बझाङ । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१, मा भएको उपनिर्वाचनको मतगणना आइतबार दिउँसो १२ बजेदेखि सुरु हुने भएको छ । ११ बजे सर्वदलीय बैठक बसेपछि १२ बजेदेखि मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आइतबार बिहान सात बजे मात्र साइपाल गाउँपालिकाको तीन वटा केन्द्रको मतपेटिका सदरमुकाम ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट दुई पटकमा मतपेटिका ओसारिएको थियो ।
सबै मतदान केन्द्रको मतपेटिका आइपुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रकाश सिंहले बताए । सर्वदलीय बैठकलगत्तै गणना सुरु हुने गरी तयारी गरिएकाे उनकाे भनाइ छ । २४ देखि ३० घण्टाभित्र नतिजा प्रकाशन गर्ने गरी मतगणना गर्न दुई समूह तयारी अवस्थामा रहेको उनको भनाइ छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतको भवनमा मतगणना हुने छ । मतगणनास्थलको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । जिल्ला अदालत वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरी निरीक्षकको नेतृत्वमा ४० जना नेपाल प्रहरीले गणनास्थलको सुरक्षा गर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी भरत शाहले जानकारी दिए । गणनास्थलको सुरक्षार्थ सशस्त्र प्रहरी पनि परिचालन गरिने उनले बताए ।
शनिबार भएको मतदानमा यहाँ ३० हजार ३२८ मत खसेको छ । कुल मतदाता ६१ हजार ७४८ रहेको यो निर्वाचन क्षेत्रमा ४९।१२ प्रतिशत मत खसेको थियो । यो निर्वाचनमा ११ दलका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - २२:१९
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...
श्रावण ३० गते, २०८३ - २२:१२
सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भ...
श्रावण ३० गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...
श्रावण ३० गते, २०८३ - २१:५९
काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...
श्रावण ३० गते, २०८३ - २१:३६
झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...
श्रावण ३० गते, २०८३ - २१:३१
काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...
श्रावण ३० गते, २०८३ - २१:२३
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...



प्रतिकृया लेख्नुहोस्: