Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

‘सुस्वा’ अन्तर्गतका योजना प्रभावकारी बनाउन अन्तरक्रिया

खबरडबली संवाददाता

सल्यान  । फिनल्यान्ड राजदुतावासका विशेष सल्लाहकार नेतृत्वको टोली र सल्यानको छत्रेश्वरी गाउँपालिकाका पदाधिकारी विच खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम सन्दर्भमा अन्तरक्रिया भएको छ । 

छत्रेश्वरी गाउँपालिकाको भ्रमणमा आएका फिनल्यान्ड राजदुतावासका विशेष सल्लाहकार डाक्टर पल्लव नेपाल सहितको टोलीसंग सोमबार गाउँपालिकामा सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) परियोजना प्रभावकारी रुपमा सञ्चालन गर्ने विषयमा अन्तरक्रिया र छलफल भएको हो ।

परियोजना अन्तर्गतका योजना, कृयाकलाप र कार्यक्रमहरुको अवस्था, गुणस्तरीय र पारदर्शी काम, आइपरेका समस्या एवम समाधानको बिषय तथा आगामी योजनाका बारे गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले भ्रमण टोलीसंग छलफल गरेको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए । 

भ्रमण टोलीसंगै रहेको सुस्वा परियोजनाका अनुगमन तथा समन्वय बिज्ञ विमल कुमार शर्मा, सुशासन बिज्ञ निराजन श्रेष्ठ, वास सल्लाहकार राज कुमार डिसी लगाएतले छलफलमा भाग लिदै खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रको हालको अवस्थालाई उल्लेख्य सुधारका लागि सुस्वा परियोजनाका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए । गाउँपालिकाको भ्रमणमा आएको टोलीलाइ ढांका टोपी र पुष्प गुच्छाले स्वागत गरिएको थियो ।

छत्रेश्वरी गाउँपालिका, नेपाल सरकार, फिनल्याण्ड सरकार, युरोपियन यूनियनसंगको साझेदारीमा सञ्चालित सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) परियोजना अन्तर्गत खानेपानी तथा सरसफाई क्षेत्रको समस्या समाधान गर्न योजना तथा कार्यक्रम सञ्चालन भैरहेका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending