Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएनः मन्त्री चौधरी

खबरडबली संवाददाता

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताएकी छन्।

राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले युएनडिपी र युएनएफपिएसँगको सहकार्यमा आयोजना गरेको “लैङ्गिक उत्तरदायी बजेट तथा यौन तथा तथा प्रजनन स्वास्थ्य अधिकारको प्रवर्द्धनका लागि सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रम”लाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्।

लैङ्गिक उत्तरदायी बजेट निर्माण प्रक्रियाका सन्दर्भमा राजनीतिक नेताहरूले केही गरौँ भनेर काम गर्न खोजे पनि कर्मचारीतन्त्रबाट त्यति सहयोग प्राप्त नगरेको उनको भनाइ थियो।

‘हामी राजनीतिक नेताहरूले नेतृत्वमा हुँदा केही गरौँ भनेर योजना बनाएर अगाडि बढौँ। जनताको आशा जगाउने र फरक खालको नतिजा दिने गरी काम गर्नुपर्छ भनेर लाग्दै आएका छौँ, मन्त्री चौधरीले भनिन्, ‘हामीलाई हाम्रा पार्टीका नेतृत्वले पनि निर्देशित गर्नुहुन्छ। हामीमा पनि केही गरौँ भन्ने जोस जाँगर हुन्छ। त उहाँहरूले खाली नियम कानून तेर्स्याएर यो त हुँदैन भन्नुहुन्छ।’

औचित्य साबित गरौँ भन्ने कुरा आउने गरेको भन्दै उनले उस सन्दर्भमा संवेदनशील बन्न नसकेको समेत बताइन्। औचित्य साबित गरेर काम गर्नुपर्छ भन्ने कुरा आउने गरेको भन्दै उनले त्यसो हो भने औचित्य साबित गरेर भए पनि काम गर्नुपर्ने बताइन्।

कर्मचारी पनि एउटा समाजबाट आएको हुनाले मुलुक र जनता सम्झेर काम गर्नुपर्ने मन्त्री चौधरीको भनाइ थियो।

‘त्यसो भए औचित्य साबित गरौँ न त। पालिकासँग कमिटमेन्ट लेटर मागौँ। उसले दिन्छ नि त आफ्नो प्रतिबद्धता। त्यति भन्दा पनि कम्पोजिशनहरू अलि सिन्सियर छैन, उनले भनिन्, ‘लोकसेवा लडेर परीक्षा लेखेर आयो भन्दैमा फरक हौँ भन्ने हामीले बुझ्नु हुँदैन। हामी पनि त्यही समुदायको, त्यही समाजको हो भनेर भुल्नु हुँदैन। किनभने हामी पनि त्यहीँबाट आएका हौँ।’

मन्त्री चौधरीले न्यून बजेटको कार्यक्रममा पनि समस्या देखाउने प्रवृत्ति रहेको बताइन्। ‘त्यति कम बजेटमा पनि त्यसरी अप्ठ्यारो पारिन्छ। त्यो भनेको काम गर्न नचाहेको हो नि त। यो चिजमा पनि हामीले कसरी तालमेल मिलाउन सकिन्छ। यसमा पनि हामी जोड बलले लाग्न आवश्यक छ जस्तो लाग्छ, उनले भनिन्।

राज्यको स्थायी सरकार कर्मचारी भएको भन्दै उनले राजनीतिक नेतृत्व आउने जाने अवस्था भए पनि काम गर्न चाहनेलाई कर्मचारीले सहयोग गर्नुपर्ने समेत बताइन्। ‘हामीले मुलुकको विकास गर्ने। जनता र देशको पक्षमा काम गर्ने कुरालाई सबैले प्राथमिकतामा राख्नुपर्‍यो। हामी सबै नेपालको जनता भएकाले सबै ९राजनीतिक नेतृत्व र कर्मचारी०ले बराबर प्रतिबद्धता गर्नुपर्छ।’

गत आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा मन्त्रालयको बजेट सिलिङ घटेको भन्दै उनले बजेटका लिमिटेशनका कारण पनि चाहेको कामहरू गर्न कठिनाइ भएको बताइन्। ‘हाम्रो मन्त्रालयसँग सम्बन्धित अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू मात्रै ३र४ वटा रहेका छन्। तर हाम्रो मन्त्रालयसँग बजेट कम छ। तपाईँ हामीले पनि बजेटका लिमिटेशनहरू हामीले बुझ्दैनौँ, उनले भनिन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु

काठमाडौं । भारतको हरियाणामा गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । कुंडली-मानेसर-पलवल हाइवेको नूंह भन्ने स्थानमा...

बालुवाटार पुगे देउवा प्रधानमन्त्रीसँग छलफल गर्न

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।...

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे देउवा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् । माओवादी केन्द्...

१२ वर्षीया बालिका बलात्कारकाे आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ

कञ्चनपुर  । कञ्चनपुरमा बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको ...

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको...

ट्राफिक प्रहरीको लापसे चेकिङ : ६ जना चालकहरू नियन्त्रणमा

काठमाडाैं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।  ...

जिल्ला अस्पताल मुगुमा छैन सिटामोल, सरोकारवाला निकाय बेखबर

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकायले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो...

कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?

काठमाडौं । कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र...

सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै

कैलाली । कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि र पशुपालनमा किसानलाई सघाउँदै आएको छ । आयोजनाले कैलालीमा तीन प...

योगेन्द्र कार्कीको निर्देशनमा भजन 'जे सुख मिल्दछ' सार्वजनिक

काठमाडाैं । ईश्वर मगियाको स्वरमा रहेको भजन गीत ‘जे सुख मिल्दछ’ सार्वजनिक भएको छ । खेमराज केशवशरणको शब्द, नरेन्द्र प्यासीको सङ्गीतमा रहेको भजन गीतको भि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies