काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट सुदूरपश्चिममा मुख्यमन्त्री बनेको दीर्घ सोडारीलाई विश्वासको मत दिन अड्को थापेर सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक सुरेन्द्र पालले बालकोट पुगेका छन्। मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिने अडान राख्दै एमाले नेताहरु अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुगेका हुन्।
हिजो मध्यरातीसम्म सुदूरपश्चिमका एमाले नेताहरुसँग ओलीले दुई घण्टा छलफल गरेका छन्। ओली सुदूरपश्चिम प्रदेश सरकारको अवस्था र विश्वासको मतका विषयमा बढी गम्भीर देखिएका थिए । तत्काल विश्वासको मत दिने विषयमा हतार नगर्न पनि एमाले सांसदहरुलाई निर्देशन दिएका छन्।
ओलीको निर्देशन उदृत गर्दै संसदीय दलका नेता रावलले भने, ‘अहिले विश्वासको मतको लागि हतार गर्नुपर्ने अवस्था छैन। एमालेबाट निर्वाचित सांसदले शपथ गर्नु भएको छैन । बाँकी छलफल र परामर्श बाँकी छ अहिले किन हतार गर्नुपर्यो।’
अध्यक्षले ओली यस विषयमा प्रदेशमा छलफल र संवाद गर्न रावललाई नै निर्देशन दिएका छन्। ओलीसँग भेट हुनु भन्दा पहिले उनीहरुले महासचिव शंकर पोख्रेलसँग छलफल गरेका थिए।
नेकपा एसका अध्यक्ष माधव नेपालले सुदूरपश्चिमको मुख्यमन्त्री नपाए गठबन्धनबाट विद्रोह गरेपछि ओलीले बाध्य भएर दिन सहमत भएका थिए। मुख्यमन्त्रीमा सोडारीको दाबी पेस गर्ने बेलादेखि नै एमालेले अड्को थाप्दै आएको छ। सहकार्य थालेपछि अझै ओली र माधव नेपालबीच आरोप प्रत्यारोप चलिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: