Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

भक्तपुरबासीको २३ वर्षदेखिको सपना पूरा हुँंदै

खबरडबली संवाददाता

भक्तपुर । २०५८ सालदेखि जग्गा अधिग्रहण गरेर पनि सुरु हुन नसकेको भक्तपुरको गर्वको योजना अरनिको सभा भबन निर्माण गर्ने भक्तपुरबासीको सपना पूरा हुने भएको छ । एक भव्य समारोहवीच सभा भबनको पहिलो चरणको भबन बनाउन  शिलान्यास गरिएको छ ।

भक्तपुरमा एउटा ठूला कार्यक्रम गर्न पहिला भक्तपुर नगरपालिका वडा नं ५ (साविकको वडा नं ८) त्रिपुरासुन्दरीमा अरनिको सभा भबन थियो । झण्डै पाँंच सय जना अटने सो भबन जीर्ण भएपछिदेखि सभा भबन बनाउने चर्चा सुरु भएको थियो । तर सफल हुन सकेको थिएन । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बजेट अभाब र केही प्राविधिक कारणले २२।२३ वर्षदेखिको भक्तपुरबासीको सपना पूरा हुन नसकेको स्पष्टीकरण दिए । ‘सभा भबन बनाउनका लागि केन्द्र, प्रदेश सरकार अनि भौतिक मन्त्रालयसहित धेरै ठाउँंमा बजेटका लागि हारगुहार गरयौं, नगर प्रमुख प्रजापतिले सम्झे, ‘तर कहीबाट सहयोग प्राप्त भएन ।’ ठूलो बजेट आवश्यक भएकोले केन्द्र, प्रदेश सरकारको मुख ताक्नुपर्ने भएको उनको भनाई थियो ।  

अहिले नगरपालिकाको आफनै बजेटबाट काम सुरु भएको हो । मेयर प्रजापतिका अनुसार यसका लागि चालू आर्थिक वर्ष २०८०।८१ मा भक्तपुर नगरपालिकाले आठ करोड रुपैयाँं विनियोजन भएको छ । ‘यति पैसा पहिलो चरणका लागि पनि अपुग छ, उनले भने, ‘पहिलो चरणको भबन निर्माणका लागि नै १० करोड ५० लाख लागत इष्टमेट गरिएको छ ।’ 

नगरपालिकाले ठूलो बजेटको गर्वको योजनाको रुपमा भक्तपुर अस्पताल भबन बनाइरहेको र हाल त्यो अन्तिम चरणमा पुगेपछि त्यस्तै ठूलो बजेटको गर्वको योजनाको रुपमा सभा भबन बनाउने कार्य सुरु गरेको उनले बताए । उनले यो कार्य बाँंकी तीन वर्षको आफनो कार्यकाल अवधिमा समाप्ते पार्ने योजना रहेकोसमेत सुनाए । 

सभा भबन निर्माण तीन चरणमा गरी सम्पन्न गर्ने योजना राखिएको छ । प्हिलो चरणमा एक हजार एक सय जनाको क्षमता भएको मुख्य हल (अडिटोरियम हल) को निर्माणका लागि शिलान्यास सुरु गरिएको हो । त्यहाँं मुख्य हलसहित एक सय २८ जनाको क्षमता रहेको बहुउद्देश्यीय हल, ९६ जनाको क्षमता भएको श्रव्यदृश्य हल, चार वटा रिहल्सल कक्ष, एक हजार ६२ दशमलब ९९ वर्गमिटरको प्रदर्शनी कक्ष, ४६ वटा गाडी र दुई सय ३१ वटा मोटरसाइकल पार्किग गर्नसक्ने क्षमताको बेसमेन्ट पार्किग, ६ सय जनाको क्षमता रहेको खुल्ला थियटर, तीन हजार दुई सय एक वर्ग मिटरको प्लिन्थ एरिया, फोहोरासहितको वगैंचा रहेको छ । पहिलो चरणका कार्य एक वर्षभित्र अर्थात् २०८१ वैशाख २१ गतेभित्र सम्पन्न गर्ने योजना राखिएको छ । 

सभा भबन भक्तपुर नगरपालिका वडा नं ६ देकोचास्थित ख्वप कलेज (चाँंगुनारायण मन्दिर जाने चोक) को प्रांगनमा रहेको छ । भबनको शिलान्यास नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गरेका थिए । कार्यक्रममा पार्टी केन्द्रिय सचिव एवं संघीय सांसद् प्रेम सुवाल, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, ज्योतिषाचार्य डा वीरेन्द्रप्रसाद कायष्ठलगायतले सभा भबनका विविध पक्षमा चर्चा गरे ।

पूरै योजना सभा भबन मात्रै नभई सम्पूर्ण साँस्कृतिक कार्यक्रमका लागि तयारीसहितका बृहत हुने जनाइएको छ । 
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending