सल्यान । महिला र युवाहरुको सक्रिय सहभागिता मार्फत समावेशी र दिगो समाज स्थापनाका लागि सल्यानमा समुदायलाई परिचालन गरिने भएको छ । जिल्लाका ६ वटा वडामा सामाजिक र आर्थिक न्यायका लागि समुदाय परिचालन परियोजना सुरु भएको हो ।
छत्रेश्वरी गाउँपालिकामा विहिबार यस परियोजनाको जिल्ला नेतृत्वकर्ता दलित विकास समाजले परियोजनाको परिचयात्मक कार्यक्रम गर्दै शासन संरचनामा युवा तथा महिलाको सहभागिता बढाएर उनिहरुको सामाजिक र आर्थिक स्थितिमा सुधार ल्याउने उद्देश्य सहित कार्यक्रम सुरु भएको जनाएको हो । परियोजनाका जिल्ला संयोजक उमेश खरेलले छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ तथा कपुरकोट गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ मा सामाजिक र आर्थिक न्यायका लागि समुदाय परिचालन परियोजना लागू भएको जानकारी दिए ।
छत्रेश्वरीको भोटेचौरमा भएको परियोजना परिचयात्मक कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जनप्रतिनिधीसंगको प्रभावकारी समन्वयमा नतिजा देखिने गरी काम गर्न परियोजनालाई आग्रह गरे । उनले आफ्नो गाउँपालिकामा जनप्रतिनिधी तथा कर्मचारीले तनमनका साथ काम गरेकाले राम्रा उपलब्धी देखिदै गएको भन्दै छत्रेश्वरीको विकासका लागि यस परियोजनाले योगदान पुर्याउने विश्वास व्यक्त गरे । यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले सामाजिक र आर्थिक न्यायका लागि सबै वडामा परियोजनाका कार्यक्रम लैजानुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा परियोजनाका जिल्ला संयोजक खरेल संगै क्लिन अफ नेपालका परियोजना संयोजक श्रवण बस्नेत, सोसेक नेपालका परियोजना संयोजक द्रोण जिसीले पनि प्रस्तुतीकरण गर्दै सञ्चालन हुने क्रियाकलापको बारे अवगत गराएका थिए । गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेत, निमित्त प्रमुख प्रशासकीय अधिकृत केशरीदेवी भट्टराई, कार्यपालिका सदस्यहरु तिला घर्ती र तुल्सा विक, वास संयोजक निमराज केसीले विभिन्न सुझाव प्रदान गरेका थिए । दलित विकास समाज सल्यानका संस्थापक अध्यक्ष निम बहादुर नेपाललीले प्राप्त सुझावलाई ग्रहण गर्दै सबै सरोकारवालासंगको समन्वयमा कार्यक्रम सञ्चालन गरिने बताए ।
स्थानीय सरकार संगै दलित विकास समाज सल्यान र आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको साझेदारीमा अन्य विषयगत क्षेत्रमा कार्यरत संस्थाहरु क्लीन अफ नेपाल, युवालय र सोसेक नेपालको सहभागितामा परियोजना अन्तर्गत विभिन्न क्रियाकलाप सञ्चालन हुने परियोजनाका जिल्ला संयोजक खरेलले जनाए ।
उनका अनुसार गाउँपालिकाबाट वितरण हुने सामाजिक, आर्थिक र जलवायु न्याय सम्बन्धी सेवा र स्रोतहरूमा समान पहुँचको लागि युवा, महिला र उनीहरूका समुदायमा आधारित समुहलाई संगठित गर्दै परिचालन गरिने छ । यस्तै जलवायु उत्थानशीलतामा आधारित जीविकोपार्जनका क्रियाकलापहरु कार्यान्वयन गर्न महिला र युवाहरूको क्षमता अभिवृद्धिका कार्यक्रम र आर्थिक न्याय, सामाजिक न्याय र जलबायु उत्थानशिलता सम्बन्धि स्थानिय निति निर्माणका लागि वकालत तथा पैरवी गरिने पनि बताइएको छ ।
दलित विकास समाज सल्यानका कार्यवाहक अध्यक्ष हेमराज विकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन परियोजनाका छत्रेश्वरी गाउँपालिका परिचालक लिला वली परियारले गरेकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - २२:१९
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...
श्रावण ३० गते, २०८३ - २२:१२
सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भ...
श्रावण ३० गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...
श्रावण ३० गते, २०८३ - २१:५९
काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...
श्रावण ३० गते, २०८३ - २१:३६
झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...
श्रावण ३० गते, २०८३ - २१:३१
काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...
श्रावण ३० गते, २०८३ - २१:२३
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...



प्रतिकृया लेख्नुहोस्: