Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको चेतावनी दिएको छ ।   हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम  सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको  छ ।

त्यसैगरी आज राती कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हिउँ पर्ने सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।  देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?

काठमाडौं । कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र...

सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै

कैलाली । कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि र पशुपालनमा किसानलाई सघाउँदै आएको छ । आयोजनाले कैलालीमा तीन प...

योगेन्द्र कार्कीको निर्देशनमा भजन 'जे सुख मिल्दछ' सार्वजनिक

काठमाडाैं । ईश्वर मगियाको स्वरमा रहेको भजन गीत ‘जे सुख मिल्दछ’ सार्वजनिक भएको छ । खेमराज केशवशरणको शब्द, नरेन्द्र प्यासीको सङ्गीतमा रहेको भजन गीतको भि...

ललितपुर मेयरर्स कपको फाइनलमा आज एपीएफ र सुदूरपश्चिम भिड्दै

ललितपुर । जारी ललितपुर मेयरर्स कप महिला टी-२० क्रिकेटको फाइनलमा आज एपीएफ र सुदूरपश्चिम प्रदेश भिड्दै छन् । टियु मैदानमा हुने यो खेल आज बिहान १० बजेदेख...

वीरगन्ज पुगेर एमाले अध्यक्ष ओलीले भने-'गगनको कुरा पत्याउने दुनियाँमा कोही छ ?'

वीरगन्ज ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महामन्त्री गगन थापाको नामै लिएर उनलाई पत्याउने दुनियाँमा कोही नभएको बताअए छन् । एमाले पर्सा...

कांग्रेसलाई आयोग हैन, सरकार चाहिएको छः एमाले अध्यक्ष ओली

बारा । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाली कांग्रेसलाई आयोग नभएर सरकार चाहेको आरोप लगाएका छन् । बाराको प्रसौनी गाउँ...

प्रधानमन्त्री प्रचण्ड र कांग्रेसबीच संसदको गतिरोध अन्त्यका लागि छलफल हुँदै

काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसबीच शनिबार छलफल हुँदैछ। छलफल आज बिहान ९ बजे प्रधानमन्त्री निवा...

माछा मार्ने क्रममा करेन्टलाग्दा संखुवासभामा एकजनाको मृत्यु

संखुवासभा । संखुवासभामा माछा मार्ने क्रममा करेन्ट एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । संखुवासभाको चिचिला गाउँपालिका वडा नम्वर २ स्थित कागुवा खोलामा...

जिपीमा डायलासिस सेन्टर स्थापना गर्न रु एक करोड सहयोग

तनहुँ ।  तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले रु एक...

बसाइँसराइको प्रभावः विध्यार्थी नभएपिछ धमाधम बन्द हुँदै सरकारी विद्यालय

गोरखा  । स्थानीय तहको संरचना बन्नुअघि अजिरकोट गाउँपालिकामा ३७ वटा विद्यालय थिए। सात वर्षको यो अवधिमा १३ वटा बन्द भए । अहिले २४ वटा मात्र विद्यालय सञ्च...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies