Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

समितिद्वारा संशोधनको औचित्य पुष्ट्याइ गर्न आग्रह

खबरडबली संवाददाता

काठमाडौं । कानुन, न्याय तथा मानवअधिकार समितिले केही नेपाललाई संशोधन गर्न  बनेको विधेयकका संशोधनकर्तासँग विभिन्न मन्त्रालयसँगसम्बन्धी विषयमा संशोधन राख्नुपर्ने कारण र औचित्यबारे जानकारी लिएको छ । 

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात  मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपक्षी मन्त्रालयसँग सम्बन्धित दफामा छलफल भएको थियो । समितिमा खासगरी सार्वजनिक खरिद् ऐनका कारण पूर्वाधार निर्माणमा देखिएको अल्झन, निर्माणको गुणस्तर, लगानी र समयावधिसँग जोडिएका विषयमा गहन छलफल भयो । 

त्यस्तै  वीर अस्पतालप्रतिको जनविश्वासलाई सुदृढ तुल्याउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)बाट अलग बनाउने गरी कानुन तर्जुमा गर्नेमा बैठकमा एक मत देखियो । त्यस्तै, आयोजनाका लागि बोलपत्र आह्वान गरी सम्झौताअनुरुप तोकिएको बजेटसीमा र समयावधिभित्र कार्य सम्पन्न नगर्न ठेकेदारलाई जिम्मेवारीबाट हटाएर  भौतिकपूर्वाधार समितिमार्फत गराउन सक्ने व्यवस्था कानुनै उल्लेख गर्ने कि नगर्ने भन्ने विषयमा मन्त्रालयका सचिवबीचनै मतैक्यता हुन भने नसकेको पाइयो । 

विकास निर्माणका आयोजना अघि बढाउने सिलसिलामा लामो समयदेखि नै सार्वजनिक खरिद् ऐन बाधक रहेको भन्ने सर्वत्र गुनासो गरिँदासमेत समयमा ऐन संशोधनमा राज्यले किन चासो नदेखाएको भनी समिति सदस्यले प्रश्न गरे । 

संशोधनकर्ताले आयोजनाको  अनुमानभन्दा  समयावधि र लागत बढ्नुले राज्यका समयन्त्रले ठिक मूल्याकन गर्न नसकिरहेको स्पष्ट रहेको भन्दै उनिहरुले कानुनले नै भ्रष्टाचार र अनियमिता बढाउने छिद्र दिएपछि आर्थिक अनुशासन र सुशासन प्रवद्र्धन हुन नसक्ने धारणा राखे । 

सो अवसरमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने कोरोना सङ्क्रमणलगायत कठिन बेला वीर अस्पतालले गरेको योगदान स्मरण गर्दै राज्यको स्वास्थ्य प्रणालीको केन्द्रिय अस्पतालकारुपमा स्थापित रहेको बताए । उनले भने, “राज्यको मौलिक हकका रुपमा रहेको आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने सन्दर्भमा जनशक्ति निर्माणमा पनि वीरले योगदान गरिरहेको छ ।” कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पूर्वाधार विकासलाई अघि बढाउने सिलसिलामा सार्वजनिक खरिद ऐनमा देखिएको अल्झनलाई सुधार गर्न ऐन संशोधन अघि बढाइएको बताए । 

उनले भने, “आयोजना ठेकेदारले विभिन्न बहानामा अल्झन गरी रोकेर राखेमा उसबाट खोसेर राज्यकै भौतिक पूर्वाधार कम्पनीमार्फत गराइने व्यवस्था कानुनमा रहनु मुलुकका लागि हितको विषय हो ।” कृषि तथा पशुपक्षीमन्त्री ज्वालाकुमारी साहले देशको कृषि विकास र पशुपक्षीको विकास र प्रवद्र्धनका सम्बन्धमा सांसदले राखेका संशोधनले गुणस्तरीय कानुन निर्माणमा योगदान पुग्ने बताइन् । उनले भनिन्, “मुलुकको कृषि क्षेत्रमा दुरगामी असर पर्ने ऐन, कानुन तर्जूमा गर्दा गहन छलफल गरी गुणस्तरीय बनाउनु सक्नुपर्छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending