Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

क्षमताभन्दा तेब्बर बढी भएपछि ५७ कैदीबन्दी स्थानान्तरण

खबरडबली संवाददाता

चितवन । जिल्ला कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेपछि ५७ जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । वैशाख ११ गतेदेखि १३ गतेसम्म चार जिल्लामा रहेका विभिन्न कारागारमा उनीहरुलाई स्थानान्तरण गरिएको हो । 

कार्यालय प्रमुख कमलप्रसाद आचार्यका अनुसार ३० जना भीमफेदी कारागार कार्यालय मकवानपुर, १० जना वीरगञ्ज कारागार, नौ जना नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम), आठ जनालाई सर्लाहीमा स्थानान्तरण गरिएको छ । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको उनले बताए । 

अहिले कारागार कार्यालय चितवनमा सात सय ३० जना कैदीबन्दी छन् । दुई सय ५५ जना पुरुष कैदीबन्दीको क्षमता रहेको बन्दीगृहमा अहिले छ सय ९० जना र २५ जना क्षमता रहेको महिला बन्दीगृहमा ३९ जना छन् । उनीहरुसँग आश्रित चार जना बालबालिका छन् । 

“बढ्दो गर्मी र कैदीबन्दीको चापका कारण सरुवा रोगको समस्या हुने भएकाले उनीहरुलाई स्थानान्तरण गरिएको हो”, प्रमुख आचार्यले भने । यस कारगारमा छिमेकी जिल्ला नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)बाट समेत कैदीबन्दी आउने हुँदा चाप बढ्ने गरेको उनको भनाइ छ  । उनका अनुसार यस आर्थिक वर्षमा पटक–पटक गरी एक सय चार कैदीबन्दी स्थानान्तरण गरिएको छ । 

‘प्यारोल’ अन्तर्गत पाँच जना कैदी रिहा 

कारागारमा कैद भुक्तान गर्दै आएका पाँच जना कैदी रिहा भएका छन् । कारागार व्यवस्थापन विभागले ‘प्यारोल’ अन्तर्गत रिहा गर्न प्रक्रिया सुरु गर्ने परिपत्र पठाएअनुसार उनीहरु रिहा भएका हुन् । प्रमुख आचार्यका अनुसार उनीहरुलाई जिल्ला अदालत चितवनको आदेशमा वैशाख १६ गते रिहा गरिएको हो । रिहा हुनेमा चितवनका चार जना र मकवानपुरका एक जना छन् । 

जिल्लामा पहिलोपटक सुरु भएको यो प्रक्रियामा कैद अवधिमा दुई तिहाइ भुक्तान गरेपछि तोकिएको मुद्दामा चालचलन राम्रो भएका कैदीलाई प्यारोलअन्तर्गत रिहा गरिएको उनले बताए । रिहा भएका कैदी घर गएर बस्न र घरायसी काम गर्न पाउने भए पनि जिल्ला बाहिर जाँदा कारागार प्रशासनसँग अनुमति लिएर जानुपर्ने हुन्छ । 

उनीहरु हरेक १५/१५ दिनको फरकमा कारागार प्रशासनमा तारेखका लागि आउनुपर्ने हुन्छ । प्यारोल अधिकृतको निगरानीमा रहने गरी उनीहरुलाई रिहा गरिएको उनले बताए । उनले भने, “निश्चित सर्तको अधिनमा कैदीलाई रिहा गरिन्छ । सर्त उल्लङ्घन भएमा पुनः कारागारमा ल्याई बाँकी कैद भुक्तान गराइन्छ ।”

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ अनुरुप ‘प्यारोल’ कार्यविधि पास भएसँगै ०८० कात्तिक १ देखि कार्यान्वयनमा आएपनि जिल्ला पहिलोपटक अभ्यास गरिएको हो ।

फौजदारी कसुर सजाय निर्धारण ऐन, २०७४ को दफा ३९ को व्यवस्थाअनुसार सरकारले जन्मकैद, भ्रष्टाचार, जबर्जस्ती करणी मानव बेचबिखन, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण, क्रूर अमानवीय यातना, मानवताविरूद्धको अपराध, राज्यविरूद्धको अपराधबाहेक एक वर्षभन्दा बढी कैद सजाय पाएका असल आचरण भएका कैदीलाई दुईतिहाइ कैद भुक्तान गरेपछि प्यारोलमा राख्न सकिने छ । 

प्यारोलको सुविधा पाउनेले समाजमा बस्दाको अवधि समेत कैद भुक्तान भएको मानिने छ । गत पुसदेखि कार्यान्वयनमा आएको प्यारोल सुविधा नेपालको जेल प्रणालीमा नयाँ प्रयोग हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: