काठमाडौं । सामाजिक सञ्जाल र युट्युबमा भेलुबाजेका नामले भाइरल प्युठानका मीनबहादुर बुढाको निधनको कारण कुटपिट भएको खुलासा भएको छ । बिहीबार प्युठान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनको बुटवल लगेर पोस्टमार्टम गरिँदै छ ।
मृत्युको कारण पोस्टमार्टम रिर्पोटमा आउनसक्ने ठानिए पनि चार दिनअघि भेलुबाजेमाथी आक्रमण भएको उनका ज्वाइँ तेजेन्द्र परिवारले बताएका छन् । गीता केसी नाम गरेकी भेलुबाजेकी छिमेकी टिकटक लाइभमा बस्थिन् । उनले आफ्नो लाइभमा भेलुबाजेलाई देखाउँथिन् । उनीसँग कुरा गर्थिन् । गत सोमबार भेलुबाजे र गीता बीच भनाभन हुँदा गीताले भेलुबाजेलाई निर्घात कुटपिट गरेको तेजेन्द्रले आरोप लगाएका छन् ।
‘‘मर्नुअघि उहाँले भन्नुभएको थियो, मलाई गीताले कुटेकी हो भनेर । उहाँ त्यही दिनदेखि बिरामी हुनुभयो । केही खान सक्नुभएको थिएन । घटनाको समयमा उहाँको कमिज पनि च्यातिएर दुई टुक्रा भएको थियो । शरीरमा नीलडाम पनि थियो । टिसर्ट पनि च्यातिएको थियो भन्नुभयो’’ तेजेन्द्रले भने ।
गीताविरुद्ध तेजेन्द्रले जिल्ला प्रहरी कार्यालय प्युठानमा उजुरी दिएका छन् । प्रहरीले भने पोस्टमार्टम रिर्पोटका आधारमा अनुसन्धान अघि बढाउने बताएको तेजेन्द्रले बताए ।
केही महिना अगाडि पनि भेलुबाजे बिरामी भएका थिए । अत्यधिक मादकपदार्थ सेवनको कारण बिरामी परेका उनलाई काठमाडौंमा उपचार गरेर गाउँ फर्काइएको थियो ।
उपचारपछि स्वास्थ्यमा सुधार देखिएको थियो । चार दिनयता खाना खाएका थिएनन् । बिहीबार सास फेर्न समेत सकस भएपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । भेलु बाजेलाई आफन्तले बिहीबार बिहान ११ अस्पताल पुर्याएका थिए । दिउँसो निधन भएको हो । उनकी श्रीमतीको पनि गत भदौमा निधन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: