Khabar Dabali २५ जेष्ठ २०८३ सोमबार | 8th June, 2026 Mon
Investment bank

चिम्टीका अग्निपीडितलाई दैनिक निःशुल्क खाना खुवाइँदै

खबरडबली संवाददाता

राजविराज । सप्तरीको महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितलाई विभिन्न सङ्घसंस्थाले निःशुल्क खाना खुवाउने व्यवस्था मिलाएको छ ।

सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटी सप्तरीको संयुक्त आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पस राजविराज, मिसन कलेज र पदमा एन्ड टुरिजम बथनाहाको सहकार्यमा खाना खुवाउने व्यवस्था मिलाइएको हो । सो कार्यक्रमअन्तर्गत बिहान र बेलुका निःशुल्क खाना खुवाउने गरिएको सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहनकुमार यादवले जानकारी दिए ।

परामर्श सेवा केन्द्रले अग्निपीडितका लागि एक सय किलो चामल, २५ किलो दाल, पाँच लिटर खानेतेल, ५५ किलो तरकारी,  ५० किलो  तरबुजा, ४० किलो दही र दुई कार्टुन पानी उपलब्ध गराएको छ । चिम्टी अग्निपीडितलाई कर परामर्श सेवा केन्द्र राजविराजले खाद्यान्न उपलब्ध गराएको छ । सप्तरी युथ नेपालका विपद् व्यवस्थापन समिति संयोजक सत्येन्द्र यादवका अनुसार दैनिक भोजन सेवा सञ्चालन गरी खाना खुवाउने व्यवस्था मिलाइएको हो । उहाँका अनुसार अग्निपीडितलाई  दैनिक बिहान र बेलुका खाना खुवाउने गरिएको छ । 

विगत पाँच दिनदेखि बिहान र बेलुका निःशुल्क रुपमा दैनिक भोजन सेवा अन्तर्गत एक दिन बिहानको खाना, राजविराज नगरपालिका(१० बिरोलका स्थानीय र बेलुकाको खाना गैरआवासीय अन्तर्राष्ट्रिय संस्थाले सहयोग गरेको संयोजक यादवले जानकारी दिए।

अग्निपीडित खुल्ला आकाशमुनि 
महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडित ७५ वर्षीया लोखनीदेवी यादवको परिवार छिमेकीबाट मागेर ल्याएको पुरानो त्रिपालमुनि बसिरहेको छन् । उनको परिवारलाई दिन र रात कटाउन मुस्किल परेको छ ।

आगलागीबाट पूर्णरुपमा घर जलेपछि चर्को घाममा पालमुनि बस्दा गर्मीले सताउने र राति सुत्न, बस्न समस्या हुने गरेको उनले दुखेसो गर्नुभयो । वैशाख महिनामा दिउँसो हावाहुरी चल्न थालेपछि जीउभरि  धुलो हुने गरेको उनले बताए। उनले समस्या समाधानका लागि सरकारलाई सहयोगको आग्रह गरे।     

अर्का अग्निपीडित दुर्गाप्रसाद यादवले सर्वस्व आगोमा जलेपछि गुजारा गर्ने कुनै उपाय नरहेको बताए । उनले च्युरा, मुरहीबाहेक अन्य कुनै राहत नपाएको गुनासो पोखे।

७५ वर्षीया अग्निपीडित दुखनीदेवी यादवले  बस्ने, खाने, सुत्ने केही उपाय नरहेपछि खेतमा त्रिपाल टाँगेर बस्न बाध्य भएको सुनाए । उनले भने, “यो एउटा पातलो त्रिपालमा छ जना छोरी, एउटा छोरा र नातिनातिनालाई कसरी सुरक्षित राख्ने भन्ने चुनौतीे छ ।” आगलागीमा परेको पाँच दिन बित्दासमेत दुईचार केजी च्युरा, मुरहीबाहेक केही नपाएको उनको गुनासो छ । 

वडाअध्यक्ष जयकिशोर दासले पहिलो चरणमा राहतस्वरुप चाउचाउ, मुरही, चिउरा, पानी अग्निपीडितलाई वितरण गरिएको जानकारी दिए। अग्निपीडितलाई राहत जुटाउने कार्य जारी रहेको उनको भनाइ छ । महादेवा गाउँपालिकाले विभिन्न सङ्घसंस्था र स्थानीय प्रशासनसँग पहल गरी रहेको जनाएको छ । 

स्थानीय शत्रुधन यादवको गाईगोठमा राखेको परालको थुप्रोबाट गत मङ्गलबार दिउँसो सल्किएको आगो निभाउन नसक्दा महादेवा गाउँपालिका–१ चिम्टीका ६२ परिवारको एक सय १४ घर जलेको थियो । जिल्ला प्रशासन कार्यालयले चिम्टीमै सहायता कक्ष स्थापना गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईश्वरी भुजेल मृत्यु प्रकरण : ‘नेपाली ब्रो’सहित थप तीन जना पक्राउ

काठमाडौं । नेपाली सेनामा कार्यरत ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। यसअघि उनका श्रीम...

अत्यधिक गर्मीमा पनि टिनको छानामुनि पढ्न बाध्य बालबालिका

नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै का...

रास्वपाको जिल्ला अधिवेशन आजदेखि, ६६ जिल्लामा संगठन विस्तार अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...

एसीसी महिला प्रिमियर कपमा आज नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...

आज डलर कति पुग्यो? यस्तो छ विदेशी मुद्राको नयाँ दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...

पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’को सम्पादकमा नियुक्त

काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...

समानुपातिक सूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अनिवार्य गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...

काेशीमा ४ करोड र २ करोडको बजेट सीमा, किन बन्यो विवादको केन्द्र?

विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...

एमालेमा पराजयपछि बढ्दो असहमति : नेतृत्व, पुनर्गठन र यथार्थबीचको टकराव

काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...

बीपी राजमार्गमा सवारी सञ्चालनको समय हेरफेर

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending