Ntc summer Offer
Khabar Dabali ३१ बैशाख २०८१ सोमबार | 13th May, 2024 Mon
NIMB

हमासको नियन्त्रणमा रहेका दुई बन्धकको भिडिओ सार्वजनिक

खबरडबली संवाददाता

एजेन्सी । गाजा युद्ध रोक्न विभिन्न कोणबाट मध्यस्थता भइरहेका समय हमासले गाजामा बन्धक बनाएका थप दुई व्यक्ति जीवितै रहेको पुष्टि हुने भिडिओ शनिबार सार्वजनिक गरेको छ । यो भिडियो प्यालेस्टिनी लडाकू समूहद्वारा तीन दिन पहिले पनि अर्को एक भिडियोमा एक बन्धकद्वारा आफुहरूको जीवन रक्षाका लागि केही गर्न याचना गरेका थिए । 

हमासको सशस्त्र शाखाले गाजामा बन्धक बनाइएका दुई व्यक्तिको भिडियो फुटेज पनि सार्वजनिक गरेको छ, जसलाई इजरायली अभियान समूह होस्टेज एण्ड मिसिङ फ्यामिलीज फोरमले किथ सिगेल र ओमरी मिरानको रूपमा पहिचान गरेको छ । 

भिडियोमा मिरानले आफू २०२ दिनदेखि हमासको नियन्त्रणमा रहेको बताए । अमेरिकी नागरिक सिगलले पनि भिडियोमा हालैको लामो बन्दी जीवनबारे उल्लेख गरेका छन् । भिडिओबारे प्रतिक्रिया जनाउँदै बन्धक बनाइएकाका परिवारले उनीहरूको सकुशल फिर्तीका लागि आफूहरूले सङ्घर्ष जारी राख्ने बताएका छन् । उनीहरूले इजरायली सरकारसँग बन्धहरूलाई मुक्त गर्ने सम्बन्धी नयाँ सम्झौता गर्न आग्रह समेत गरेका छन् । 

युद्धविरामका लागि इजरायली प्रस्ताव अध्ययन गरिँदै: हमास

हमासले युद्धविरामका लागि इजरायलले अघि सारेको प्रस्ताव आफूले अध्ययन गरिरहेको बताएको छ । मध्यस्थताकर्ता इजिप्टको एक प्रतिनिधिमण्डल इजरायलमा रहेको र रोकिएको वार्ता सुरु गर्न प्रयासरत रहेको सञ्चारमाध्यममा आएको समाचारको एक दिनपछि हमासले शनिबार गाजा युद्धविरामका लागि इजरायलको पछिल्लो प्रतिप्रस्तावको अध्ययन गरिरहेको जनाएको हो । 

संयुक्त राष्ट्रसङ्घले ठूलो मात्रामा खाद्यान्न सहयोग नआएसम्म आगामी छ हप्ताभित्र गाजामा अनिकालको सीमा नाघ्ने चेतावनी दिएपछि युद्धविराम वार्ताको नयाँ सङ्केत देखिएको हो ।

इजरायलले गाजाको दक्षिणी रफाह शहरमा रहेका हमासका लडाकुमाथि आक्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेकाले गाजाको पहिलेदेखि नै भयावह मानवीय अवस्था अझ भयावह हुने सहायता समूहहरूले बताएका छन् । 

इजिप्टसँगको सिमानामा पर्ने रफाहमा इजरायल र प्यालेष्टिनी इस्लामिक समूह हमासबीच करिब सात महिनादेखि चलेको युद्धका कारण विस्थापित भएका लाखौं प्यालेस्टिनीको भीड लागेको छ । “हामी निरन्तर आतङ्कित, बारम्बार विस्थापन र आक्रमणको डरमा बाँचिरहेका छौँ,” उत्तरमा इजरायली आक्रमणबाट भागेर आफ्ना पति र छोराछोरीसहित रफाह आएकी ३० वर्षीया निदा साफीले एएफपीलाई बताए । 

उक्त क्षेत्रमा नियमित बमबारी हुने गरेको छ । अस्पतालका अधिकारीका अनुसार रफाह र अन्य स्थानमा भएको हवाई आक्रमणमा शनिबार एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । मृतकमध्ये एक परिवारका सदस्य रहेको उनका आफन्त मोहम्मद युसुफले जानकारी दिए । उनले भने, “ मेरो घरलाई निशाना बनाउँदा बाबु, आमा, एक छोरी र दुई छोराको मृत्यु भयो । कोही पनि बाँकी रहेनन् ।”

युद्धविरामका लागि मध्यस्थता गरिरहेको इजिप्टले अवरुद्ध वार्ता अघि बढाउनका लागि ताजा जानकारीसहितको प्रतिनिधिमण्डल इजरायल पठाएको विवरण सञ्चारमाध्यमहरूमा आएका छन् ।

इजरायलका विदेशमन्त्रीले बाँकी बन्धकहरूलाई मुक्त गर्ने सहमति भए इजरायलले गाजाको दक्षिणी सहर रफाहमा गर्ने तयारी गरिरहेको स्थल कारबाही रोकिन सक्ने शनिवार बताएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लामा गुडिरहेको ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु

हुम्ला । गुडिरहेको ट्याक्टर खसेर हुम्लामा एक महिलाको ज्यान गएको छ । आइतबार दिउँसो खार्पुबाट सिमकोट आउँदै गरेको लु ४ त १४४९ नम्बरको ट्याक्टरबाट खस्दा स...

राष्ट्रिय नाचघरमा ‘माटोको गीत’

काठमाडौं । देशभक्ति भाव जागृत गराउन नेपाल सांस्कृतिक संस्थानले ‘माटोको गीत’ संस्कृति शृङ्खला सुरुआत गरेको छ । हरेक शुक्रबार सञ्चालन हुने सांस्कृतिक शृ...

भारतमा छात्रामाथि बलात्कार गर्ने मोलबी पक्राउ

पटना । भारतको राजधानी दिल्लीसँग जोडिएको युपीको गाजियाबादमा प्रहरीले एक जना मौलवीलाई छात्रामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।  युवतीको साथ ...

वल्डलिङ्कको रिट खारेज: राज्य कोषको अर्बौँ रकम सुरक्षित

काठमाडौं । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ वटै रिट निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र डा नहकुल सु...

फेवातालको जलकुम्भी हटाउने अभियान

कास्की । फेवातालमा बढ्दै गएको जलकुम्भी झारका कारण ताल कुरुप बन्न थालेपछि आजदेखि सरसफाइ अभियानको शुभारम्भ गरिएको छ ।   वातावरण संरक्षणका लागि महाअभि...

करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी रुपमा करका दर हेरफेर नहुने स्पष्ठ पारेका छन् ।  आज यहाँ आयोजित पूर्वबजेट छ...

ठगीकाे आरोपमा चार जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भनी रु ७३ लाख ५० हजार ठगी गरेको आरोपमा चार जनाला...

मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका-८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  चौतारातर...

मधेशमा नयाँ समीकरण बनाउन चार दलकाे सहमति, मुख्यमन्त्रीमा सहमति हुन बाँकी

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सत्ता समिकरण बनेकाे छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच नयाँ सरकार गठ...

महिलाको आर्थिक स्तर माथि उठाउन हाम्रा कार्यक्रम गरिब लक्षित हुनुपर्छ: मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक स्तर माथि उकास्न गरिब लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएकी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies