उदयपुर । कोशी प्रदेश सरकारले उदयपुरको १५ बेड क्षमताको कटारी अस्पताललाई स्तरोन्नति गर्दै ५० बेड क्षमताको बनाउने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
मदन भण्डारी राजमार्ग र सिद्धिचरण राजमार्गमा पर्ने उक्त अस्पतालको स्तरवृद्धी गर्न स्थानीयले माग गर्दै आएका थिए । उक्त अस्पतालमा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, सप्तरी र सिरहाका आधाजसो मानिसले सेवा लिन आउने गरेको कृषि मन्त्री रामकुमार खत्रीले जानकारी दिए । यसैबीच मन्त्रीपरिषद बैठकले इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बुमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ ।
‘पशुपालन व्यवसायलाई निर्वाहमुखीबाट व्यवसायीकीकरण गरी दूध, अण्डा, मासु, उन लगायतका पशुजन्य पदार्थको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन एवम् निर्यात गर्न सक्ने चरणमा पु¥याउने उद्देश्यका विज्ञ केन्द्र तथा अस्पताल निर्माण गर्ने निर्णय गरिएको हो,’ मन्त्री खत्रीले भने, ‘खोरेत, पिपिआर, स्वाइन फिवर, रानीखेत, एचएसबिक्यू लगायतका रोगबाट मुक्त कोशी प्रदेश बनाउने महत्वकांक्षी योजना हामीले बनाएका हौं ।’
उद्योग कृषि तथा सहकारी मन्त्रालयले स्थानीय सरकारसँग हातेमालो गर्दै संघीय सरकार समेतको सहकार्यमा कोशी प्रदेशमा गाई, भैंसी, भेडा, बाख्रा, बंगुर, कुखुरा, याक, नाक, चौरी लगायतका पशु पंक्षीको उत्पादन र उत्पादकत्व बढाउने, स्वरोजगार बढाउने, आयात प्रतिस्थापन गर्ने, निर्यात बढाउन पशु सेवा, पशु स्वास्थ्य, नश्ल सुधार, घाँस उत्पादन क्षेत्र किसानलाई विज्ञ केन्द्र र अस्पतालले सहयोग गर्ने जनाएको छ । ‘नयाँ प्रविधि किसानको गोठमा पु¥याउन, किसानका समस्या अनुसन्धान केन्द्र र सरकारसम्म पु¥याउन सहज होस् भनेर कोशी प्रदेशका १४ जिल्लामै कार्यालय स्थापना गरिने भएको हो’, मन्त्री खत्रीले भने ।
यसअघि कोशीका इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बु जिल्ला भेटेरिनरी अस्पतालबिहीन थिए । प्रदेश स्थापनाको ६ वर्षको अवधिमा भेटेरिनरी सेवालाई पूर्णता दिन आफूहरु सफल भएको मन्त्री खत्रीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - २२:१९
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...
श्रावण ३० गते, २०८३ - २२:१२
सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भ...
श्रावण ३० गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...
श्रावण ३० गते, २०८३ - २१:५९
काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...
श्रावण ३० गते, २०८३ - २१:३६
झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...
श्रावण ३० गते, २०८३ - २१:३१
काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...
श्रावण ३० गते, २०८३ - २१:२३
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...



प्रतिकृया लेख्नुहोस्: