Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

‘सङ्घीयता कार्यान्वयनमा समन्वयको अभाव’

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा सांसदहरुले सङ्घीय कार्यान्वयमा तीन तहको सरकार बीच समन्वयको अभाव देखिएको बताएका छन् । 

सङ्घीयता सबलीकरणको सवालमा कस्ता कदम चाल्नुपर्ने विषयमा छलफल केन्द्रित रहेको थियो । छलफलमा समितिका सभापति सोनाम गेल्जेन शेर्पाले जनता सेवा राम्रोसँग पाउन नसकेको बताए । उनले भने, “योजनाहरु राख्दा सङ्घीयताको संरचनालाई सोचेर राख्नुपर्छ । सङ्घीयता लागू भएपछि राम्रा काम पनि भएका छन् त्यसका बारेमा पनि छलफल हुन आवश्यक छ । यसलाई बलियो बनाउन सबैको समन्वय आवश्यक छ ।”

सङ्घीयता विज्ञ डा खिमलाल देवकोटाले ‘राज्यको तहगत संरचनामा समन्वय र सहजीकरण’ विषयमा प्रस्तुति गर्दै भने, “कतिपय नियामक ठाउँमै बसेकाले नै सङ्घीयता खारेज गर्नुपर्ने भन्ने गरेको पनि पाइयो । कर्मचारी व्यवस्थापनमा समस्या छ । कर राजस्व सङ्कलन र बाँडफाँटमा पनि समस्या रहेको पाइएको छ । स्थानीय तहमा अथाह स्रोतहरु छ तर त्यहाँ कर्मचारी छैनन् जसले यो संरचनामा समस्या ल्याएको छ ।”

उनले सङ्घीयताले उपलब्धि पनि ल्याएको भन्दै जनताले गुणस्तरीय सेवा प्रवाह चाहने भएकाले यसमा कस्ता खालका ‘ग्याप’ छन्, त्यो पूर्ति गर्नुपर्ने बताए । उनले भने, “प्रदेशको बजेट खर्च हुन सकेको छैन । विभिन्न संरचनाबीचको तादम्यता हुनपर्छ । प्रदेश र स्थानीय तहको समग्र वित्तीय स्थितिको गहन अध्ययन आवश्यकता छ ।”

सांसद उदयबहादुर बोहोराले सङ्घीयता कार्यान्वयन गर्न कम्तीमा पनि ५० प्रतिशत सबै तहको सरकारले व्यवहारमा ल्याए सङ्घीयता धेरै बलियो हुने धारणा राखे । उनले भने, “सङ्घीयताको राम्रा पाटा थुप्रै छन् तर जानमानसमा सङ्घीयताले राम्रो प्रतिफल ल्याएन कि भन्ने बुझाइ छ । अहिले भ्रष्टाचार चुलिएको छ । सङ्घीयतालाई सबल बनाउन सबै पार्टी प्रतिबद्धता हुनुपर्छ । निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ र संरचनागत सुधार गर्नुपर्छ ।” 

सांसद विष्णुकुमारी सापकोटाले सङ्घीयता राम्ररी कार्यान्वयन नहुँदा थुप्रै प्रशासनिक काममा  जनमानसले झन्झट बेर्होनु परेको बताइन । सांसद इन्दिरा देवी गौतमले सङ्घीयताका बारेमा विचार र विमर्श गरिरहँदा यसलाई लागू गर्न धेरै आयाममा जोड दिनुपर्ने बताइन । 

सांसद मोहम्मद खालिदले सङ्घीयताका बारेमा धेरैले अझै पनि नबुझेको भन्दै विशेषगरी स्थानीय तहलाई यसबारे राम्ररी बुझाउन आवश्यक रहेको बताए । सांसद किरणबाबु श्रेष्ठले सङ्घीयताका बारेमा सबै जना जानकार हुनुपर्ने भन्दै यसको प्रभावकारी र व्यावहारिक कार्यान्वयन गर्नमा ध्यान दिनुपर्ने बताए । 

सांसद गोपीबहादुर सार्की आछामीले सङ्घीयताले उत्पीडनमा परेकालाई अधिकार र जनताको पहुँचमा सरकार हुनुपर्ने धारणा राख्दै सङ्घीयता बलियो बनाउन निर्वाचन प्रणाली र शासकीय स्वरुपमा परिवर्तन गर्न आवश्यक रहेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: