काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान अवस्थामा कांग्रेसले सरकारको फेरो समात्न आवश्यक नरहेको औंल्याएका छन्। नेपाल लोकतान्त्रिक खेलकुद संघको १०औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित बृहत् रक्तदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले कांग्रेसले वर्तमान अवस्थामा जनताको माझमा रहेर सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए।
'आज विश्व प्रेस स्वतन्त्रता दिवस पनि हो। स्वतन्त्र प्रेसका प्रति सरकार अनुदार भएर अगाडी बढेको छ। लोकतान्त्रिक पद्धतिमाथि चौतर्फी प्रहार भइरहेको छ। जनताका जनजीवनका सवालमा सरकार बेखवर छ। यतिबेला कांग्रेसले अरूको वैशाखी बन्नु हुँदैन। हामीलाई वैशाखी बनाएर आफ्नो दुनो सोझ्याउन माहिर पश्चगामीहरूलाई अब कांग्रेसले ठिक साइजमा ल्याउने बेला भइसकेको छ। हामी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरौं र २०८४ मा एकल बहुमत ल्याउन सक्ने पार्टी तयार पारौं,' उनले भने।
जहिले जताततै समस्या नै समस्या र निराशा नै निराशा रहेकाले त्यो चिर्नका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने महरको भनाइ छ। 'जताततै आगलागी भएको छ। काठमाडौं विश्वकै एक नम्बर प्रदूषित सहर बनेको छ। जनतालाई श्वास फेर्न नै उकुसमुकुस भइरहेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको छ। सडकको अवस्था दयनीय छ। स्वास्थ्य र शिक्षा तहसनहस अवस्थामा छ। यसलाई सही बाटोमा ल्याउन कांग्रेसले सशक्त र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ,' महरले भने।
गठबन्धन र सत्ता केन्द्रित राजनीतिका कारण जनतामा चरम निराशा छाएको कुरालाई कांग्रेसले नजरअन्दाज गर्न नहुने उनको ठहर छ। यसले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने र धुमिल पानीमा माछा मार्न खोज्नेहरू सक्रिय हुनेतर्फ महरले चिन्ता व्यक्त गरेका छन्।
'त्यसैले अब जनताको चाहनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ। त्यसका लागि १० औं वर्ष प्रतिपक्षमा बस्नुपरे पनि कांग्रेस तयार हुनुपर्छ। यो साढे तीन वर्षको अवधिमा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै पार्टीका बाँकी रहेका कामलाई पनि फत्ते गर्नुपर्छ। त्यसपछि मात्र कांग्रेसप्रति जनताको पुरानो विश्वास फर्किने छ र बहुमत ल्याउनबाट कसैले रोक्न सक्ने छैन,' महरले भने।
यस्तै महरले खेलकुद क्षेत्र कुनै पनि राजनीतिक दलको प्राथमिकतामा नरहेकाले कांग्रेसले प्राथमिकतामा राख्नु पर्ने बताए। विश्व मानचित्रमा देशको पहिचान बढाउन खेलाडीहरूको ठूलो भूमिका रहेकाले उनीहरूलाई प्रेरित गर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने महरको भनाइ छ। सरकारमा रहँदा होस् वा प्रतिपक्षमा हुँदा कांग्रेस सधैँ खेलाडीका पक्षमा जिम्मेवार हुनुपर्ने महरले बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: