Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोग

खबरडबली संवाददाता

एजेन्सी । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको छ । 

उक्त सहयोग आर्थिक सङ्टकसँग जुध्न, जीविकोपार्जन परियोजना प्रदान गर्न, अफगान महिलाहरूलाई सहयोग गर्न, जलवायु परिवर्तनलाई सम्बोधन गर्न तथा आप्रवासीहरूलाई सहयोग गर्न प्रयोग गरिने विश्व बैंकले जनाएको छ । 

परियोजना सन् २०२२  मा ग्रामीण र सहरी क्षेत्रमा आजीविका सहयोग र सेवाहरू प्रदान गर्न, महिला र सबैभन्दा कमजोरका लागि सामाजिक अनुदानलाई समर्थन गर्न र समावेशी सेवा वितरणका लागि सामुदायिक संस्थाहरूलाई सुदृढ पार्न एआरटीएफबाट २६ करोड ५०  लाख डलरको अनुदानका साथ सुरु भएको बैंकको विज्ञप्तिमा उल्लेख छ । 

अर्थ मन्त्रालयले विश्व बैंकको सहयोगलाई स्वागत गर्दै आर्थिक विस्तार र परियोजना संशोधनहरूलाई सहयोग गर्न सक्ने बताएको छ, जसको परिणामस्वरूप देशको रोजगारी सिर्जनामा योगदान पु्ग्नेछ । 

परियोजनाको कार्यान्वयनले रोजगारी सिर्जना गर्न, सहरी र ग्रामीण क्षेत्रमा सेवा वितरणमा सुधार ल्याउन तथा आप्रवासी समस्यालाई सम्बोधन गर्न सक्ने तालिबानी अर्थ मन्त्रालयका प्रवक्ता अब्दुल रहमान हबीबले बताए । 

यसैबिच, काबुलका नागरिकहरूले हालको परिस्थितिलाई ध्यानमा राख्दै अझ बढी सहयोग आवश्यक रहेको बताउदै यसलाई खुल्लारुपममा दिनुपर्ने माग राखेको टोलो न्यूजले जनाएको छ । 

अफगानीस्तानमा मानिसहरू गरिब तथा निराश्रित भई महिनामा तीन दिन मात्र काम पाउने अवस्थामा छन् । काबुलका बासिन्दा उमर अलीले  आफ्नो घरमा दस जना आश्रित भएको तथा डेढ वर्षदेखि भाडाका लागि ऋणमा डुबेको बताए । 

तालिबानले अफगानिस्तानमा अधिकार पुनः प्राप्त गरेपछि विश्व बैंकसहित अधिकांश अन्तर्राष्ट्रिय संस्थाहरूले अफगानिस्तानमा काम गर्न छोडेका छन् । यी संस्थाहरूको पुनः सञ्चालनले अफगान अर्थतन्त्रलाई बढावा दिने अनुमान गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पर्सालाई पूर्ण खोप युक्त जिल्ला घोषणा

वीरगञ्ज । पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय पर्साले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा ...

सफा हिमाल अभियानले दुई मानव अस्थिपञ्जर भेटायो

काठमाडौं । नेपाली सेनाको अगुवाइमा सञ्चालन भई रहेको सफा हिमाल अभियानमा सहभागी टोलीले सगरमाथाको चौथो क्याम्प बाट १ (एक) वटा तथा ल्होत्से हिमालको शिखर नज...

अछामको एक कपडा पसलमा आगलागी

धनगढी । अछामको एक कपडा पसलमा आगलागी भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका–७ नन्देगडाका जमुना देवी दमाईंको कपडा पसलमा आगलागी भएको हो । सुदूरपश्चिम प्...

सुनसरीमा एक युवकमाथि प्रहरीले चलायो गोली

काठमाडौं । सुनसरीमा प्रहरीले लागूऔषध कारोबारी युवतीमाथि गोली हानेर नियन्त्रणमा लिएको छ । रामधुनी नगरपालिका-६ मा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्र...

शुक्रबार बिहान कांग्रेस संसदीय दलकाे बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले शुक्रबार बिहान ८: ३० बजे संसदीय द...

द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बेइजिङ आगमनपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देशबीचको द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन संयु...

सुडानमा खाद्यसङ्कट पर्ने संयुक्त राष्टसङ्घीय अधिकारीको चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले बुधबार सुडानका युद्धग्रस्त क्षेत्रहरूमा अनिकालका कारण जीवन बचाउ...

उत्तरी गाजामा पाँच सैनिक मारिएको इजराइली सेनाको स्पष्टोक्ति

एजेन्सी । इजराइली सेनाले बिहीबार उत्तरी गाजा पट्टीमा पाँच जना सैनिक मारिएको बताएको छ । उक्त स्थानमा हमास लडाकुहरू विरुद्ध सात महिनाभन्दा बढी समयदेखि न...

जेठ १६ देखि शिल्पी थिएटरमा नाटक ‘अग्निचक्षु’ मञ्चन हुने

काठमाडौं । नाटक ‘अग्निचक्षु’ यही जेठ १६ गतेदेखि काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । साइलेन्ट एक्टको प्रस्तुतिमा मञ्चन हुने ...

अब संसदीय छानबिन समिति बन्दैन: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय छानबिन समिति नबन्ने बताएको छ । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदैँ रास्वपाका सांसद म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies