Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

पाकिस्तानमा भारी वर्षाका कारण अप्रिलमा कम्तीमा १४३ जनाको मृत्यु

खबरडबली संवाददाता

एजेन्सी । पाकिस्तानमा अप्रिल महिनामा चट्याङ र अन्य आँधीबेहरीजन्य घटनामा परी कम्तीमा १४३ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । अप्रिल महिनामा अचानक आएको बाढी, पहिरो र खराब मौसमका कारण केही क्षेत्रमा घरहरू भत्किएका थिए भने केहीमा बालीनाली नष्ट भएको थियो । 

पाकिस्तानको मौसम विज्ञान विभागका प्रवक्ता जहीर अहमद बाबरले भने, “अप्रिलमा पाकिस्तानमा सामान्य स्तरभन्दा १६४ प्रतिशत बढी वर्षा भएको छ, जुन निकै असामान्य छ ।” “हामीले जलवायु परिवर्तनको प्रत्यक्ष परिणामको रूपमा यी अनियमित मौसमी स्वरूपहरू देखेका छौं,” उनले भने । 

पाकिस्तान अप्रत्याशित मौसमको साथै सामान्यतया जुलाईमा हुने प्रायः विनाशकारी मनसुनी वर्षाको लागि बढ्दो जोखिममा छ । अप्रिलमा सबैभन्दा बढी मृत्यु उत्तरपश्चिमी खैबर पख्तुनख्वामा थियो । यस राज्यमा ३८ बालबालिकासहित ८३ जनाको मृत्यु भएको थियो भने तीन हजार ५०० भन्दा बढी घरहरू क्षतिग्रस्त भएका थिए । 
प्रान्तको विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता अनवर शहजादले एएफपीसँग भने, “छाना भत्किएर र पहिरोका कारण उनीहरूको मृत्यु भएको हो ।”

देशको सबैभन्दा बढी जनसङ्ख्या भएको पञ्जाब प्रान्तको केही उत्तरी भागमा असिना र पानीले मुख्य खाद्यान्नमध्येको गहुँ बाली सखाप पारेको छ । वातावरणविद् मरियम शब्बीर अब्बासीले एएफपीसँग कुरा गर्दै भने, “समग्र मौसमको ढाँचा लगभग डेढ महिना पछि परिवर्तन भएको छ, र हामीले अभूतपूर्व वर्षाका कारण हुने क्षतिबाट बच्न कृषि क्षेत्रका लागि हाम्रो क्यालेन्डर परिवर्तन गर्नुपर्छ ।

यस महिनाको सुरुमा अधिकारीहरूले पञ्जाबमा गहुँ काट्ने किसानसहित कैयौँ व्यक्तिको चट्याङ लागेर मृत्यु भएको र वर्षासँग सम्बन्धित विभिन्न घटनामा २१ जनाको मृत्यु भएको बताएका थिए ।

गत अप्रिलमा बलुचिस्तान प्रान्तमा २१ जनाको मृत्यु भएको थियो । यी मध्ये चट्याङ लागेर सात जनाको मृत्यु भएको थियो भने वर्षाका कारण केही जिल्लामा जनजीवन अस्तव्यस्त हुनुका साथै विद्यालयहरू बन्द भएका थिए ।

पाकिस्तान प्रशासित काश्मिरको दक्षिणी सिन्ध प्रान्तमा आएको बाढीका कारण भएका १४ जनाको मृत्यु भएको छ भने सडक दुर्घटनामा परी बाढी र बर्षाका कारण भएका सडक दुर्घटनामा अन्य चार जनाको मृत्यु भएको छ ।

सन् २०२२ को ग्रीष्मऋतुमा पाकिस्तानको एक तिहाइ भूभाग अभूतपूर्व मनसुनी वर्षाका कारण डुबानमा परेको थियो जसका कारण लाखौं मानिस विस्थापित हुनुका साथै देशलाई ३० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको विश्व बैङ्कको अनुमान छ ।

यस महिना देशका धेरै भागहरूमा भारी वर्षा भइरहेका बेला सबैभन्दा ठूलो शहर कराँचीमा आइतबार वर्षकै सबैभन्दा गर्मी दिन भएको छ र तापक्रम ३७ डिग्री सेल्सियस (९९ डिग्री फरेनहाइट) पुगेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending