एजेन्सी । म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ । यीमध्ये अधिकांश सेनाको सन् २०२१ को विद्रोहबाट सुरु भएको द्वन्द्वका कारण आफ्नो घर छोड्न बाध्य भएका छन् ।
लोकतन्त्रको अल्पकालीन प्रयोगपछि आङ सान सु कीको सरकारलाई पतन गराउने विद्रोहपछि करिब २७ लाख पलायन भएका छन् । यो सैन्य विद्रोहले स्थापित जातीय सशस्त्र समूहहरूसँग नयाँ झडप सुरु गर्यो र दर्जनौँ ‘पिपुल्स डिफेन्स फोर्सेस’ बललाई जन्मायो । तिनीहरूलाई दबाउन सेना असफल भएको छ ।
म्यान्मा सन् २०२४ मा गहिरो मानवीय सङ्कटको मुखमा छ”, राष्ट्रसङ्घीय आवासीय संयोजकले सोमबार जारी गरेको विज्ञप्तिमा बताए । विज्ञप्तिअनुसार विस्थापितमध्ये एक तिहाई बालबालिका रहेको अनुमान गरिएको छ । गत वर्षको अन्त्यदेखि जातीय सशस्त्र समूहहरूको गठबन्धनले उत्तरी शान राज्यमा आक्रमण सुरु गरेपछि तीस लाखमध्ये करिब आधा विस्थापित भएको विज्ञप्तिमा उल्लेख छ ।
आक्रामक कारवाहीले र चीन सीमामा धेरै क्षेत्र र लाभदायक व्यापार क्रसिङलाई कब्जा गरेको छ । यसले सत्ता कब्जा गरेपछि जुन्ताका लागि सबैभन्दा ठूलो खतरा सिर्जना गरेको छ ।
म्यान्माको सीमावर्ती क्षेत्रमा जातीय सशस्त्र समूहहरूको बाहुल्य छ । तीमध्ये धेरैले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि स्वायत्तता र आकर्षक स्रोतहरूको नियन्त्रणलाई लिएर सेनासँग लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घले विशेषगरी मे–जुन चक्रवातको मौसमअघि राहत कार्यमा गम्भीर आर्थिक अभावले बाधा पुर्याइरहेको बताएको छ । गत वर्ष चक्रवात मोचाले पश्चिमी म्यान्माको रखाइन राज्यमा प्रहार गरेको र कम्तीमा एक सय ४८ जनाको ज्यान गएको थियो ।
अराकान आर्मी र सेनाबीचको द्वन्द्वका कारण नोभेम्बरदेखि चर्चामा आएको पश्चिमी रखाइन राज्यमा हाल तीन लाख ५५ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०८१ - २१:०४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको आसन्न दसौँ राष्ट्रिय महाधिवेशनमा जुट्...
जेष्ठ ६ गते, २०८१ - २०:४१
काठमाडौं । ख्वप तिलगङ्गा आँखा अस्पतालले नयाँ भवनबाट आँखा सम्बन्धि विशिष्ट सेवा उपलब्ध गराउने भएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान, ख्वप तिलगङ्गा आँखा...
जेष्ठ ६ गते, २०८१ - २०:३०
एजेन्सी । संयुक्त राष्ट्रसङ्घका मानवीय प्रमुख मार्टिन ग्रिफिथले आइतबार घेरामा परेको गाजामा अनिकालको चेतावनी दिँदै त्यहाँसम्म पुग्ने सहयातामाथिको अवरोध...
जेष्ठ ६ गते, २०८१ - २०:२५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो पटकभन्दा बढी विश्...
जेष्ठ ६ गते, २०८१ - २०:२१
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला अन्त्य गरेर सहमतिका साथ अघि बढ्न आह्वान गरेका छन् । प्रतिनिधिसभाको आजक...
जेष्ठ ६ गते, २०८१ - २०:१६
वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा रु साढे पाँच अर्बभन्दा धेरै रकम राजस्व सङ्कलन गरेको छ । कार्याल...
जेष्ठ ६ गते, २०८१ - २०:०९
दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्र निर्माण र समृद्धिको यात्रा एमालेको सङ्कल्प भएको बताएका छन् । नेत्रलाल पौडेलको ४१औँ स्मृति दिव...
जेष्ठ ६ गते, २०८१ - २०:०७
काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोक आसपासमा सडक क्षेत्र मिचेर बनाएका घरटहरा आजदेखि भत्काउन सुरुआत गरेको छ । मापदण्ड विपरीत जग्गा अतिक्रम...
जेष्ठ ६ गते, २०८१ - २०:०२
काठमाडौं । काठमाडौंको बालाजुमा आइतबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ७४ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरे...
जेष्ठ ६ गते, २०८१ - १९:२४
काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रायसीलाई बोकेको हेलिकप्टर सम्पर्क विहिन भएको छ । अजरबैजानको भ्रमण गर्ने क्रममा राष्ट्रपति रायसी चढेको हेलिकप्टर स...
प्रतिकृया लेख्नुहोस्: