काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज पहिलोपटक भारत लखनऊ र त्यहाँबाट नयाँदिल्ली ‘डाइभर्ट’ हुँदा यात्रुले पाउनुसम्म सास्ती पाए । १ मे बुधबार बिहान ६ बजेर १० मिनेटमा काठमाडौं अवतरण गर्नुपर्ने टर्किसको ए३३० (टीके ०७२६) जहाज काठमाडौंको आकासमाथि आइसकेको थियो ।
तर, जहाजमा प्राविधिक समस्या आएको भन्दै दुईचार फन्का घुमाएर चालकदलले लखनऊ डाइभर्ट गरे । अर्को दिन अर्थात् आज बिहीबार लखनऊबाट काठमाडौंका लागि उडेको सोही जहाज पुनः दिल्ली डाइभर्ट भयो । त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जहाजमा प्राविधिक समस्या आएपछि भारत डाइभर्ट भएको हो ।
यात्रुहरूका अनुसार जहाजमा चालकदलले भने ‘काठमाडौं विमानस्थलमा समस्या आएको’ भन्दै अनाउन्स गरेका थिए । सोही जहाजमा यात्रा गरिरहेका डा. अनुप सुवेदीले समेत सामाजिक सन्जाल एक्समार्फत यसबारे जानकारी गराएका छन् । डा. सुवेदीका अनुसार लखनऊमा ग्राउन्ड स्टाफसँग कुरा गर्दा जहाजको नेभिगेसन प्रणालीमा समस्या आएको पुष्टि भएको थियो ।
बिहीबार लखनऊबाट काठमाडौंका लागि उडेको यो जहाज पुनः दिल्ली डाइभर्ट गरिएको थियो । यात्रुले विनायोजना जहाजले लखनऊ र दिल्ली डाइभर्ट गरेको र रोकिएको स्थानमा आधारभूत सुविधासमेत उपलब्ध नगराइ सास्ती दिएको गुनासो गरेका छन् ।
टकिर्सले बिहीबार आफ्नो जहाज काठमाडौं ल्याएन । बरु अन्य जहाजमा सिट हेर्दै एकेक गरी काठमाडौं पठाइरहेको समेत डा सुवेदीले जानकारी दिएका छन् । ‘जहाजभित्र बालबालिका सहित यात्रु भोकै थिए, तर विनाजानकारी लखनऊबाट दिल्ली लगियो र लामो समय जहाजभित्रै राखियो,’ डा। सुवेदीले लेखेका छन्, ‘अन्तिममा चालकदलले गाडी तयार रहेको र आ–आफ्ना सामान बोकेर जहाजबाट बाहिरिन आदेश दियो । तर, कहाँ जाने र अर्को योजना के हो भन्ने कुनै जानकारी दिइएन ।’
उनका अनुसार त्यसपछि सबै यात्रुलाई गाडीमा राखेर दिल्ली विमानस्थलको टर्मिनल ३ को एउटा हलमा लगेर ६ घण्टा राखिएको थियो । ‘हामीसँग मुद्रा सटही गर्ने पहुँच पनि थिएन । जसले गर्दा केही किनेर खान पाइएन,’ उनले लेखेका छन्, ‘बिहान ३÷४ बजे खाएको एउटा स्यान्डविच वा केकको भरमा रहेका सयौं यात्रु त्यति लामो समय भोकभाकै बस्नुप¥यो ।’
यसबारे टर्किसका कर्मचारीलाई कम्तीमा पानी र खाना उपलब्ध गराउन आग्रह गर्दा उनीहरूले भारतीय नियामक निकायले अनुमति नदिएको भन्दै पन्छिएको सुवेदीले उल्लेख गरेका छन् । त्यसपछि टर्किसका कर्मचारीले नेपालबाहेक यात्रुलाई एकेक गरी अन्य जहाजमार्फत काठमाडौं पठाइरहे पनि नेपालीलाई भने त्यतैको होटलमा बास बस्ने व्यवस्था मिलाएको सुवेदीले लेखेका छन् ।
‘सास्ती दिएको १५ घण्टापछि टर्किस एयरलाइन्सले होटलमा लगेर एक छाक खाना खान दियो,’ डा. सुवेदीले लेखेका छन्, ‘पैसा जोगाउने कस्तो काइदा टर्किस एयरलाइन्स !’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - २२:१९
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...
श्रावण ३० गते, २०८३ - २२:१२
सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भ...
श्रावण ३० गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...
श्रावण ३० गते, २०८३ - २१:५९
काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...
श्रावण ३० गते, २०८३ - २१:३६
झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...
श्रावण ३० गते, २०८३ - २१:३१
काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...
श्रावण ३० गते, २०८३ - २१:२३
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...



प्रतिकृया लेख्नुहोस्: