Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

‘एक घर एक धारा’ अभियानले खुसी छन् बुडोलबासी

खबरडबली संवाददाता

धुलिखेल ।  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका—६ बुडोलडाडाँका गगनराज श्रेष्ठले ईनारको पानीलाई फिल्टर गरेर पिउन थालेको वर्षौ भयो । घरनजिकै सामूहिक धारा भए पनि पालो कुरेर थाप्नुपर्ने बाध्यताका कारण उहाँले ईनारकै पानी प्रयोग गर्दै आएका थिए ।     

“पुरानो बनेपामा खानेपानी संस्थानले पानी वितरण गर्दै आएको छ तर बुडोलडाँडामा भने त्यस्तो सुविधा कहिल्यै पाएनौँ । त्यसैकारण लाइनबसेर धारामा पानी थाप्नुपर्ने वा ईनारकै पानी प्रयोग गर्नुपर्ने बाध्यता थियो हामीलाई”, गगनराजले भने । स्थानीय रामचन्द्र थापाले पनि धारासम्म पुग्न पाँच÷सात मिनेट लागे पनि पालो पाउन धेरै कुर्नुपर्ने बाध्यताले हैरानी खेप्नुपरेको गुनासो गरे ।     
     
यो समस्या गगनराज र रामचन्द्रको मात्रै होइन । अधिकांश नगरबासीका लागि खानेपानी नै सबैभन्दा ठूलो समस्याका रूमा गुनासो छ ।  पछिल्लो समय भने बनेपा नगरपालिका वडा नं ६ ले खानेपानी आपूर्तिमा सक्रियता बढाएपछि स्थानीयहरू उत्साहित भएका छन् । वडाले राजीतिक दल र सामाजिक अगुवाहरूसहित ‘वडासँग नगरबासिन्दा अभियान’ सञ्चालन गरी खानेपानी समस्या समाधानको प्रयास गरिरहेको छ । त्यसका लागि सहयोग तथा समन्वय समिति गठन गरी खानेपानी व्यवस्थापन अभियान सुरूगरेपछि स्थानीयहरू उत्साहित भएका हुन् ।     

सहयोग तथा समन्वय समितिका अध्यक्ष कृष्णबुद्ध बजगाईले वडाबासीलाई खानेपानी उपलब्ध गराउन वडाअध्यक्षको सक्रियतामा वैकल्पिक स्रोतका रूपमा स—साना मुहान एकीकृत गर्ने र डीपबोरिङमार्फत खानेपानी व्यवस्थापन गर्ने अभियान अगाडि बढाइएको बताए । उनले उपभोक्ता समितिको लागत सहभागितामा करिब रु दुई करोड लागतको ‘एक घर एक धारा’ अभियानसहित खानेपानी व्यवस्थापनका काम अगाडि बढाइएका र चालु आर्थिक वर्षभित्र करिब आठ सय घरधुरीलाई खानेपानी खुवाउने गरी काम भइरहेको बताए ।     

वडाध्यक्ष सचितानन्द केसीले वडामा मुख्य समस्याका रूपमा रहेको खानेपानीको अभाव पूर्ति गर्न समिति बनाएर काम सुरूगरिरहेको बताए । “अहिले वडाको मुख्य समस्या नै खानेपानीको व्यवस्थापन गर्नु हो । निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाले समेत यहाँको समस्या समाधान गर्दाजस्तो नलागेपछि हामी आफैँ खानेपानी व्यवस्थापनमा जुटका छौँ”, उनले भने । पानीको दीगो व्यवस्थापन र समानुपातिक वितरणका लागि सबै राजनीतिक दल र सरोकारवालाहरुको सामूहिक सहभागितामा पानीको स्रोत व्यवस्थापन र डीपबोरिङमार्फत पानी सङ्कलको काम गरिने उनको भनाइ छ ।     
     
उनकाअनुसार हाल प्रदेश सरकारकोरु ३० लाख रुपैयाँबाट खत्रीगाउँमा डीपबोरिङ र एक लाख ७५ हजार क्षमताको पानी ट्याङ्की, डाँडागाउँमा तीन लाख क्षमताको खानेपानी ट्याङ्की निर्माण र मुख्य पाइपलाईन विछ्याउने काम भइरहेको छ भने गोसाइँस्थानमा डीपबोरिङ खानेपानी सम्पन्न भई कार्कीगाउँ, कुइँकेलगाउँ, चाल्नेढुङ्गा, २८ किलो क्षेत्र र गैरीगाउँ क्षेत्रमा पानी वितरणको काम भइरहेको छ । त्यसैगरी काभ्रे क्याम्पसभन्दा माथि दुई लाख लिटर क्षमताको ट्याङ्की बनाउने काम भईरहेको छ भने बुडोल, रातामाटे, सुवाल टोललगायत स्थानका लागि करिब दस करोडको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भइसकेको वडाध्यक्ष केसीले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending