काठमाडौं । सामाजिक सञ्जाल र युट्युबमा भेलुबाजेका नामले भाइरल प्युठानका मीनबहादुर बुढाको निधनको कारण कुटपिट भएको खुलासा भएको छ । बिहीबार प्युठान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनको बुटवल लगेर पोस्टमार्टम गरिँदै छ ।
मृत्युको कारण पोस्टमार्टम रिर्पोटमा आउनसक्ने ठानिए पनि चार दिनअघि भेलुबाजेमाथी आक्रमण भएको उनका ज्वाइँ तेजेन्द्र परिवारले बताएका छन् । गीता केसी नाम गरेकी भेलुबाजेकी छिमेकी टिकटक लाइभमा बस्थिन् । उनले आफ्नो लाइभमा भेलुबाजेलाई देखाउँथिन् । उनीसँग कुरा गर्थिन् । गत सोमबार भेलुबाजे र गीता बीच भनाभन हुँदा गीताले भेलुबाजेलाई निर्घात कुटपिट गरेको तेजेन्द्रले आरोप लगाएका छन् ।
‘‘मर्नुअघि उहाँले भन्नुभएको थियो, मलाई गीताले कुटेकी हो भनेर । उहाँ त्यही दिनदेखि बिरामी हुनुभयो । केही खान सक्नुभएको थिएन । घटनाको समयमा उहाँको कमिज पनि च्यातिएर दुई टुक्रा भएको थियो । शरीरमा नीलडाम पनि थियो । टिसर्ट पनि च्यातिएको थियो भन्नुभयो’’ तेजेन्द्रले भने ।
गीताविरुद्ध तेजेन्द्रले जिल्ला प्रहरी कार्यालय प्युठानमा उजुरी दिएका छन् । प्रहरीले भने पोस्टमार्टम रिर्पोटका आधारमा अनुसन्धान अघि बढाउने बताएको तेजेन्द्रले बताए ।
केही महिना अगाडि पनि भेलुबाजे बिरामी भएका थिए । अत्यधिक मादकपदार्थ सेवनको कारण बिरामी परेका उनलाई काठमाडौंमा उपचार गरेर गाउँ फर्काइएको थियो ।
उपचारपछि स्वास्थ्यमा सुधार देखिएको थियो । चार दिनयता खाना खाएका थिएनन् । बिहीबार सास फेर्न समेत सकस भएपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । भेलु बाजेलाई आफन्तले बिहीबार बिहान ११ अस्पताल पुर्याएका थिए । दिउँसो निधन भएको हो । उनकी श्रीमतीको पनि गत भदौमा निधन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - २२:१९
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...
श्रावण ३० गते, २०८३ - २२:१२
सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भ...
श्रावण ३० गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...
श्रावण ३० गते, २०८३ - २१:५९
काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...
श्रावण ३० गते, २०८३ - २१:३६
झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...
श्रावण ३० गते, २०८३ - २१:३१
काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...
श्रावण ३० गते, २०८३ - २१:२३
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...



प्रतिकृया लेख्नुहोस्: