सल्यान । फिनल्यान्ड राजदुतावासका विशेष सल्लाहकार नेतृत्वको टोली र सल्यानको छत्रेश्वरी गाउँपालिकाका पदाधिकारी विच खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम सन्दर्भमा अन्तरक्रिया भएको छ ।
छत्रेश्वरी गाउँपालिकाको भ्रमणमा आएका फिनल्यान्ड राजदुतावासका विशेष सल्लाहकार डाक्टर पल्लव नेपाल सहितको टोलीसंग सोमबार गाउँपालिकामा सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) परियोजना प्रभावकारी रुपमा सञ्चालन गर्ने विषयमा अन्तरक्रिया र छलफल भएको हो ।
परियोजना अन्तर्गतका योजना, कृयाकलाप र कार्यक्रमहरुको अवस्था, गुणस्तरीय र पारदर्शी काम, आइपरेका समस्या एवम समाधानको बिषय तथा आगामी योजनाका बारे गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले भ्रमण टोलीसंग छलफल गरेको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए ।
भ्रमण टोलीसंगै रहेको सुस्वा परियोजनाका अनुगमन तथा समन्वय बिज्ञ विमल कुमार शर्मा, सुशासन बिज्ञ निराजन श्रेष्ठ, वास सल्लाहकार राज कुमार डिसी लगाएतले छलफलमा भाग लिदै खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रको हालको अवस्थालाई उल्लेख्य सुधारका लागि सुस्वा परियोजनाका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए । गाउँपालिकाको भ्रमणमा आएको टोलीलाइ ढांका टोपी र पुष्प गुच्छाले स्वागत गरिएको थियो ।
छत्रेश्वरी गाउँपालिका, नेपाल सरकार, फिनल्याण्ड सरकार, युरोपियन यूनियनसंगको साझेदारीमा सञ्चालित सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) परियोजना अन्तर्गत खानेपानी तथा सरसफाई क्षेत्रको समस्या समाधान गर्न योजना तथा कार्यक्रम सञ्चालन भैरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: