मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग भएको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिको दुई दिने तेस्रो अधिवेशन एवं मिडिया सम्मेलनको उद्घाटन गर्दै उनले पत्रकारले लोकतन्त्र ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र कलमलाई निरन्तरता दिई यसको जगेर्ना गर्नुपर्ने जिम्मेवारी रहेको विचार राखे ।
मुख्यमन्त्री कार्कीले सरकारलाई खबरदारी गर्ने र समाजलाई सकारात्मक बाटोमा लैजानु पत्रकारको दायित्व भएको बताए । प्रजातन्त्रमा पत्रकारको भूमिका महत्वपूर्ण र अपूरणीय रहेकाले यसलाई राष्ट्रको चौथो अङ्गको रुपमा परिभाषित गरिएको विचार उनले राखे ।
मुख्यमन्त्री कार्कीले भने, “विकासलाई जनताको समृद्धिसँग जोड्नुपर्छ भनेर प्रदेशका गरिब एवं जेहेन्दार विद्यार्थीलाई चिकित्सक, इन्जिनीयरलगायत विविध क्षेत्रमा निःशुल्क अध्ययनका लागि बजेट एवं कार्यविधि तयार गरेको छु । मुख्यमन्त्री कार्कीले मध्यावधि निर्वाचन रोक्नका लागि विधानभन्दा माथि संविधानको प्रयोग गरेर आफू मुख्यमन्त्री भएकाले संविधानले दुई वर्षसम्म विश्वास मत लिनुपर्दैन भनेर किटान गरेको दाबी गरे ।
प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले सञ्चारकर्मीले सरकारले गरेको असल कामको प्रशंसा र खराब कामको खबरदारी गर्नुपर्छ भन्दै सञ्चार क्षेत्रको विकास र पत्रकारको वृत्ति विकासमा सरकारको साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । महासङ्घकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले आर्थिक समस्याले ग्रस्त सञ्चारकर्मी सञ्चार क्षेत्रबाट पलायन हुने कार्यलाई रोक्न महासङ्घको नेतृत्व संवेदनशील हुनु जरुरी रहेको धारणा राखिन ।
महासङ्घ प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गाना, प्रदेश उपाध्यक्ष हिमाकुमारी चेम्जोङ, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका प्रदेश अध्यक्ष सन्तवीर लामा, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेल, प्रदेश उपाध्यक्ष सुमन पुरी, नेपाल प्रेस युनियनका प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, महासङ्घका केन्द्रीय सदस्यद्वय अमर खड्का, इकवाल अहमद, प्रदेश समितिका सल्लाहकार मोहनकाजी न्यौपाने, अनिता बराल, गिरिराज भट्टराई र महासङ्घ प्रदेशका महासचिव विवेक गौतमले सञ्चारकर्मीलाई निर्धारण गरिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने, पत्रकारको सुरक्षाप्रति सरकार संवेदनशील हुनुपर्ने धारणा राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: