रामेछाप । जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ । रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषक रामकुमार कार्कीको बगैँचामा रहेका जुनारका बोटमा नम्बरिङ गरी जुनारको बोटमा ट्याग लगाउन थालिएको हो ।
स्थानीय विपीन भट्टराईले भने, “जुनारको बोटमा ट्याग लगाएर नम्बरिङ गरेपछि आफ्नो बगैँचामा कति बोट जुनार छन् भन्ने किसालाई यकीन हुने र कति नं बोटको जुनार कस्तो फल्यो, बोट तथा उमेरअनुसार फल दियो कि दिएन भन्ने कुरालाई सहज बनाउनेछ । त्यसैगरी कुन बोटमा कस्तो रोग लागेको छ त्यसलाई के उपचार गर्न सकिन्छ भन्नेजस्ता कुराहरुको जानकारी यो ट्यागले दिने भएको हुँदा यो आवश्यकता महसुस गरेर जुनार कृषकले आफ्नै लगानीमा जुनारका बोटमा ट्याग लगाउन सहज होस् भनी यो अभियान थालिएको हो ।”
त्यतिमात्र होइन जुनार कृषक घर नभएको अवस्थामा प्राविधिक पुगे भने पनि यति नं को बोटमा यस्तो रोग लागेको छ भनेर टेलिफोनबाट पनि भन्न र उपचार गराउन सकिन्छ । यसरी ट्याग लगाउँदा जुनारलाई ब्राण्डिङ र बजारीकरणमा पनि सहज हुने भएकाले जानकारको अनुरोधमा आफूले यो कार्यको सुरुआत गरेको ओख्रेनीका जुनार कृषक कार्कीले बताए ।
सो नगरपालिकालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जुनार जोनका रुपमा काम गर्दै आइरहेको छ । जुनारको पहिचान बनाउन सफल बन्दै गएको यस जिल्लाका सबै जुनार बगैँचामा यसरी ट्याग लगाउने तयारी भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख थिरलाल गैरेले बताए ।
अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञानकेन्द्रको प्राविधिक सहयोगमा ट्याग लगाउने काम सुरु भएको हो । यसपछि कुन बोटमा कस्तो जुनार फलिरहेको छ भन्ने कुरा मोबाइलमा स्क्यान गरेर थाहा पाउने प्रविधि पनि भित्र्याउने तयारी पनि भइरहेको प्रमुख गैरेले बताए ।
अहिले सुरुआतीको चरणमा कृषकलाई सहज होस् भनेर आफूले एकमा ट्याग निःशुल्करुपमा जुनार कृषकलाई उपलब्ध गराएको रामेछाप–काठमाडौँ सिर्जनशील समाजका अध्यक्ष तथा स्थानीय विपीन भट्टराईले बताए ।
ट्याग लगाउने कामको शुभारम्भ गदै रामेछापका नगर प्रवक्ता समीर कार्कीले रामेछाप नगर क्षेत्रभित्रका सबै जुनारका रुखमा ट्याग लगाउने कार्य आगामी आर्थिक वर्षबाट कार्यान्वयन हुनेगरी नगरपालिकाले पनि योजनामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: