बागलुङ । कम लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि बागलुङको निसीखोला गाउँपालिकाका किसान मौरीपालनमा आकर्षित हुँदै गएका छन् । उच्च पहाडी इलाकामा मौरीपालन फस्टाउने हुँदा यसप्रति किसानको आकर्षण बढेको हो ।
निसीखोला–१ हुल्दीका अधिकांश किसानले मौरी पालेका छन् । आधुनिक तथा परम्परागत घारमा उनीहरुले मह उत्पादन गर्दै आएका छन् । गाउँमा यसभन्दा अगाडि स्थानीयले रैथाने मौरी पाल्दै आएकामा अहिले सामूहिक रुपमा मौरीपालन गर्न थालेका हुन् । अहिले गाउँमा १८ किसानले समूह नै बनाएर व्यावसायिक रुपमा मौरीपालन सुरु गरेका छन् । बजारीकरण र उत्पादन बढाउनका लागि किसान सङ्गठित भएको मौरीपालन कृषि समूहका नबहादुर कुँवरले बताए । समूहमा आबद्ध किसानमध्ये पहिलो चरणमा नौजनालाई अनुदानमा मौरीका घार र मौरी उपलब्ध गराइएको उनको भनाइ छ ।
गाउँलाई मौरीपालनबाट आत्मनिर्भर बनाउने गरी समूहमा धेरै किसानलाई समावेश गर्दै जाने अध्यक्ष कुँवर बताउनुहुन्छ । गाउँमै बसेर उद्यमी बन्ने र बजार मागलाई पूर्ति गर्नेगरी अहिले आफूले एक सय ४० घार मौरी पाल्दै आएको जनाउँदै अब यसलाई बढाउँदै जाने उनको भनाइ छ । कुँवरले भने, “गाउँमा व्यवसाय गर्ने हो भने धेरै माध्यम छन्, त्यसमध्ये मौरीपालन निकै उपयोगी हुँदा युवा मिलेर मौरीपालनमा लागेका छौँ, गाउँका धेरै कृषक यो पेसामा आबद्ध हुनुहुन्छ, आबद्ध नभएका पनि बिस्तारै आधुनिक घार लिएर सुरुआत गर्न थालेका छन्, गाई, भैँसी, बाख्राको तुलनामा मौरीपालन सजिलो र आम्दानीको राम्रो स्रोत हुने देखिएपछि अहिले धेरै स्थानीयले मौरी पाल्न थालेका छन् ।”
हुल्दी गाउँमा मकै, कोदो फल्ने बारीभरि यतिबेला मौरीका घार राखेको देखिन्छ । स्थानीय पवन सिञ्जालीले लामो समयदेखि कृषि गर्दै आएको र अहिले नयाँ कामको सुरुआत गरेको बताए । पछिल्लो समय अन्य गाउँबाट मौरी व्यवसाय हेर्न, ज्ञान लिन र घार किन्न आउने उनको भनाइ छ । मौरीपालनका लागि तालिम लिएर सीप हासिल गरेपछि व्यावसायिक रुपमा काम गर्न थालेको सिञ्जालीले बताए । आफूले दुई घारबाट सुरुआत गरिएको भन्दै अहिले विस्तार भएर धेरै भएको उनको भनाइ छ ।
सोही गाउँका राजुलाल रोकाले पनि कृषक समूह गठन गरेर मौरीपालन गर्दै आएका छन् । पुरानो पुख्र्यौली घार र आधुनिक गरी एक वर्षभित्रै नौ घार माहुरी उत्पादन गर्दै आएको उनले बताए । यसलाई वृद्धि गर्दै जाने र आर्थिक उपार्जनको माध्यम बनाउने रोकाको भनाइ छ । पुख्र्यौलीभन्दा आधुनिक घार आम्दानीको दृष्टिकोरणले राम्रो रहेको उनको भनाइ छ । मौरीपालनलाई व्यवस्थित गर्न सके गतिलो आम्दानीको स्रोत बन्ने रोकाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - २२:३०
रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...
श्रावण १४ गते, २०८३ - २१:०७
धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...
श्रावण १४ गते, २०८३ - २१:०२
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...
श्रावण १४ गते, २०८३ - २१:००
काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...



प्रतिकृया लेख्नुहोस्: