काठमाडौं । क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सका संस्थापक तथा पूर्व सीईओ चाङपेङ झाओलाई चार महिनाको जेल सजाय सुनाइएको छ ।
झाओलाई अमेरिकी सम्पत्ति शुद्धीकरण विरोधी कानूनको उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गरिएको छ । अमेरिकी जिल्ला अदालतका न्यायाधीश रिचर्ड जोन्सले यो सजाय सुनाएका हुन् ।
अदालतले क्रिप्टोकरेन्सी एक्सचेन्जमा ४.३२ बिलियन डलर जरिवाना पनि लगाएको छ । जबकि, झाओले ५० मिलियन डलर जरीवानाका साथै युएस कमोडिटी फ्युचर्स ट्रेडिङ कमिसनलाई ५० मिलियन डलर तिरिसकेका छन् ।
विनान्सलाई अपराधीहरूलाई फाइदा हुने ‘वाइल्ड वेस्ट’ मोडल अपनाएको आरोप लागेको थियो । यस मोडल मार्फत हमास, अल-कायदा र इस्लामिक स्टेट लगायतका ठूला आतंकवादी संगठनहरूको एक लाख संदिग्ध लेनदेन रिपोर्ट गरिएका थिए ।
झाओको एक्सचेन्जले बाल यौन दुर्व्यवहार सामग्रीको व्यापारलाई समर्थन गरेको आरोप लगाइएको छ । झाओले अदालतमा भनेका थिए- 'मलाई माफ गर्नुहोस्, म विश्वास गर्छु कि जिम्मेवारी लिने पहिलो चरण गल्तीहरू पूर्ण रूपमा पहिचान गर्नु हो । यहाँ म एन्टि मनी लान्ड्रिङ ऐन लागू गर्न असफल भएँ, त्यो गल्तीको गम्भिरता महसुस गरेको छु ।'
झाओ क्रिप्टो बजारमा CZ को रूपमा चिनिन्छन् । झाओ जेल जाने अमेरिका र सम्भवतः संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । ब्लूमबर्गका अनुसार झाओको कुल सम्पत्ति करिब ४३ अर्ब डलर रहेको छ ।
गत वर्ष नोभेम्बरमा अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्यान्डले विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सलाई ४.३ अर्ब डलर जरिवाना लगाएका थिए । त्यसपछि झाओले आफ्नै कम्पनीबाट राजीनामा दिनुपरेको थियो । साथै आगामी ३ वर्षसम्म कम्पनीमा कुनै पनि व्यवस्थापकीय पदमा बस्न प्रतिबन्ध लगाइएको छ ।
बिनान्स २०१७ मा सुरु भएको थियो । बिनान्ससँग यसको इकोसिस्टममा धेरै क्रिप्टो एक्सचेन्जहरू छन् जुन यसले अधिग्रहण र निर्माण गरेको छ । यस बाहेक, यसको आफ्नै क्रिप्टोकरेन्सी, धेरै क्रिप्टो वालेटहरू र नयाँ क्रिप्टोकरन्सीहरू सुरू गर्न लन्चप्याड पनि छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: