काठमाडौं। ‘आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स)’ र ‘पिपुल्स प्लाजा’ ले काठमाडौँ महानगरपालिकालाई अहिलेसम्म बहाल कर नतिरेको भेटियो । यी दुवै प्लाजा वडा नं. २२ मा छन् । आरबी कम्प्लेक्सले सम्पत्ति कर तिरेकै छैन । पिपुल्स प्लाजाले नियमित ३ आर्थिक बर्षको तिरेको छैन । वहाल कर दुवैले तिरेका छैनन् ।
प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको राजस्व स्थलगत सुपरीवेक्षण तथा अनुगमन टोलीले, कम्प्लेक्स सञ्चालकसँग कर सम्बन्धी विवरण माग यस्तो अवस्था देखिएको हो । यसपछि टोलीले, कम्प्लेक्स सञ्चालकलाई ७ दिनभित्र विवरण पेश गर्न र ३५ दिनभित्र वडा कार्यालयमा गएर वक्यौता तिर्न पत्र दियो ।
महानगरपालिकाको राजस्व विभागको ‘अनुगमन टोली परिचालन कार्यक्रम २०८०’ मा ३ प्रकारका राजस्व अनुगमन टोलीहरुको व्यवस्था गरिएको छ । एउटा वडा स्तरीय टोली छ । यसमा जनप्रतिनिधि, कर्मचारी, राजस्व विभागका कर्मचारी रहने व्यवस्था छ । अर्को केन्द्रमा राजस्व विभाग स्तरको टोली । यी दुवै टोलीले गरेका कामको अनुगमन गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा टोलीको व्यवस्था गरिएको छ ।
अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले कम्प्लेक्स सञ्चालकहरुलाई, घर बहालमा लगाउँदा आर्जन हुने आयको १० प्रतिशत बहाल कर स्थानीय सरकारमा बुझाउनु पर्ने कानुनी व्यवस्था भएकोले यसैबमोजिम कर बुझाउन आग्रह गरे ।
अनुगमनका क्रममा वहाल सम्झौता, कर योग्य सम्पत्ति सम्बन्धी विवरण माग गरिएको थियो । आरबी कम्प्लेक्समा करि ३१५ व्यवसायी र पिपुल्स प्लाजामा करिब १६० व्यवसायी छन् ।
महानगरपालिकाले बहाल करलाई व्यवस्थित गर्न तथा बहाल लिने र दिने बिचका सर्त व्यवस्थापन गर्न ‘वहाल व्यवस्था कार्यविधि’ जारी गरेको छ । यसबमोजिम कम्प्लेक्स सञ्चालकले व्यवसायीसँग सम्झौता गरेर आपसमा एक÷एक प्रति लिनुदिनु पर्छ । एक प्रति वडामा बुझाउनु पर्छ । अनुगमनका क्रममा यस व्यवस्थाको पालना पनि हेरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८१ - १३:३६
कांग्रेस र एमालेका नेताहरुलाई बचाउने नाङ्गो भेदभावपूर्ण कार्य बन्द हुन पर्छ
मंसिर २४ गते, २०८१ - १३:३०
बैतडी । वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उ...
मंसिर २४ गते, २०८१ - १३:२८
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । संसारको स...
मंसिर २४ गते, २०८१ - १३:१८
काठमाडौं । असफल सैनिक कानुन जारी गरेर चर्चामा आएका दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले भ्रमण प्रतिबन्ध भोग्नुपर्ने भएको छ । राष्ट्रपति युनमाथि...
मंसिर २४ गते, २०८१ - १३:१४
काठमाडौं। सुनसरी जिल्लाको भोक्राहानरसिँह गाउँपालिका८ सोनियाहीस्थित सीमा ईलाकाबाट करीब ६४ किलोग्राम गाँजा सशस्त्र प्रहरीले मंसिर २४ गते बरामद गरेको छ। ...
मंसिर २४ गते, २०८१ - १३:११
भैरहवा । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको अध्यक्षमा कमल रायमाझी सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको भैरहवामा सम्पन्न आठौं साधारणसभा तथा पाँचौ अधिव...
मंसिर २४ गते, २०८१ - १३:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मानवअधिकार हनन भएको भनेर आयोगमा पुगेको उजुरीको सम्बन्धमा छलफल गर्न नेपाल प्रहरीका महानि...
मंसिर २४ गते, २०८१ - १२:५१
काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले चीन सरकारसँग भएको बीआरआई फ्रेमवर्कमा अनुदान नै प्राथमिकतामा परेको भन्दै खुसी व्यक्त गरेको छ । आज बसेको ने...
मंसिर २४ गते, २०८१ - १२:४८
सर्लाही । सर्लाहीबाट प्रहरीले एकथान पेस्तोल सहित एकजना पकााउ परेकाा छन्् । पक्राउउ र्नेमा जिल्लकोे बलरा नगरपालिका–६ मिर्जापुर बस्ने १९ वर्षीय गोलु भन...
मंसिर २४ गते, २०८१ - १२:४४
काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट करिब ५ सय ५८ ग्राम सुन सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ...
प्रतिकृया लेख्नुहोस्: