Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

सत्तारूढ दलमा असन्तुष्टि बढ्दा गठबन्धन खुकुलाे बन्दै

खबरडबली संवाददाता

काठमाडौं। सत्तारूढ गठबन्धन खुकुलो बन्दै गएको छ। सत्तारूढ दलमै रहेका नेताहरूले तीव्र रूपमा असन्तुष्टि पोखिरहेका छन्। गठबन्धन फेरि कतिखेर टुट्ने र नयाँ गठबन्धन बन्ने त्यसको टुंगो छैन। नेताहरूको आपसी तालमेल नमिल्दा गठबन्धनभित्रै असन्तुष्टि बढ्दै गएको हो।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा) मिलेर गठबन्धन बनेको छ। नेपाली कांग्रेससँगको सहकार्य तोडेर नयाँ गठबन्धन बनेदेखि नै गठबन्धनभित्र असन्तुष्टि रहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१ फागुनमा कांग्रेससहितका दलको गठबन्धन तोडेका थिए। एमालेसहितका दलहरू मिलेर नयाँ गठबन्धन बनेपछि नेताहरूमा तालमेल मिल्न सकेको छैन। हुन त एमालेसहितका दलसँग यसअघि बनेको गठबन्धन प्रधानमन्त्री प्रचण्डले नै तोडेर कांग्रेससँग गठबन्धन बनाएका थिए।

अहिलेको गठबन्धनमा सबैभन्दा बढी असन्तुष्टि एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पोखिरहेका छन्। सार्वजनिक कार्यक्रममै उनले गठबन्धन फुट्नेगरी अभिव्यक्ति दिइरहेका छन्। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको तालमेल मिल्न नसक्दा गठबन्धन जतिखेर पनि टुट्नसक्ने र कांग्रेससँग नयाँ गठबन्धन बन्ने अवस्थामा पुगेको छ। गठबन्धनमा रहेका नेता असन्तुष्टि हटाउने र मिलेर अगाडि बढ्ने विषयमा गम्भीर देखिएका छैनन्।

गत १० वैशाखमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले वर्तमान गठबन्धन’bout आशंका व्यक्त गर्दै गठबन्धन जतिखेर पनि टुट्नसक्ने अभिव्यक्ति दिएका थिए। अध्यक्ष नेपालले अहिलेको राजनीति जटिल भएको बताउँदै वर्तमान गठबन्धन लामो समय जानेमा आशंका व्यक्त गरेका थिए।

‘परिस्थिति जटिल छ, छोटो समयभित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ, यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुंगो छैन, त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुहुनेछ, मैले दिन सक्दिनँ,’ नेकपा एसका अध्यक्ष नेपालले भने, ‘तर पनि अलिअलि भन्न सक्छु, परिस्थिति सहज छैन, हामी सहज मानिरहेका छैनौं, सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौं।’ त्यसपछि पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले यस विषयमा गम्भीर छलफल गरेका छैनन्।

बुधबार पार्टीको १०औं चितवन जिल्ला अधिवेशनको कार्यक्रमका लागि चितवन पुगेका अध्यक्ष नेपालले त्यस्तै अभिव्यक्ति दिएका छन्। एकीकृत समाजवादी गठबन्धन सरकारमा सामेल भए पनि मनमा चैन नभएको नेपालले बताए। चितवनमा समेत उनले गठबन्धन कुन दिनमा के हुने हो भन्ने स्थिति नरहेको टिप्पणी गरेका छन्।

‘अहिले हामी यस गठबन्धनमा छौं, अलि चैन भइराखेको छैन, मनको चैन भइराख्या छैन, व्यवहारमै होला समस्या, अब कुन दिनमा के भइहाल्ने हो भन्ने स्थिति छैन,’ अध्यक्ष नेपालले भने, ‘धेरै भनौं पत्रिकामा छापिइहाल्छ फेरि ’ अध्यक्ष नेपालले विगतमा गरेका गल्तीबाट सुध्रिए वामपन्थी एकताको विषयमा कुनै आपत्ति नरहेको बताउँदै एकीकृत समाजवादी पार्टीले कुनै आग्रह पालेर नबसेको बताए। गठबन्धनमा सहभागी दलका नेताहरूले गरिरहेको व्यवहार, सहकार्य, छलफल प्रभावकारी नभएकाले उनले यस्तो टिप्पणी गर्दैआएका छन्।

यस्तै, सरकारद्वारा आयोजित लगानी सम्मेलन सत्ता पक्षले प्रभावकारी भएको बताउँदै गर्दा अध्यक्ष नेपालले नेपालमा लगानी गर्नका लागि उत्साहित हुने वातावरण नभएको टिप्पणी गरेका थिए। सत्तारूढ दल एवं सरकारमा रहेका मन्त्रीहरूले लगानी सम्मेलन पूर्णरूपमा सफल भएको र लगानीकर्ता नेपालमा लगानी गर्न उत्साही भएको बताउँदै गर्दा सत्तारूढ दल गठबन्धनमै रहेका नेपालले यस्तो टिप्पणी गर्नुले उनी असन्तुष्ट रहेको स्पष्ट हुन्छ।

सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धनका लागि सहज वातावरण बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै अध्यक्ष नेपालले नेपालमा अनावश्यक पैसाको खर्च र गुन्डागर्दीबाट बचाउने हो भने जति पनि लगानी गर्न आफूहरू इच्छुक रहेको विदेशी लगानीकर्ताहरूले आफूलाई समेत भन्ने गरेको बताएका थिए।

‘हाम्रो मुलुकमा किन उत्पादन बढिरहेको छैन ? लगानी किन प्रवद्र्धन भइरहेको छैन ? स्वदेशी र विदेशी लगानीकर्ता लगानी गर्न चाहन्छन् तर लगानी गर्न आउनेहरू उत्साहित हुँदैनन्, कारण के हो ? त्यसको खोजी गर्नुपर्‍यो,’ अध्यक्ष नेपालले भने, ‘मसँगै भनेका छन् कतिले कि हामी नेपाललाई कुनै नोक्सान नहुनेगरी, नोक्सान हामी बेहोर्नेगरी विभिन्न कारखाना खोल्न चाहन्छौं, तर हामीलाई गुन्डाबाट बचाउनुपर्‍यो, डनबाट जोगाउनुपर्‍यो, अनावश्यक पैसाको खर्च हुने कुराबाट जोगाउनुपर्‍यो, हामीलाई अरू किसिमको झन्झटबाट मुक्त गरिदिनुपर्‍यो।’

सत्तारूढ गठबन्धनमै रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले वैशाख महिनामै विभिन्न तीन छुट्टाछुट्टै कार्यक्रममा यस्तो अभिव्यक्ति र असन्तुष्टि दिँदैगर्दा त्यस’बारेमा गठबन्धनभित्र गम्भीर छलफल भएको देखिँदैन।

नयाँ गठबन्धन बनेपछि कतिपयले विभिन्न किसिमको असन्तुष्टि व्यक्त गर्दैै अर्को नयाँ गठबन्धन बनाउने ’boutमा छलफल पनि आन्तरिक रूपमा गर्दै आएका छन्। तर, कुनै ठोस निष्कर्षमा पुग्न नसकेका कारण नेताहरूले मुख खोलेका छैनन्। सुदूरपश्चिम प्रदेशको सरकार बनाउने समयमै एकीकृत समाजवादीले मुख्यमन्त्री नपाएपछि कांग्रेससँग मिलेर अगाडि बढ्न खोजेको थियो। तर, समयमै प्रचण्ड र ओलीले निर्णय सच्याएर एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिएपछि गठबन्धन जोगिएको थियो।

यहीबीचमा एमाले र कांग्रेस नेताहरूका बीचमा समेत राजनीतिक स्थायित्वका लागि सहकार्य गर्ने ’boutमा छलफल भएको थियो। आन्तरिक रूपमा छलफल भए पनि बाहिर एवं सार्वजनिक कार्यक्रममा एमाले नेताहरूले अहिलेकै गठबन्धनको पक्षमा रहेको र सरकार बदल्ने पक्षमा नरहेको अभिव्यक्ति दिइरहेका छन्।

कतिपयले अहिलेको गठबन्धनमा रहेका एकीकृत समाजवादी, जसपाले सरकार छोडेर कांग्रेस र केही अन्य साना दल मिलेर नयाँ गठबन्धन बनाउने चर्चासमेत भइरहेको बताउने गरेका छन्। एकीकृत समाजवादीलाई विश्वासमा लिएर अन्य दलसँग छलफल अगाडि बढाउने पक्षमा कांग्रेस सभापति शेरबहादु देउवा देखिएका छन्।

कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, लोसपाको ४ र नागरिक उन्मुक्तिको ४ सिट जोड्दा १ सय ३८ सिट हुन्छ। जनमोर्चा र स्वतन्त्र सांसद पनि वैकल्पिक गठबन्धनमा सहभागी हुने आँकलन नेताहरूको छ। तर, वर्तमान गठबन्धन कति र कहिलेसम्म टिक्ने हो ? त्यो प्रचण्ड र ओलीको निर्णय र व्यवहारमै भरपर्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending