Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

बाँझो जग्गामा खेती गर्नेलाई प्रोत्साहन

खबरडबली संवाददाता

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । गाउँपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान कार्यक्रम सञ्चालन गरिएको हो । 

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले विशेष गरेर रैथानेबाली लगाउने किसानलाई प्रोत्साहन गर्न अनुदानका कार्यक्रम सञ्चालन गरिएको बताए । उनले भने– “रैथाने बाली उत्पादनमा प्रोत्साहन गर्न अनुदानका कार्यक्रम सञ्चालन गरेका हौँ, बाँझो जमिनलाई सदुपयोग गर्ने किसानलाई ५० प्रतिशत अनुदान दिनेछौँ ।” 

बाँझो जमिनमा खेती गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा रु पाँच लाख विनियोजन गरेको छ । किसानलाई अनुदानका लागि वडा कार्यालयमार्फत माग फारम भर्न आग्रह गरिएको छ । कार्यक्रमअनुसार साना सिचाँइका लागि अनुदान प्रदान गर्न लागिएको हो । 

बाँझो जग्गामा खेती गर्ने किसानलाई सिँचाइ र कृषि  औँजारमा अनुदान दिइने गाउँपालिकाले जनाएको छ । इच्छाकामना गाउँपालिकामा रहेका बाँझो जमिनको तथ्याङ्क सङ्कलन गरी थप अनुदानका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष गुरुङको भनाइ छ । उनले भने, “गाउँपालिकाभर कति बाँझो जग्गा छ, तथ्याङ्क सङ्कलन गर्दैछौँ, सोही आधार आगामी आर्थिक वर्षमा अनुदानका थपका कार्यक्रम सञ्चालन गर्ने छौँ ।”

गाउँपालिका कृषि शाखा प्रमुख आशिष त्रिपाठीका अनुसार इच्छाकामनामा कोदो, घैया धान, गहुँ जौ, सामा, काउनो लगायतका रैथाने बालिको राम्रो उत्पादन हुन्छ । तर पछिल्लो समय  किसानले यी बालीको खेती गर्न छाडेका कारण  प्रोत्साहनका  लागि अनुदानका कार्यक्रम सञ्चालन गरिएको  उनले बताए । 

रैथाने बालीमार्फत इच्छाकामनालाई आत्मनिर्भर बनाउन सकिने प्रमुख  त्रिपाठीको  भनाइ छ ।  अनुदानका कार्यक्रमले रैथाने बाली उत्पादनमा किसानलाई प्रोत्साहन मिल्ने उनको विश्वास छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: