Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

इलामले नेपालको राजनीतिमा कांग्रेस र एमालेनै मेनस्ट्रिमका पार्टी हुन् भन्ने प्रमाणित गरेको छः रामहरि खतिवडा

उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सम्म ठिक हुन्छन्

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले इलाम र बझाङमा भएको उपनिर्वाचनले देशमा कांग्रेस र एमाले नै मुलधारका पार्टीहरु हुन् भन्ने प्रमाणित गरेको बताएका छन् । सांसद खतिवडाले उपनिर्वाचनको मत परिणामले यो कुरा प्रमाणित गरेको बताएका हुन्।

‘निर्वाचन परिणामले अहिलेका धेरै क्रान्तिकारीहरुलाई पनि ठेगानमा ल्याइदिएको र नेपालमा राजनीति गरेका दुईवटा पार्टीहरु नेपाली कांग्रेस र नेकपा (एमाले) नै मेनस्ट्रिमका पार्टी हुन् भन्ने अहिले प्रमाणित भएकोउनले बताए ।  । 

निर्वाचनले धेरै क्रान्तिकारीहरुलाई पनि ठेगानमा ल्याइदिएको उनको टिप्पणी थियो। उनले ईलाममा एमाले महागठबन्धन बनाएर निर्वाचनमा गएकाले जित हासील गर्न सफल भएको जिकिर गरे। 

उनले भने ‘हिजो हाम्रो गठबन्धन थियो थोरै मतले पराजित भएका थियौँ। अहिले गठबन्धनले जितेको छ, इलामको चुनावमा हामी कमजोर भएका छैनौँ। कांग्रेस त्यहाँ कमजोर छैन। उहाँहरुको माओवादी केन्द्र, नेपाल परिवार दल, नेपाल कम्युनिस्ट पार्टी सबैसँग महागठबन्धन नै थियो। महागठबन्धनले जितेको छ।’  

उनले हार व्यहोरेपनि नेपाली कांग्रेसको मत कमजोर नभएको उल्लेख गरे। सम्मानजनक मत आएको उनको दाबी थियो।

‘नेपालको राजनीतिमा अहिले एउटा भाष्य निर्माण भएको छ। दुई वटा पार्टी स्थापित भएका छन्। अहिले चटकेहरु बिस्तारै साइडमा आएका छन्। ०८४ सालसम्म चटके ठिक हुन्छन्।’ सांसद खतिवडाले भने।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending