Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

इरानद्वारा ऐतिहासिक इस्लामिक नेतालाई लिएर इजिप्टको टिभी नाटकमाथि प्रतिबन्ध

खबरडबली संवाददाता

एजेन्सी । इरानी अधिकारीहरूले ऐतिहासिक ‘विकृति’ र ‘पक्षपातपूर्ण दृष्टिकोण’ लाई लिएर मध्ययुगीन एक फारसी व्यक्तित्व चित्रित गर्ने इजिप्टको टिभी शृङ्खलामाथि प्रतिबन्ध लगाएको सरकारी सञ्चारमाध्यमले आइतबार बताएको छ । 

‘द एसान्सिस’ (अरबी भाषामा एल–हशाशिन) ले ११औँ शताब्दीमा रक्तपातपूर्ण राजनीतिक हत्याका लागि परिचित शिया मुस्लिम सम्प्रदायका विवादास्पद संस्थापक हसन–इ सब्बाहको कथा बताउँछ । 

उत्तरी र पश्चिमी इरानका पहाडी आधारहरूबाट सञ्चालन गर्ने सब्बाह र उनका हत्याराहरूको समूहका बारेमा ३०–इपिसोडको शृङ्खला पहिलो पटक यस महिनाको प्रारम्भमा समाप्त भएको पवित्र मुस्लिम महिनामा प्रसारण गरिएको थियो । 

त्यसबेलादेखि उक्त कार्यक्रमले मध्यपूर्वमा लोकप्रियता हासिल गरेको छ तर तेहरानको दृश्य–श्रव्य मिडिया नियामक निकायका प्रमुख मेहदी सेफीले भने, “एल–हशाशिन शृङ्खलाको प्रसारण अब इरानमा स्वीकृत छैन ।”

आधिकारिक आइआरएनए समाचार एजेन्सीले सेफीलाई उद्धृत गर्दै भनेको छ, “इस्लामिक इतिहासको यो कथामा धेरै विकृतिहरू समावेश छन् र यसलाई पक्षपातपूर्ण राजनीतिक दृष्टिकोणका साथ तयार गरिएको जस्तो देखिन्छ ।”

शृङ्खलाले ‘इरानीहरूको गलत छवि’ देखाएको भन्दै आइआरएनएले यसले इरानीहरूलाई ‘आतङ्कवादको सुरुआत’ सँग जोड्ने प्रयास गरेको छ भन्ने विशेषज्ञहरूको तर्कलाई उद्धृत गरेको छ । अर्को समाचार एजेन्सी आइएसएनएले उक्त शृङ्खला ‘सत्यको परिमार्जन र मिथ्याकरण’ को एउटा ‘उत्तम उदाहरण’ भएको बताएको छ । 

सब्बाहको कुख्यात पौराणिक कथाहरू र मध्ययुगीन आदेशले वर्षौंदेखि कथा साहित्यका धेरै कामलाई प्रेरित गरेको छ । सब्बाहको समूह बसेको अलामुत महलको अवशेष हाल उत्तरी इरानमा पर्यटकीय गन्तव्य हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: