Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

सुर्ती नियन्त्रणमा युवा सृजनशील सक्रिय हुँदै

खबरडबली संवाददाता

काठमाडौं ।  युवा सृजनशील समाजले बालबालिकाहरुलाई सुर्ती र धुम्रपानबाट टाढा राख्नका लागि विद्यालयहरुमा सचेतना कार्यक्रम थालेको छ ।  यस क्रममा समाजले शुक्रवार बुद्धनगर आधारभुत विद्यालयमा धुम्रपान तथा सुर्तीजन्य दुव्र्यसनीविरुद्ध सचेतना मुलक कार्यक्रम गरेको हाे । 

कार्यक्रममा गणेशमान सिंह मेमोरियल अस्पतालका डा. आदित्य रंजितले धुम्रपान र सुर्तीसेवनबाट क्यान्सर, मधुमेह, मुटुरोग, दमखोकीलगायतका रोग लाग्ने भएकाले यसबाट समाजलाई बचाउन विद्यार्थीमार्फत घरघरमा सन्देश पुर्याउनुपर्ने बताए । धुम्रपान गर्ने व्यक्तिले आफूलाई मात्र रोगी पार्ने नभइकन सिंगो परिवारलाई र आफू आसपासका व्यक्तिलाई समेत सुर्तीको धुवाँबाट असर गरेर विरामी पार्ने भएकाले सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गर्नुपर्ने धारणा राखे ।

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल,नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्तीमा निकोटिन, टारलगायतका ४० भन्दा वढी किसिमका खतरनाक विषादी हुने भएकाले यसले दीर्घ रोग लाग्ने जानकारी दिए । 

सुर्तीजन्य पदार्थ नियमन ऐनले १६ वर्षमुनिका वालवालिकालाई सुर्ती बेच्न बन्देज लगाएको, विद्यालयको १ सय मिटर वरपरसम्म सुर्ती बेचविखन र सेवन गर्न प्रतिवन्ध लगाएको हुँदा विद्यार्थीहरुले स्थानीय तह, प्रहरी प्रशासनमा उजुरी गर्न अग्रसर हुनुपर्ने बताए ।

सुर्ती सेवनबाट दैनिक ७३ जनाको ज्यान गइरहेको र सुर्तीको धुवाँमा वर्षेनी ४७ अर्ब रुपैयाँ उडिरहेको हुँदा सुर्तीलाई नियन्त्रण गर्नुपर्ने धारणा उनले राखे ।

युवा सृजनशील समाजकी अध्यक्ष शारदा लामाले सुर्तीको लत सानै उमेरदेखि लाग्न सक्ने भएकाले विद्यार्थीहरु यसबाट टाढा रहनुपर्ने दृष्टान्त पेश गरिन् । उनले सुर्तीले आर्थिक, सामाजिक, वातावरणीय क्षय हुने मात्र नभइ भविष्यका कर्णधारहरुको जीवन नै खतरामा पार्ने भएकाले कसैंले भन्दैमा उक्साउँदैमा सुर्ती सेवन त के खरिदसम्म पनि गर्न नहुने स्पष्ट पारिन् ।

काठमाडौं महानगर पालिका वडा नं १० का जनप्रतिनिधि रोहिणी श्रेष्ठले धुम्रपान निषेध गर्न वडा आफै पनि सक्रिय भएर लाग्ने र यसमा सवैको साथ अनि सहयोग आवश्यक रहेको बताइन् ।

बुद्धनगर आधारभुत विद्यालयका अध्यक्ष श्याम तण्डुकारले विद्यालय वरपरको क्षेत्रलाई सुर्तीमुक्त बनाउँदै लानुपर्ने आवश्यकतामाथि जोड दिए । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending