Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

माओबादीको ‘पूर्वेली संगठन सुदृढीकरण अभियान’सुरु

खबरडबली संवाददाता

काठमाडाैं ।  सत्तारुढ दल नेकपा (माओबादी केन्द्र)को ‘पूर्वेली संगठन सुदृढीकरण अभियान ०८१’ शनिबारदेखि सुरु भएको छ । प्रदेश नं. १ कमिटीको निर्देशन अनुसार ०८१ वैशाख १५ गतेदेखि असार १५ सम्म सञ्चालन हुने अभियान उदयपुरका ८ स्थानीयतहसहित प्रदेश १ का १४ वटै जिल्लामा एकैचोटी सुरु भएको हो । 

उदयपुरका ४ नगर र ४ गाउँपालिकामा एकैचोटी अभियानको सुरुवात भएको जिल्ला पार्टीले जनाएको छ । जस अनुसार त्रियुगा नगरपालिकाको अभियानको उद्घाटन वैकल्पिक केन्द्रीय सदस्य तथा अभियानका लागि तोकिएका त्रियुगा नगर इञ्चार्ज मोहन खत्री र केन्द्रीय सल्लाहकार मीनबहादुर ज्युठकुरीले गरे । त्रियुगा बसपार्कस्थित सहिद स्मृति प्रतिष्ठानको सभाकक्षमा सुरु अभियान उद्घाटनमा नगरपालिकाभित्र क्रियासिल केन्द्रीय, प्रदेश, जिल्ला र नगर पदाधिकारी, जनबर्गीय संगठनहरु, जातीय मोर्चाहरु सबैक्षेत्रबाट प्रतिनिधित्व भएको नगर कमिटी अध्यक्ष मानबहादुर राईले बताए । 

अध्यक्ष राईका अनुसार यसअघि नेताहरुले मात्र बोल्ने र कार्यकर्ताले सुन्ने परम्परा तोड्दै यो अभियानको सुरुमा कार्यकर्ताले बोल्ने र नेताले उनीहरुको कुरा सुनेर जिम्मेबारपूर्वक जवाफ दिने परिपाटी सुरु गरिएको छ । जस अनुसार नेताहरुभन्दा अगाडि विभिन्न जनबर्गीय संगठनका अगुवाहरु, मोर्चाका पदाधिकारी तथा पार्टी कमिटीका जिम्मेबार दर्जनलाई बोल्ने अवसर दिइएको थियो । 

कार्यक्रममा त्रियुगा नगर ईञ्चार्ज बिमल किराती, १४ का वडाध्यक्ष हिमराज मगर, १५ का वडाध्यक्ष गणेश तिमसिना, १६ का अगुवा कार्यकर्ता कमल कटुवाल, अखिल नेपाल शिक्षक संगठनका नगर अध्यक्ष प्रल्हाद खतिवडा, सामी अध्यक्ष धनबहादुर मोते, दलित अगुवाहरु लिलबहादुर विक र मिश्रीलाल सदालगायत १२ जना सहभागीहरुले कुरा राखेका थिए । 

उनीहरुको कुरा सुनिसकेपछि सल्लाहकार ठकुरी, इञ्चार्ज खत्री र अध्यक्ष राईले जवाफी मन्तव्य राखेका थिए । नेताहरु बैठकमा उठेका सवालको जवाफ दिदै पार्टीको नीति, सिद्धान्त र अभियानको उदेश्य तथा अभियानको कार्यतालिका, जनप्रतिनिधि र सरकारको काम, कर्तव्य र अधिकार तथा संगठन निर्माण र जनताका सवाललगायत विषयमा प्रशिक्षणात्मक भनाई राखे । केन्द्रीय सल्लाहकार ठकुरीले नेता कार्यकर्ताहरुलाई समस्यामुखी नभई समाधानमुखी भएर अघि बढ्न सुझाएका थिए । 

ठकुरीले पार्टीभित्र एकले अर्काको खुट्टा तान्ने प्रबृत्ति भाँगिएको तथा गुट उपगुट मौलाएको विषयमा प्रष्ट्याउँदै कम्युनिष्ट पार्टीहरु भनेकै द्वन्द्वात्मक भौतिकबादी सिद्धान्तमा आधारित भएकाले आन्तरिक बिबाद, बहस र बिमती हुनु स्वभाविक भएको बताए । उनले द्वन्द्वात्मक भौतिकबादी भएकैले अरुको कमजोरी औँल्याउनु सिद्धान्तभित्रकै कुरा भएको भन्दै कमजोरी देखाउँदैमा बोलचालै बन्द गर्ने, भेटघाट र हेराहेर नै नगर्ने व्यवहार कम्युनिष्ट आचरणविरुद्ध भएको हुनाले सुधार्दै जान आग्रह गरे । 

युद्धकलाको राजनीतिमा अगुवा पार्टी माओबादी संसदीय राजनीतिमा आएपछि कमजोर हुँदै गएको स्वीकार्दै नेता ठकुरीले तर, अहिले सिंगो देशमा माओबादी एजेण्डा लागू भईरहेकोमा गर्व गर्नुपर्ने बताए । देशमा अहिले लागू भईरहेको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेसी समानुपातिक व्यवस्था सबै माओबादीकै एजेण्डा भएको भन्दै ठकुरीले अरु दलहरुले त्यसबाट फाईदा लुटिरहे पनि माओबादी पछि पर्दै गएको बताए । माओबादीले जनयुद्धकालमा उठाएका सबै एजेण्डलाई सार्थक बनाउन पार्टी नेतादेखि कार्यकर्तासम्म एकजुट भएर अघि बढ्न ठकुरीको आग्रह थियो । 

त्यसैगरी कार्यक्रममा इञ्चार्ज खत्रीले गत भदौ १६ देखि पुस १५ सम्म देशभर सञ्चालन भएको ‘जनतासँग माओबादी विशेष रुपान्तरण अभियान ०८०’को निरन्तरताकै सिलसिलामा प्रदेश कमिटीले यो अभियान थालेको बताए । माओबादी पार्टी उदयपुरमा बृहत र संगठित रहेको भन्दै उनले तर, आवक्ता अनुसार सक्रिय नभएकाले अव उम्दा संगठन निर्माण गर्न अभियानमा युद्धस्तरले लाग्न उनको जोड थियो । अभियानले पार्टी केन्द्रदेखि प्रदेश, जिल्ला, स्थानीयतह, वडा र सेल कमिटीसम्म तथा सबै जनवर्गीय संगठनमा आबद्ध नेता कार्यकर्तालाई उर्जा भर्ने अपेक्षा साथ होमिन पनि खत्रीको आग्रह थियो । 

नगर अध्यक्ष मानबहादुर राईको अध्यक्षता र सचिव कुरुङराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा दिवङ्गतसदस्यहरु त्रियुगा १६ का पार्टी अध्यक्ष पदमबहादुर रखाल मगर, वाईसिएल सदस्य बबित दनुवार र पुराना अगुवा कार्यकर्ता नरबहादुर बिकप्रति शोक प्रस्ताव पारित गरिएको थियो । 

उदयपुरका ८ वटै स्थानीयतहमा अभियान 

त्रियुगासँजै बेलका नगरपालिकामा केन्द्रीय सदस्य मणि खम्बु किराती नेतृत्वमा अभियानको सुरुवात भएको छ । त्यस्तै चौदण्डीगढी नगरपालिकामा जिल्ला समन्वय कमिटी सचिव किरण राईको अगुवाईमा अभियान थालिएको छ भने कटारी नगरपालिकामा केन्द्रीय सदस्य भेषकुमारी राउतको इचार्जसिपमा शनिबारै अभियान सुरु भएको छ । 

त्यसैगरी गाउँपालिकातर्फ रौतामाईमा बैकल्पिक केन्द्रीय सदस्य केपी बरालको नेतृत्वमा, ताप्लीमा जिल्ला समन्वय संयोजक बिनोद कटुवालको नेतृत्वमा अभियानको थालनी भएको छ । उदयपुरगढी गाउँपालिकामा प्रदेश सदस्य द्रोण पौडेलको अगुवाईमा र लिमचुङबुङमा अर्का प्रदेश सदस्य काजीमान तनामाङको इञ्चार्जसिममा अभियानको सुरुवात भएको पार्टीले जनाएको छ । 

अभियान सफल बनाउन तयारी बैठकहरु गर्ने क्रममा पार्टीले केन्द्र, प्रदेश, जिल्ला हुँदै वडा र सेल कमिटीमा आबद्ध नेता कार्यकर्तादेखि विभाग सदस्यहरुलाई परिचालन गर्ने जनाएको छ । त्यस्तै महिला, विद्यार्थी, वाईसिएल ९युवा०, मजदुर, शिक्षक, कर्मचारी, पत्रकार र विदेशबाट फर्केका ९रिटर्नी०लगायत सम्पूर्ण जनवर्गीय संगठनमा आबद्ध, जातीय मोर्चादेखि जेष्ठ नागरिक मञ्चसम्ममा आबद्ध नेता कार्यकर्तालाई परिचालन गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न कांग्रेस नेता रिजालको सुझाव

काठमाडौं  । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन्। शनिबार काठमाड...

आरजे इन्टरटनमेन्टले शुरुवातमै ल्यायो प्रियंकाको गीत

काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की अभिनित रोमान्टिक गीत ‘कालोकालो कपालमा खैरो कलरलाकी’ सार्वजनिक गरिएको हो । राजनराज सिवाकोटीको शब्द, संगीत, स्वर र...

तराईमा साउदी कतार जत्तिकै उच्च गर्मी, अझै केहीदिन ४० डिग्री आपसाप रहने

काठमाडौं । आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ ।  आज पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा म...

गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु

काठमाडौं । भारतको हरियाणामा गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । कुंडली-मानेसर-पलवल हाइवेको नूंह भन्ने स्थानमा...

बालुवाटार पुगे देउवा प्रधानमन्त्रीसँग छलफल गर्न

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।...

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे देउवा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् । माओवादी केन्द्...

१२ वर्षीया बालिका बलात्कारकाे आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ

कञ्चनपुर  । कञ्चनपुरमा बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको ...

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको...

ट्राफिक प्रहरीको लापसे चेकिङ : ६ जना चालकहरू नियन्त्रणमा

काठमाडाैं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।  ...

जिल्ला अस्पताल मुगुमा छैन सिटामोल, सरोकारवाला निकाय बेखबर

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकायले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies