Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

बझाङमा हेलिकोप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

खबरडबली संवाददाता

बझाङ । बझाङ–१ (१) मा हेलिकोप्टरबाट मतपेटिका ल्याइँदैछ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बस्ने र दिउँसोसम्ममा मतगणना सुरु गर्ने तयारी छ । 

साइपाल गाउँपालिकाको दुईवटा मतदान केन्द्रमा खसालिएको मतपेटिका भौगोलिक कठिनाइका कारण मतगणनास्थल पुर्‍याउन समस्या भएका कारण मतगणनामा ढिलाइ भएको हो ।  

सहायक निर्वाचन अधिकृत प्रकाशबहादुर सिंहका अनुसार ती मतपेटिका लिन अहिले बिहान हेलिकोप्टर पठाइएको छ । ‘साइपाल गाउँपालिका–३ को काडा मावि र वडा नं। ५ को सामुदायिक भवन मतदान केन्द्रको मतपेटिका लिन हेलिकप्टर पठाएका छौँ,’ उनले भने, ‘मतपेटिका आइपुगेपछि सर्वदलीय बैठक बस्ने तयारी छ । त्यसपछि मतगणना सुरु हुन्छ ।’

६१ हजार ७ सय ४८ जना मतदाता रहेको बझाङमा शनिबार साँझसम्म संकलित विवरणअनुसार बझाङमा कुल ३० हजार ३ सय २८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

मतदान व्यवस्थित र सुरक्षित बनाउन बझाङमा १५ सय जना बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । उपनिर्वाचनमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 

२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि रिक्त पदमा गराइएको उपनिर्वाचनमा कांग्रेसबाट सिंहकै छोरा अभिषेक उम्मेदवार छन् । 

यस्तै, माओवादी केन्द्रका जनक बुढा, एमालेका दमन भण्डारी तथा एकीकृत समाजवादीका दिलबहादुर सिंहलगायत उम्मेदवार छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गेटा आँखा अस्पतालद्धारा बैतडी र दार्चुलामा ५६८ जनाको निःशुल्क शल्यक्रिया

काठमाडौं । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले दार्चुला र बैतडी जिल्लाका विभिन्न स्थानमा संचालन गरेको शल्यक्रिया शिविर मार्फत ५ सय ६८ जनाको आँख...

राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटवाल, नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं ।  शुक्रबारबाट काठमाडौंमा सुरु भएर राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैठौं केन्द्रिय महाधिवेशन शनिबार राती प्रज्ञा प्रति...

रावायण’मा भारतीय प्रख्यात गायकगायिकाहरु

काठमाडौं । छायांकनरत फिल्म ‘रावायण’मा रहेका तीन गीतको भारतमा रेकर्ड गरिएको छ । फिल्मको शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीत रेकर्ड गरिएको हो । शीर्ष...

साताको कारोबारको पहिलो दिन नेप्सेमा हरियाली, कारोबार रकम ३ अर्ब १५ करोड

काठमाडौैं । साताको कारोबारको पहिलो दिन आज नेप्सेमा हरियाली छाएको छ । आइतबार नेप्से परिसूचक ८ दशमलव २६ अंकले बढेर १९७४ दशमलव ५० को विन्दुमा पुगेको छ । ...

अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढीका कारण सयौंको मृत्यु

काठमाडौं । अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीका कारण सयौंको मृत्यु भएको छ । बाढीका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने पनि आशंका छ । तालिवान...

सडक स्तरोन्नतिमा माटो उपलब्धताको समस्या

मोरङ । एसियन हाइवेको मापदण्डअनुसार निर्माण सुरु भएको पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्डमा माटोको सहज उपलब्धता नहुँदा समयमै लक्षित प्रगति...

रित्तो ओठ

……………………………… द लालहरू कैयन दलाल बनी मालिकका पाऊ परिसके विषालु सर्प नगिच उफ्रिएका भ्यागुताहरू बाटाेढुकुवाले निलेसी, जिउँदै मरिसके, छलफल गरी छलका फ...

शवदाह मेशिनमा भ्रष्टाचार आरोप लागेपछि छानबिन समिति बनाउन किरातीको माग

काठमाडौं । पशुपति क्षेत्र परिसरमा नि शुल्क शव दहनका लागि किनिएका मेशिनमा भ्रष्टाचार आरोप लागेपछि तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सु...

कांग्रेस संसदीय दलको बैठक सोमबार बस्ने

काठमाडौं । नेपाली कांग्रेस संसदीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ ।  कांग्रेसले संसदीय कार्यसमितिको बैठक अपराहन्न १ बजे र संसदीय दलक...

गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पक्राउ परेका पौडेललाई थप १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पक्राउ परेका विकल पौडेललाई थप १० दिन हिरासतमा राख्न अनुमति लिएको छ ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies