Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

काठमाडौं आइसकेको टर्किसको जहाज लखनऊ र त्यहाँबाट दिल्ली डाइभर्ट हुँदा यात्रुलाई सस्ती

खबरडबली संवाददाता

काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज पहिलोपटक भारत लखनऊ र त्यहाँबाट नयाँदिल्ली ‘डाइभर्ट’ हुँदा यात्रुले पाउनुसम्म सास्ती पाए ।  १ मे बुधबार बिहान ६ बजेर १० मिनेटमा काठमाडौं अवतरण गर्नुपर्ने टर्किसको ए३३० (टीके ०७२६) जहाज काठमाडौंको आकासमाथि आइसकेको थियो ।

तर, जहाजमा प्राविधिक समस्या आएको भन्दै दुईचार फन्का घुमाएर चालकदलले लखनऊ डाइभर्ट गरे । अर्को दिन अर्थात् आज बिहीबार लखनऊबाट काठमाडौंका लागि उडेको सोही जहाज पुनः दिल्ली डाइभर्ट भयो ।  त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जहाजमा प्राविधिक समस्या आएपछि भारत डाइभर्ट भएको हो ।

यात्रुहरूका अनुसार जहाजमा चालकदलले भने ‘काठमाडौं विमानस्थलमा समस्या आएको’ भन्दै अनाउन्स गरेका थिए । सोही जहाजमा यात्रा गरिरहेका डा. अनुप सुवेदीले समेत सामाजिक सन्जाल एक्समार्फत यसबारे जानकारी गराएका छन् । डा. सुवेदीका अनुसार लखनऊमा ग्राउन्ड स्टाफसँग कुरा गर्दा जहाजको नेभिगेसन प्रणालीमा समस्या आएको पुष्टि भएको थियो ।

बिहीबार लखनऊबाट काठमाडौंका लागि उडेको यो जहाज पुनः दिल्ली डाइभर्ट गरिएको थियो । यात्रुले विनायोजना जहाजले लखनऊ र दिल्ली डाइभर्ट गरेको र रोकिएको स्थानमा आधारभूत सुविधासमेत उपलब्ध नगराइ सास्ती दिएको गुनासो गरेका छन् ।

टकिर्सले बिहीबार आफ्नो जहाज काठमाडौं ल्याएन । बरु अन्य जहाजमा सिट हेर्दै एकेक गरी काठमाडौं पठाइरहेको समेत डा सुवेदीले जानकारी दिएका छन् ।  ‘जहाजभित्र बालबालिका सहित यात्रु भोकै थिए, तर विनाजानकारी लखनऊबाट दिल्ली लगियो र लामो समय जहाजभित्रै राखियो,’ डा। सुवेदीले लेखेका छन्, ‘अन्तिममा चालकदलले गाडी तयार रहेको र आ–आफ्ना सामान बोकेर जहाजबाट बाहिरिन आदेश दियो । तर, कहाँ जाने र अर्को योजना के हो भन्ने कुनै जानकारी दिइएन ।’

उनका अनुसार त्यसपछि सबै यात्रुलाई गाडीमा राखेर दिल्ली विमानस्थलको टर्मिनल ३ को एउटा हलमा लगेर ६ घण्टा राखिएको थियो ।  ‘हामीसँग मुद्रा सटही गर्ने पहुँच पनि थिएन । जसले गर्दा केही किनेर खान पाइएन,’ उनले लेखेका छन्, ‘बिहान ३÷४ बजे खाएको एउटा स्यान्डविच वा केकको भरमा रहेका सयौं यात्रु त्यति लामो समय भोकभाकै बस्नुप¥यो ।’

यसबारे टर्किसका कर्मचारीलाई कम्तीमा पानी र खाना उपलब्ध गराउन आग्रह गर्दा उनीहरूले भारतीय नियामक निकायले अनुमति नदिएको भन्दै पन्छिएको सुवेदीले उल्लेख गरेका छन् ।  त्यसपछि टर्किसका कर्मचारीले नेपालबाहेक यात्रुलाई एकेक गरी अन्य जहाजमार्फत काठमाडौं पठाइरहे पनि नेपालीलाई भने त्यतैको होटलमा बास बस्ने व्यवस्था मिलाएको सुवेदीले लेखेका छन् ।

‘सास्ती दिएको १५ घण्टापछि टर्किस एयरलाइन्सले होटलमा लगेर एक छाक खाना खान दियो,’ डा. सुवेदीले लेखेका छन्, ‘पैसा जोगाउने कस्तो काइदा टर्किस एयरलाइन्स !’’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हात्ती धपाउन झापामा अत्याधुनिक ‘ड्रोन’को प्रयोग

काठमाडौं । मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरी वन क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले साइरनजडित अत्याधुनिक ड्रोनको प्...

आइतबारसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं ।  नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको छ । आजको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए ।...

न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन्। १६ औँ...

छलफलका लागि प्रधानमन्त्री प्रचण्डले बाेलाए कांग्रेसलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्रीले आज साँझ ६ बजे प्रमुख प्रतिपक्षी दल नेपा...

संसद बैठकमा गृहमन्त्रीलाई बोल्न दिनुपर्ने पक्षमा राप्रपा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृ...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छुः उपसभामुख राना

काठमाडौं । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन द...

बस्दै नबसी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । दलहरु आ-आफ्नो रणनीति बनाउन छलफलमा जुटेपछि बैठक स्थगित भएको हो ।...

आगलागी पिडितलाई राहत वितरण

कञ्चनपुर । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाकाका आगलागी पिडित जयदेब ठगुन्नासहित ५ जनाको परिवारलाई राहत वितरण गरिएको छ । सशस्त्र प्रहरी...

एलियन बने कार्तिक आर्यन

काठमाडौं। वर्षको सबैभन्दा ठूलो फुटबल महोत्सव ‘युइएफए युरो २०२४’ अर्को महिनादेखि सुरु हुँदैछ । यसअघि सोनी स्पोर्ट्स नेटवर्कले प्रवद्र्धनात्मक अभियान सु...

देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा जनता समाजवादी पार्टी, नेपालका नेताहरु पनि सहभागी भएका छन् ।  ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies