काठमाडौं । युवा सृजनशील समाजले बालबालिकाहरुलाई सुर्ती र धुम्रपानबाट टाढा राख्नका लागि विद्यालयहरुमा सचेतना कार्यक्रम थालेको छ । यस क्रममा समाजले शुक्रवार बुद्धनगर आधारभुत विद्यालयमा धुम्रपान तथा सुर्तीजन्य दुव्र्यसनीविरुद्ध सचेतना मुलक कार्यक्रम गरेको हाे ।
कार्यक्रममा गणेशमान सिंह मेमोरियल अस्पतालका डा. आदित्य रंजितले धुम्रपान र सुर्तीसेवनबाट क्यान्सर, मधुमेह, मुटुरोग, दमखोकीलगायतका रोग लाग्ने भएकाले यसबाट समाजलाई बचाउन विद्यार्थीमार्फत घरघरमा सन्देश पुर्याउनुपर्ने बताए । धुम्रपान गर्ने व्यक्तिले आफूलाई मात्र रोगी पार्ने नभइकन सिंगो परिवारलाई र आफू आसपासका व्यक्तिलाई समेत सुर्तीको धुवाँबाट असर गरेर विरामी पार्ने भएकाले सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गर्नुपर्ने धारणा राखे ।
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल,नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्तीमा निकोटिन, टारलगायतका ४० भन्दा वढी किसिमका खतरनाक विषादी हुने भएकाले यसले दीर्घ रोग लाग्ने जानकारी दिए ।
सुर्तीजन्य पदार्थ नियमन ऐनले १६ वर्षमुनिका वालवालिकालाई सुर्ती बेच्न बन्देज लगाएको, विद्यालयको १ सय मिटर वरपरसम्म सुर्ती बेचविखन र सेवन गर्न प्रतिवन्ध लगाएको हुँदा विद्यार्थीहरुले स्थानीय तह, प्रहरी प्रशासनमा उजुरी गर्न अग्रसर हुनुपर्ने बताए ।
सुर्ती सेवनबाट दैनिक ७३ जनाको ज्यान गइरहेको र सुर्तीको धुवाँमा वर्षेनी ४७ अर्ब रुपैयाँ उडिरहेको हुँदा सुर्तीलाई नियन्त्रण गर्नुपर्ने धारणा उनले राखे ।
युवा सृजनशील समाजकी अध्यक्ष शारदा लामाले सुर्तीको लत सानै उमेरदेखि लाग्न सक्ने भएकाले विद्यार्थीहरु यसबाट टाढा रहनुपर्ने दृष्टान्त पेश गरिन् । उनले सुर्तीले आर्थिक, सामाजिक, वातावरणीय क्षय हुने मात्र नभइ भविष्यका कर्णधारहरुको जीवन नै खतरामा पार्ने भएकाले कसैंले भन्दैमा उक्साउँदैमा सुर्ती सेवन त के खरिदसम्म पनि गर्न नहुने स्पष्ट पारिन् ।
काठमाडौं महानगर पालिका वडा नं १० का जनप्रतिनिधि रोहिणी श्रेष्ठले धुम्रपान निषेध गर्न वडा आफै पनि सक्रिय भएर लाग्ने र यसमा सवैको साथ अनि सहयोग आवश्यक रहेको बताइन् ।
बुद्धनगर आधारभुत विद्यालयका अध्यक्ष श्याम तण्डुकारले विद्यालय वरपरको क्षेत्रलाई सुर्तीमुक्त बनाउँदै लानुपर्ने आवश्यकतामाथि जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: