काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबै राष्ट्रबादी शक्तिहरु एकजुट भएर अघि बढ्ने बारे नयाँ शिरा बाट सोच्नुपर्नेमा जोड दिएका छन् । आज पार्टीको तराई मधेस र पुर्बान्चल क्षेत्रका पदाधिकारी सदस्य तथा जिल्ला अध्यक्षहरुको भर्चुअल बैठकमा बोल्दै थापाले यस्ताे बताएका हुन् ।
उनले मुलुकले बलियो राष्ट्रबादि प्रजातान्त्रिक शक्ति खोजिरहेको भन्दै अहिलेको मुलुकको दुराबस्थाबाट पार पाउन ठुलो छातिका साथ राष्ट्रबादी शक्ति निर्माणमा जुट्नु पर्ने बताए । पद,प्रतिष्ठा, स्वार्थ र महत्वाकांक्षालाई बिसर्जन गर्दै देश र जनता जोगाउने अभियानमा केन्द्रित हुनुपर्ने समय आएको समेत थापाले बताए ।
वर्तमान भ्रष्ट व्यवस्था प्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढीरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्न ढिला गर्न नहुने भन्दै उनले आफू र राप्रपा नेपाल त्यसको लागि सकारात्मक भुमिका निर्बाह गर्न तयार रहेको समेत उल्लेख गरे । अहिलेको भ्रष्टतन्त्र र मनपरिलाई रोक्न आन्दोलनले मात्र सक्ने भन्दै थापाले समान बिचार भएका शक्ति एकै ठाउँमा आई आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
ईलाममा पार्टी संगठन कमजोर रहेको ,प्रचार अभियान प्रभावकारी नभएको र साधन श्रोतको अभाबले थोरै भोट आउनु स्वभाविक भएको समेत उनले बताए । बैठकमा पार्टीका बिभिन्न पदाधिकारी र जिल्ला अध्यक्षहरुले आफ्नो धारणा राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: