धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका—६ बुडोलडाडाँका गगनराज श्रेष्ठले ईनारको पानीलाई फिल्टर गरेर पिउन थालेको वर्षौ भयो । घरनजिकै सामूहिक धारा भए पनि पालो कुरेर थाप्नुपर्ने बाध्यताका कारण उहाँले ईनारकै पानी प्रयोग गर्दै आएका थिए ।
“पुरानो बनेपामा खानेपानी संस्थानले पानी वितरण गर्दै आएको छ तर बुडोलडाँडामा भने त्यस्तो सुविधा कहिल्यै पाएनौँ । त्यसैकारण लाइनबसेर धारामा पानी थाप्नुपर्ने वा ईनारकै पानी प्रयोग गर्नुपर्ने बाध्यता थियो हामीलाई”, गगनराजले भने । स्थानीय रामचन्द्र थापाले पनि धारासम्म पुग्न पाँच÷सात मिनेट लागे पनि पालो पाउन धेरै कुर्नुपर्ने बाध्यताले हैरानी खेप्नुपरेको गुनासो गरे ।
यो समस्या गगनराज र रामचन्द्रको मात्रै होइन । अधिकांश नगरबासीका लागि खानेपानी नै सबैभन्दा ठूलो समस्याका रूमा गुनासो छ । पछिल्लो समय भने बनेपा नगरपालिका वडा नं ६ ले खानेपानी आपूर्तिमा सक्रियता बढाएपछि स्थानीयहरू उत्साहित भएका छन् । वडाले राजीतिक दल र सामाजिक अगुवाहरूसहित ‘वडासँग नगरबासिन्दा अभियान’ सञ्चालन गरी खानेपानी समस्या समाधानको प्रयास गरिरहेको छ । त्यसका लागि सहयोग तथा समन्वय समिति गठन गरी खानेपानी व्यवस्थापन अभियान सुरूगरेपछि स्थानीयहरू उत्साहित भएका हुन् ।
सहयोग तथा समन्वय समितिका अध्यक्ष कृष्णबुद्ध बजगाईले वडाबासीलाई खानेपानी उपलब्ध गराउन वडाअध्यक्षको सक्रियतामा वैकल्पिक स्रोतका रूपमा स—साना मुहान एकीकृत गर्ने र डीपबोरिङमार्फत खानेपानी व्यवस्थापन गर्ने अभियान अगाडि बढाइएको बताए । उनले उपभोक्ता समितिको लागत सहभागितामा करिब रु दुई करोड लागतको ‘एक घर एक धारा’ अभियानसहित खानेपानी व्यवस्थापनका काम अगाडि बढाइएका र चालु आर्थिक वर्षभित्र करिब आठ सय घरधुरीलाई खानेपानी खुवाउने गरी काम भइरहेको बताए ।
वडाध्यक्ष सचितानन्द केसीले वडामा मुख्य समस्याका रूपमा रहेको खानेपानीको अभाव पूर्ति गर्न समिति बनाएर काम सुरूगरिरहेको बताए । “अहिले वडाको मुख्य समस्या नै खानेपानीको व्यवस्थापन गर्नु हो । निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाले समेत यहाँको समस्या समाधान गर्दाजस्तो नलागेपछि हामी आफैँ खानेपानी व्यवस्थापनमा जुटका छौँ”, उनले भने । पानीको दीगो व्यवस्थापन र समानुपातिक वितरणका लागि सबै राजनीतिक दल र सरोकारवालाहरुको सामूहिक सहभागितामा पानीको स्रोत व्यवस्थापन र डीपबोरिङमार्फत पानी सङ्कलको काम गरिने उनको भनाइ छ ।
उनकाअनुसार हाल प्रदेश सरकारकोरु ३० लाख रुपैयाँबाट खत्रीगाउँमा डीपबोरिङ र एक लाख ७५ हजार क्षमताको पानी ट्याङ्की, डाँडागाउँमा तीन लाख क्षमताको खानेपानी ट्याङ्की निर्माण र मुख्य पाइपलाईन विछ्याउने काम भइरहेको छ भने गोसाइँस्थानमा डीपबोरिङ खानेपानी सम्पन्न भई कार्कीगाउँ, कुइँकेलगाउँ, चाल्नेढुङ्गा, २८ किलो क्षेत्र र गैरीगाउँ क्षेत्रमा पानी वितरणको काम भइरहेको छ । त्यसैगरी काभ्रे क्याम्पसभन्दा माथि दुई लाख लिटर क्षमताको ट्याङ्की बनाउने काम भईरहेको छ भने बुडोल, रातामाटे, सुवाल टोललगायत स्थानका लागि करिब दस करोडको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भइसकेको वडाध्यक्ष केसीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: