरै सहानुभूति राख्ने छिमेकी मुलुकमा सर्बिया र हङ्गेरीलाई हेरिन्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: